गाईघाट, १६ असोज । दशैँं नजिकिएको बेला अहिले उदयपुरको सदरमुकाम गाईघाटस्थित थारुहट रङ्गशाला छेउको तरकारी बजारमा अनुगमन नहुँदा व्यापारीले मनपरी मूल्यमा बिक्री गर्न थालेका छन् । स्थानीय तह, उद्योग वाणिज्य सङ्घ र प्रहरी सहितको टोलीले बजारको अन्य क्षेत्रमा बजार अनुगमन गरेपनि अहिलेसम्म तरकारी बजारको अनुगमन नगर्दा तरकारी व्यापारीले मनपरी मूल्यमा तरकारी बिक्री गर्ने गरेको उपभोक्ताको […]
समाज
झुलाघाट नाका आजदेखि बन्द
बैतडी, १६ असोज । नेपाल–भारत सीमानाका बैतडीको झुलाघाट नाका आजदेखि तीन दिनका लागि बन्द हुने भएको छ । भारतको पिथौरागढ जिल्लामा अक्टोबर ५ तारेख असोज १८ गते जिल्ला पञ्चायत तथा ग्राम पञ्चायत सदस्य निर्वाचनको सुरक्षा संवेदनशीलताका कारण जनाउँदै सीमा नाका बन्द हुन लागेको हो । आज साँझ ५ बजेदेखि १८ गते साँझ ५ बजेसम्म तीन […]
२४ घण्टामा दुई लाख यात्रु काठमाडौंबाट बाहिरिए
काठमाडौं, १६ असोज । वडादशैं नजिकिएसँगै काठमाडौंबाट बाहिरिने यात्रुको चाप बढेको छ। पछिल्लो २४ घण्टामा मात्रै २ लाख बढि यात्रु बाहिरिएका छन्। महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार वितेको २४ घन्टामा ७२ हजार ५ सय ७३ गाडीमा २ लाख २१ हजार ३६९ यात्रु उपत्यकाबाट बाहिरिएका हुन् । अस्ति १७ हजार ६ सय गाडीमा २ लाख यात्रु […]
धानको बाला नलागेपछि किसान चिन्तित
घोराही, १६ असोज । दाङको देउखुरी उपत्यकामा पर्ने मजगाउँ र टिकुलीगढ क्षेत्रका कृषकले रोपेको धान १०० दिन बितिसकेपनि पसाउने छाँट नदेखाएपछि किसान आत्तिएका छन् । बाला लाग्ने समयमा धानको बोट फष्टाएको छ तर पसाउने सुरसार नै छैन । धान खेतमा पटकपटक झार र घाँस केलाएर निकाले पनि धान पनि उही घाँसजस्तै देखिएको छ । लमही […]
सुक्खाग्रस्त क्षेत्रमा कफीको बिरुवा
मिक्लाजुङ, १६ असोज । सुक्खाग्रस्त क्षेत्रमा खडेरीले बाली सखाप बनाउन थालेपछि पाँचथरको तुम्बेवा गाउँपालिकाले कृषकलाई कफीमा आत्मनिर्भर बनाउने उद्देश्यले कफीको बिरुवा तयार पारेको छ । कफीमा तुम्बेवा गाउँपालिकालाई आत्मनिर्भर बनाउने उद्देश्यले कफीको बिरुवा तयार पारिएको गाउँपालिकाका अध्यक्ष होमनाथ थापाले बताए । उनका अनुसार पर्वतको एउटा कम्पनीसित सम्झौता गरेर एक लाख ३२ हजार कफीको बिरुवा तयार […]
बालबालिका आक्रमण गर्ने चितुवा नियन्त्रण
दमौली, १६ असोज । जिल्लाको भानु नगरपालिकाका विभिन्न वडामा बालबालिकामाथि आक्रमण गर्ने नरभंक्षी चितुवा नियन्त्रणमा लिइएको छ । भानु नगरपालिका–२, ३ र ४ मा बालबालिकामाथि आक्रमण गरेर ज्यान लिएको नरभंक्षी चितुवा आज बिहान नियन्त्रणमा लिइएको हो । चितुवा नियन्त्रणका लागि भानु नगरपालिका–२ स्थित सामुदायिक वनमा खोर निर्माण गरिएपछि चितुवा उक्त खोरमा परेको डिभिजन वन कार्यालय […]
नगर बसमा ‘महिला’ कन्डक्टर
बाँके, १६ असोज । नेपालगञ्ज उपमहानगरपालिकाले बाँकेका विभिन्न ‘रुट’ मा नगर बस सञ्चालनमा ल्याएको छ । सञ्चालनमा ल्याइएका बसमा परिचालक ‘कन्डक्टर’ महिला राखिएको छ । काठमाडौँमा चल्ने सवारीसाधनमा महिला चालक र परिचालक देखिन्छन् । मोफसलमा नेपालगञ्ज उपमहानगरपालिकाले ‘कन्डक्टर’ महिला राखेको पहिलो भएको दाबी गरेको छ । प्रमुख डा धवलशमसेर राणाले भने, “हाम्रा दिदीबहिनीलाई अवसर दिने […]
स्वास्थ्य सेवा केन्द्रको भवन शिलान्यास
तनहुँ, १६ असोज । तनहुँको व्यास नगरपालिका–१ मा निर्माण गर्न लागिएको स्वास्थ्य सेवा केन्द्र भवनको व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले आज शिलान्यास गरे। नगरप्रमुख न्यौपानेले यसै आर्थिक वर्षभित्र वडा कार्यालय भवन निर्माण गरिने बताउँदै वडा भवन निर्माणमा सहमति नहुँदा दुई वर्ष ढिलाइ भएको बताए । अब चारकुने क्षेत्रमै वडा कार्यालय भवन बन्ने सहमति अन्तिम चरणमा […]
औलागाउँमा चितुवाको आतङ्क
म्याग्दी, १६ असोज । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ हिस्तानको औलागाउँमा चितुवाले आतङ्क मच्चाएको छ । चितुवाको आक्रमणबाट एक हप्तायता चार बाख्रा, दुई कुकुर र २० कुखुरा मरेका छन् । दैनिकजसो रातिको समयमा गाउँमा चितुवा आउने गर्छ । चितुवाको आक्रमणबाट पशुपक्षी मर्ने क्रम बढेपछि औलाका बासिन्दा त्रसित भएको स्थानीयवासी यामप्रसाद पुर्जाले बताए । चितवाले टीका घताने र […]
गोबर ग्यास प्रयोगमा जोड
सुरुङ्ग, १६ असोज । विर्तामोड नगरपालिकाले खाना पकाउने एलपी ग्यासको सट्टा गोबर ग्यासको प्रयोग गर्न नगरवासीलाई आग्रह गरेको छ । गोबर ग्यासको प्रयोग गर्दा एलपी ग्यासभन्दा सस्तो र स्वास्थ्यका दृष्टिकोणले समेत बढी लाभदायक हुने भन्दै नगरवासीलाई यस्तो आग्रह गरिएको हो । समय–समयमा एलपी ग्यासको अभाव भइरहेका बेला नगरपालिकाले विर्तामोड नगरवासीलाई प्रोत्साहन गर्दै पशुपालक कृषकको घर–घरमा […]











