सुत्केरीलाई ‘रातो भाले’

गलकोट, १७ असोज । बागलुङ जिल्लाको बरेङ गाउँपालिकाले सुत्केरीलाई ‘रातो भाले’ दिने भएको छ । गाउँपालिकाले पाँचाँै गाउँसभामार्फत स्वास्थ्य संस्थामा सुत्केरी हुनेलाई घरमै पुगेर रातो भाले उपलब्ध गराउने नीति लिएको छ । गर्भवती भएपछि नियमित स्वास्थ्य जाँच गर्ने, जाँच गर्दा पोषण झोलासमेत उपलब्ध गराउने गाउँपालिकाले जनाएको छ । घरमा हुने सुत्केरीलाई स्वास्थ्य संस्थामा सुरक्षितरूपमा सुत्केरी […]

बिरामीलाई निःशुल्क रगत उपलब्ध गराइने

कञ्चनपुर, १७ असोज । नेपाल रेडक्रस सोसाइटी शाखा कार्यालय कञ्चनपुरले सञ्चालन गर्दै आएको रक्तसञ्चार सेवा केन्द्रले बिरामीलाई निःशुल्करूपमा रगत उपलब्ध गराउने व्यवस्था गरेको छ । सुदूरपश्चिम क्षेत्रमा निःशुल्करुपमा रगत उपलब्ध गराउने रक्त सञ्चार केन्द्र पहिलो हो । बिरामीलाई रगत परीक्षण र अन्य सेवा उपलब्ध गराएवापत विगतमा रु ७७० प्रतिपिन्ट शुल्क लिँदै आएकामा स्थानीय तहले रक्त […]

दुर्गम क्षेत्रका विपन्न र सडक बालबालिकाका लागि याङवरकमा आवासीय विद्यालय

फिदिम, १७ असोज । पाँचथरको याङवरक गाउँपालिकाले दुर्गम क्षेत्रका विपन्न तथा सडक बालबालिकाका लागि आवाशीय विद्यालय सञ्चालनमा ल्याउने भएको छ । गाँउपालिकाको वडा नं १ च्याङथापूमा रहेको विष्णु माध्यमिक विद्यालयमा आवासीय विद्यालय सञ्चालन गर्न लागिएको हो । गाउँपालिकाले विष्णु माविकै छेउमा एक घर भाडामा लिई विद्यार्थीलाई आवासको व्यवस्था गरेको छ । आवाशमा विद्यार्थीका लागि आवश्यक […]

स्थानीयबासीलाई दशैँमा प्रतिव्यक्ति दश केजी चामल निशुल्क वितरण

खोटाङ, १७ असोज । हलेसी तुवाचुङ नगरपालिकाले खडेरी प्रभावित क्षेत्रका स्थानीयवासीलाई दशैँ मान्न खाद्यान्न उपलब्ध गराएको छ । लामो समयको खडेरीका कारण छरेको मकै पनि सुकेर मरेपछि खाद्य सङ्कटमा परेका स्थानीयवासीलाई नगरपालिकाले राहतस्वरुप चामल उपलब्ध गराएको हो । सुक्खाग्रस्त क्षेत्रमा पर्ने नगरपालिकाका ११ वडाका करीब पाँच हजार ५०० घरधुरी खडेरीपीडितलाई दशैँ मान्न जनही १० केजीका […]

सुत्केरी भत्ता दिँदै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान

तुलसीपुर, १७ असोज । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले सुत्केरी भत्ता प्रदान गर्ने भएको छ । यस अघि बन्द गरिएको सुत्केरी भत्तालाई पुनः दिन शुरु गर्ने निर्णय भएको प्रतिष्ठानका रजिष्ट्रार रामप्रसाद प्याकुरेलले जानकारी दिए । तत्कालीन राप्ती उपक्षेत्रीय अस्पताल प्रतिष्ठानमा परिणत भएपछि बजेट रोकिएका कारण सुत्केरी भत्ता वितरण हुनसकेको थिएन । स्वास्थ्य मन्त्रालयले बजेट दिएपछि प्रतिष्ठानले […]

