गलेश्वर, १५ असोज । राउण्ड अन्नपूर्ण अन्तर्गतको प्रशिद्ध पर्यटकीयस्थल घोडेपानीमा आन्तरिक तथा बाह्य पर्यटकको चाप बढे पनि प्रतिकूल मौसमका कारण पर्यटकले दृश्यावलोकनको आनन्द लिन पाएका छैनन् । विगत पाँच दिनदेखि छिनछिनमा बादल लाग्ने, वर्षा हुने तथा मौसमले साथ नदिएपछि कैयौं दिन लगाएर घोडेपानी तथा पुनहिलको भ्रमणमा आएका स्वदेशी तथा विदेशी पर्यटक निराश हुने गरेका छन् […]
समाज
सादा पोशाकमै प्रहरी: टिकटमा तोकिएको मूल्य, मौखिकरुपमा बढी रकम
काठमाडौँ, १५ असोज । दशैँ मनाउन काठमाडौँबाट विभिन्न जिल्लामा जाने यात्रु ठगीमा परेको पाइएको छ । उनीहरु चर्को भाडा तिरेर घर जान बाध्य भएका छन् । कतिपय सवारीका चालकले सरकारले तोकेभन्दा दोब्बर भाडा उठाएर यात्रु ओसारपसार गरेका र कतिपय टिकट काउन्टरबाटै पनि बढी भाडा असुलिएको पाइएको छ । काठमाडौँबाट हेटौँडा जान लागेका एक यात्रुले ४५० […]
दूषित पानी पिउन बाध्य छन् बागलुङ बजारवासी
गलकोट, १५ असोज । बागलुङ बजारका बासिन्दा दूषित पानी पिउन बाध्य छन् । बजारका स्थायी बासिन्दा र बाहिरबाट आएका हजारौं उपभोक्ता अहिले पानी नआउने र आए पनि धमिलो दूषित पानी हेरेर बस्नुपर्ने समस्याबाट आजित छन् । पानी नआउने र धमिलो पानी आउने समस्या टार्न बजारवासी आसपासका विभिन्न क्षेत्रमा पुग्ने गरेका छन् तर, खानेपानी वितरणको जिम्मेवारी […]
एसईई पुरक परीक्षाको नतिजा सार्वजनिक हुँदै, परीक्षा नियन्त्रण कार्यालयमा गोप्य बैठक जारी
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले माध्यमिक शिक्षा परीक्षा कक्षा १० को ग्रेडवृद्धि (पूरक) परीक्षाको नतिजा आज सार्वजनिक गर्ने भएको छ । भदौ १ गतेदेखि भएको पुरक परीक्षाको नतिजा प्रकाशन गर्न अहिले सानोठिमीस्थित परीक्षा नियन्त्रण कार्यालयमा बैठक बसिरहेको छ । केहीबेरमा ननस्टप खबरमा एसईई पुरक परीक्षाको नतिजा हेर्न सकिनेछ । २०७५ चैतमा सञ्चालित […]
चिकित्सक नहुँदा सेवा प्रभावित
सल्यान, १५ असोज । सल्यान जिल्ला अस्पतालमा चिकित्सक नहुँदा सेवा प्रभावित हुन थालेको छ । अस्पतालमा चारजना चिकित्सकको दरबन्दी भए पनि एकजना मात्रै चिकित्सक कार्यरत हुँदा बिरामीको उपचारमा समस्या हुन थालेको छ । कार्यालय सहयोगीसहित ३२ जनाको दरबन्दी भए पनि अहिले एकजना डाक्टरसहित १४ जना कर्मचारी मात्रै भएपछि अस्पतालमा कर्मचारी व्यवस्थापन गर्नसमेत कठिनाइ भएको अस्पतालले […]
स्क्रब टाइफसले दुईको मृत्यु, ९९ सङ्क्रमित
चितवन, १५ असोज । जिल्लाका अस्पतालमा साउनयता उपचार गराउन आएकामध्ये स्क्रब टाइफसका कारण दुई जनाको मृत्यु भएको छ भने ९९ जनामा सङ्क्रमण देखिएको छ । स्वास्थ्य कार्यालय चितवनका कीट नियन्त्रक राम केसीका अनुसार एक हजार २८ जनामा परीक्षण गरिएकोमा ९९ जनामा स्क्रब टाइफसको सङ्क्रमण देखिएको हो । स्क्रब टाइफसका कारण मृत्यु भएकामा एक जना गैंँडाकोटकी […]
“किन हाम्रा दुःखप्रति सरकार बेखबर छ ? ”
सुर्खेत, १५ असोज । आम नेपाली एकै समय भेटघाट एवं खुशी साटासाट गर्ने, आशिष लिने र दिने मिलनविन्दु अर्थात सङ्गम हो, दशैँ तथा दीपावली । जसका लागि देश विदेशमा रहेका सबै नेपाली खुशी साट्न आफ्नो मातृभूमि फर्कने क्रम चलेको छ । तर विडम्बना, साविकको कर्णाली भने वर्षैपिच्छे दशैं तिहारको खुशी लिन निकै ठूलो सास्ती भोग्नुपर्ने […]
दुर्घटनामा दुईको मृत्यु
काठमाडौं, १५ असोज । काठमाडौँ र ललितपुरमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । ललितपुर महानगरपालिका–२७ स्थित सडकमा बा४ख ८२५० नम्बरको बसले ठक्कर दिँदा पैदलयात्री अन्दाजी ७० वर्षीया रुकु कार्कीको मृत्यु भएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक टेकप्रसाद राईले जानकारी दिए । उक्त दुर्घटनाको बसका चालक फरार रहेकाले खोजी जारी […]
पोषणको अवस्था सुधार ल्याउन जुम्लामा पोषण विज्ञान अध्ययन हुने
काठमाडौँ, १५ असोज । मुख्यत कर्णाली प्रदेशको समग्र पोषणस्थितिलाई सुधार ल्याउन आवश्यक शैक्षिक जनशक्ति उत्पादन गर्ने ध्येयले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्नातक तहमा शैक्षिक कार्यक्रम शुरुआत गर्ने भएको छ । आगामी वर्षदेखि चारवर्षे पोषण विज्ञान आहार क्लिनिकल न्युट्रिसन डाइटेटिक्स कार्यक्रम सञ्चालनको अन्तिम तयारीमा प्रतिष्ठान जुटेको छ । त्रिभुवन विश्वविद्यालय र काठमाडौँ विश्वविद्यालयका केही क्याम्पसमा मात्र […]
चेपाङ बस्तीमा विद्यालय बनाउन जापानको सहयोग
हेटौँडा, १५ असोज । मकवानपुरमा विद्यालय बनाउन भन्दै जापान सरकारले रु एक करोड आर्थिक सहयोग गरेको छ । अति सीमान्तकृत समुदायको रुपमा रहेको चेपाङ बाहुल्य विकट राक्सिराङ गाउँपालिका–२ सरिखेतको कुडुलेमा रहेको प्रजा प्रगति आधारभूत विद्यालयको भवन बनाउन जापानी राजदूतावासले रु एक करोड सहयोग गर्ने सम्झौता गरेको हो । जापानी राजदूतावासका डेपुटी चिफ अफ मिसन युजो […]











