बिदाको दिनमा पनि बजार अनुगमन

काठमाडौँ, १६ असोज । सरकारले बिदाको दिनमा पनि बजार अनुगमन गर्ने भएको छ । गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले सार्वजनिक बिदाका दिनमा समेत नियमित बजार अनुगमन हुने जानकारी दिँदै कुनै समस्या भएमा, ठगी भएको र कानूनविपरीतको कार्य भए प्रहरीलाई खबर गर्न सर्वसाधारणलाई आग्रह गरे । उनले यात्रुलाई सहयोगका लागि सहायताकक्ष बनाएर सेवा दिँदै आएको समेत […]

लागुऔषधसहित तीन पक्राउ

वालिङ, १६ असोज । लागुऔषधसहित बुधबार साँझ प्रहरीले तीन जनालाई वालिङ– १३ गाहाखोलाबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा म्याग्दीको बेनी नगरपालिका–२ का ३२ वर्षीय श्रीराम कार्की, गाहाखोलामा शङ्कास्पद अवस्थामा बसेका स्याङ्जा जिल्ला भिरकोट नगरपालिका–१ का २१ वर्षीय भरत गुरुङ र सोही ठाउँका २० वर्षीय सहितविन मियाँ रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । […]

दशैँको रौनक छाए पनि आएन दशैँ दलित बस्तीमा

वीरगञ्ज, १६ असोज । प्रदेश नं २ का आठ जिल्लामा दशैँको रौनक छाए पनि बारा जिल्लाको तेलकुवामा रहेको मुसहर बस्तीमा मुरलीधरको गीत घन्किरहेको छ, “उडायो सपना सबै हुरीले” । एक साठी ६० घरधुरी रहेको मुसहर बस्तीको अधिकांश घरका बालबालिका उही थोत्रो लुगामा फोहरमैलामा खेलिरहेका छन् । बस्तीमा दशैँको उल्लास देखिएको छैन । “दुई छाक टार्न […]

ट्र्याक्टर दुर्घटनामा एक जनाको मृत्यु

हेटौँडा, १६ असोज । ट्र्याक्टर दुर्घटनामा परी हेटौँडामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौँडा उपमहानगरपालिका–९ का १८ वर्षीय शौरव दर्लामीमगर रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । भैरवडाँडाबाट हेटौँडा बजारतर्फ आउँदै गरेको ना६त ४५३७ नंको ट्र्याक्टर भैरवडाँडामा दुर्घटना हुँदा दर्लामीको मृत्यु भएको मकवानपुरका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताए । तीव्रगतिका कारण […]

भुजुङ पर्यटन महोत्सव सम्पन्न

लमजुङ, १६ असोज । ‘भुजुङ पर्यटन महोत्सवमा सहभागी बनौँ, नेपाल भ्रमण वर्ष २०२० सफल पारौँ’ भन्ने मूल नाराका साथ भुजुङ पर्यटन महोत्सव बुधबार सम्पन्न भएको छ । क्व्होलासोथर गाउँपालिका–४ भुजुङमा सञ्चालित सो तीनदिने महोत्सवमा सांस्कृतिक झाँकी, स्थानीय हस्तकला सामग्री र स्थानीयस्तरमा उत्पादित कृषिजन्य वस्तु प्रदर्शनी, स्थानीय खानाका परिकारको चमेनागृह सञ्चालन, राष्ट्रिय तथा स्थानीय कलाकारहरुद्वारा लोकदोहोरी […]

बारामा रक्सीको ट्याक्कीमा परेर एकै परिवारका पाँचको मृत्यु

बारा, १६ असोज । बारामा ससुरा सहित एकै परिवारका पाँच जनाको निसासिएर मृत्यु भएको छ। बाराको फेटा गाऊँपालिका वार्ड नं. ४ बतरास्थित घरेलु मदिरा उत्पादनका लागी बनाइएको सेफ्टी टंकी भित्रै एकै परिवारका ४ जना र एक आफन्त सहित पाँच जनाको निसासिएर मृत्यु भएको बाराका प्रहरी उपरिक्षक विकास राज खनालले जानकारी गराए। मृत्यु हुनेमा ३५ वर्षिय […]

विभिन्न पदमा फेरि खुल्यो ठुलो संख्यामा सरकारी जागिर, यस्तो छ अवसर (विज्ञापनसहित)

काठमाण्डौ । सरकारले विभिन्न पदमा जागिर खानेहरुको लागि सुनौलो अवसर सृजना गरेको छ । गण्डकी प्रदेशले भौतिक पूर्वाधार विकास मन्त्रालय र मातहतका निकायहरुमा बुधबार ८८ जना प्राविधिक कर्मचारीका लागि दरखास्त आह्वान गरेको हो । मन्त्रालयले पाँचौँ तह तथा सातौँ तहसम्मका प्राविधिक कर्मचारी करारमा पदपूर्ति गर्न दरखास्त आह्वान गरेको छ । मन्त्रालयले इन्जिरसिभिल, इन्जिरसिभिल (बी एन्ड आर) […]

देवघाटमा वृद्धग्राम बनाइने

चितवन, १५ असोज । देवघाट क्षेत्र विकास समितिले हाल त्यहाँ सञ्चालित वृद्धाश्रमलाई विकास गरी वृद्धग्राम बनाउने तयारी गरेको छ ।असाहायलाई मात्र नभएर हुने खाने वृद्धवृद्धाको समेत बूढेसकाल सुखमय ढङ्गले जीवन बिताउनका लागि वृद्धग्राम बनाउने तयारी गरिएको हो ।समितिका अध्यक्ष शिवराज पौडेलका अनुसार हाल वृद्धाश्रममा ३६ वृद्धवृद्धा रहेका छन् । यो सङ्ख्या ५० पु¥याइदै छ । […]

साहित्य र पर्यटन सँगसँगै लगिने

काठमाडौँ, १५ असोज । त्रिशूली वाङ्मय प्रतिष्ठानको आयोजनामा भएको शारदीय काव्योत्सवमा करीब २५ कविले आआफ्ना सिर्जना वाचन गरेका छन् ।  संस्थाका उपाध्यक्ष राजेन्द्रमान डङ्गोलको अध्यक्षतामा भएको कार्यक्रममा कविता वाचन गर्नेमा बलराम दाहाल, प्रकाश गफाडी, रामकुमार एलन, उमेश पाण्डे, कृष्णदेव रिमाल, जीतेन्द्र रसिक, समाश्री, माधव अटल, धरणीधर गुरागाईं, गीता रेग्मी, प्रेमिला राई, केशवराज जोशी, गङ्गा आचार्य, […]

बौद्धनाथ स्तुपाको विवाद अध्ययन गर्न समिति

काठमाडौँ, १५ असोज । काठमाडौँको बौद्धस्थित बौद्धनाथ स्तुपा क्षेत्रमा देखिएको विवाद समाधानका लागि सरकारले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव रुद्रसिंह तामाङको संयोजकत्वमा चार सदस्यीय अध्ययन समिति गठन गरेको छ । गृहमन्त्री रामबहादुर थापा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई, भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालसहितको सहभागितामा आज गृह मन्त्रालयमा भएको […]