चालीस वर्षपछि पाटनमा ऐतिहासिक नवदुर्गा नाच नचाइदै

  ललितपुर, १६ असाेज । चालीस वर्ष अगाडि रोकिएको ललितपुरको प्रशिद्ध ऐतिहासिक ठेचोको नवदुर्गा नाच पुनः विजयादशमीका दिन नचाइने भएको छ । बिहिबार ललितपुर महानगरपालिका १६ नं. वडाले पत्रकार सम्म्मेलन गरी सो नाच पुनः संचालन गरिने जानकारी दिएको छ । ललितपुर ठेचोका नवदुर्गा नाच पाटन दरवार क्षेत्रसँग सम्बन्धित विभिन्न नाचमध्ये सबभन्दा पुरानो नाच भएको  बताइन्छ […]

मेगा प्रोजेक्टमा चिनियाँ सीप र प्रविधिः दक्ष बन्दै नेपाली कामदार

काठमाडौँ, १६ असोज । सरकारले नेपालको आर्थिक समृद्धिको प्रमुख आधारको रुपमा ऊर्जा क्षेत्रलाई केन्द्रमा राखेर अल्पकालीन, मध्यकालीन र दीर्घकालीन लक्ष्यसहित काम शुरु गरेको छ । ती लक्ष्य पूरा गर्न स्वदेशी तथा विदेशी सीपलाई भरपुर उपयोग गर्ने लक्ष्य राखिएको छ । नेपाल कम्युनिस्ट पार्टी नेकपा नेतृत्वको वर्तमान सरकारले आगामी दश वर्षमा १५ हजार मेगावाट विद्युत् उत्पादन […]

विपन्नलाई दशैँको कपडा

भद्रपुर, १६ असोज । भद्रपुर नगरपालिका–१० ले वडाभित्रका वृद्धा, असहाय, अशक्त र अपाङ्गता भएका व्यक्तिलाई दशैँका लागि आज कपडा वितरण गरेको छ । वडाध्यक्ष टेकबहादुर खड्काले वडाका पाँच सय बढी अति विपन्न परिवारलाई कपडा वितरण गरेको बताए । उनले वडाभित्र स्थापना गरेको कपडा बैंकमार्फत सङ्किलत र नयाँ खरीद गरेर वितरण गरेको बताए । उनका अनुसार […]

ज्येष्ठ नागरिकप्रति समाज अनुदार

नेपालगञ्ज, १६ असोज । नेपाली समाज ज्येष्ठ नागरिकप्रति अनुदार रहेको गुनासो गरिएको छ ।“समाजका गहनाका रुपमा स्वीकार्नु गर्नुपर्ने ज्येष्ठ नागरिकप्रतिको सामाजिक भेद्भाव, परिवारको अपमानजनक व्यवहार र एकाङ्की जीवन कारुणिक हुने गरेको छ”, नेपालगञ्जका ज्येष्ठ नागरिक नारायण शर्माले भने । विसं २०६८ को जनगणना अनुसार बाँके जिल्लामा ३२ हजार ५०२ जना ज्येष्ठ नागरिक छन् । तीमध्ये […]

बढी भाडा फिर्ता गराउँदै प्रहरी

चितवन, १६ असोज । दशैँ मनाउन राजधानी बाहिरिने यात्रुसँग यातायात व्यवसायीले मनलाग्दी भाडा असूल गर्न थालेपछि यहाँका सडकमा चेकजाँचमा कडाइ गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले काठमाडौँबाट आउने सवारी साधनलाई रोकेर यात्रुसँग भाडा के कति लिइएको हो सोधपुछ थालेको छ । कार्यालयका प्रमुख प्रहरी निरीक्षक चन्द्रकुमार गिरीका अनुसार बुधबार एउटा माईक्रो बसका १७ […]