काठमाडौं, ८ मंसिर । काठमाडौंको नयाँबानेश्वरमा गाडीको ठक्करबाट एक पैदलयालीको मृत्यु भएको छ । आइतबार बिहान संघीय संसद भवनको १ नम्बर गेट अगाडी दुर्घटना भएको प्रहरीले जनाएको छ । सवारीको ठक्करबाट क्षतविक्षत अवस्थामा अन्दाजी ४० वर्षका पुरुषको शव फेला परेको नयाँ बानेश्वर प्रहरी वृत्त तीनकुनेले जनाएको छ । प्रहरीका अनुसार ठक्कर दिने सवारी भागिसकेकाले कुन […]
समाज
जन्ती बस दुर्घटना, एकको मृत्यु ४० घाइते
धादिङ, ८ मंसिर । पृथ्वीराजमार्गस्थित धादिङको गल्छी गाउँपालिका वडा नं ६ बैरेनीबजारमा आज बिहान भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने ४० घाइते भएका छन् । नुवाकोटको बाँसगडीबाट अमलेखगञ्जतर्फ जाँदै गरेको बा२ख ६२६८ नंको जन्ती बोकेको बस सडकको खाल्डो छल्न लाग्दा दुर्घटना भएको थियो । दुर्घटनामा नुवाकोट जिल्ला बेलकोटगढी नगरपालिका वडा नं ५ की […]
तीब्र गतिमा मोटरसाइकल ओभरटेक गर्न लाग्दा इन्जिनियरिङ कलेजका विद्यार्थीको मृत्यु
काठमाडौँ । ललितपुरको युएनपार्कमा दुई मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु भएको छ । एउटा मोटरसाइकलले अर्कोलाई ओभरटेक गर्ने क्रममा दुर्घटना भएको हो । बा ९१ प १३०१ र बा ७७ प ६७९३ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका हुन् । दुर्घटनामा बा ७७ प ६७९३ नम्बरको मोटरसाइकलका चालक चाबहिल निवासी अन्दाजी २२ वर्षका सत्यम भट्टराईको घटनास्थलमै मृत्यु भएको […]
जङ्गल सखाप पारेर धमाधम घर बनाइदै
बैतडी । दश वर्ष अघि घर नजिकै प्रशस्त घाँस, दाउरा पाउने नलगाड नगरपालिका–८ का हरिबहादुर खत्री अचेल दिनभरि जङ्गल धाउँदा पनि मुस्किलले एक भारी घाँस दाउरा सङ्कलन गर्छन् । घाँस मात्र होइन, घर नजिकै घनाजङ्गल र वन्यजन्तु भेटिने हुँदा सजिलै बालबालिका घर बाहिर जान डराउँथे । बिहान जङ्गल लगिएका घरपालुवा जनावर थोरै समयमा पेटभरि घाँस […]
क्रियाशिल दलित पत्रकार संघ गठन
काठमाडौं, ७ मंसिर । दलित समुदायका पत्रकारहरूको सशक्तीकरण गर्दै दलित सवाललाई सञ्चारमाध्यममा सशक्त ढंगले समेट्ने उद्देश्यसाथ क्रियाशिल दलित पत्रकार संघ नेपाल (आडजोन) गठन गरिएको छ। राजधानीमा भएको दलित पत्रकारहरूको भेलाले नागरिक दैनिकमा कार्यरत पत्रकार पवित्रा सुनारको अध्यक्षतामा १३ सदस्यीय क्रियाशिल दलित पत्रकार संघ गठन गरेको हो। संघ काठमाडौं जिल्ला प्रशासन कार्यालयमा दर्ता गरिएको संघद्वारा जारी […]
उपनिर्वाचनका लागि २६ हजार सुरक्षाकर्मी
काठमाडौं, ६ मङ्सिर । निर्वाचन आयोगले मङ्सिर १४ मा हुने उपनिर्वाचनका लागि सुरक्षा निकायले तयार गरेको एकीकृत सुरक्षा योजनालाई शुक्रबार परिमार्जनसहित पारित गरेको छ । कान्तिपथस्थित आयोगको केन्द्रीय कार्यालयमा शुक्रबार बसेको उच्चस्तरीय सुरक्षा समितिको तेस्रो बैठकले सुरक्षा निकायबाट प्रस्तुत गरिएको उपनिर्वाचनसम्बन्धी एकीकृत सुरक्षा योजनालाई परिमार्जनसहित पारित गरेको हो । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको उपस्थितिमा […]
२३ नेपाली श्रमिक विदेशी अस्पतालको कोमामा
काठमाडौ, ६ मंसिर । वैदेशिक रोजगारीका लागि विभिन्न देश पुगेका २३ जना नेपाली श्रमिक कोमामा उपचाररत रहेको वैदेशिक रोजगार बोर्डले जनाएको छ । सरकारले गत आर्थिक वर्षदेखि वैदेशिक रोजगारीमा विभिन्न कारणले अचेत अवस्थामा कोमामा उपचाररत बिरामीलाई नेपालमा ल्याएर उपचार गर्ने उदघोष गरेको थियो । बोर्डका अनुसार विदेशका विभिन्न अस्पतालका कोमामा २८ जना नेपाली उपचाररत थिए […]
कालोपोके र फौजीकीराको आक्रमण बढेपछि धान उत्पादनमा कमि
पाल्पा, ६ मङ्सिर । चार वर्षदेखि लगातार धान उत्पादनमा वृद्धि भएको पाल्पा जिल्लामा यो वर्ष धान उत्पादनमा कमी आउने भएको छ । धानको बाला राम्रो भए पनि दाना कम भएकाले यस वर्ष धानको उत्पादन कमी हुने भएको हो । पाल्पाका विभिन्न फाँटमा लगाइएको धान खेतीमा देखिएको विभिन्न रोगको आक्रमणलाई समयमै निराकरण गर्न नसक्दा पनि उत्पादनमा […]
फेवातालमा १० हजार माछाका भुरा छोडियो
कास्की, ६ मङ्सिर । विश्व मत्स्य दिवस २०७६ का अवसरमा पोखरास्थित फेवातालमा १० हजार माछाका भुरा छोडिएको छ । परम्परागत र स्थानीय माछा आयातीत माछाका प्रजातिका कारणले लोप हुने खतरा बढेपछि मत्स्य अनुसन्धान केन्द्र पोखराले बिहीबार फेवातालमा शहर जातका माछाका भुरा छाडेको हो । स्थानीय प्रजातिका माछाको सङ्ख्या बढाउने उद्देश्यसहित केन्द्रले बर्सेनी यहाँका तालतलैयाहरुमा भुरा […]
पाँच लाख घुससहित मालपोतका हाकिम रंगेतहात पक्राउ
काठमाडौं, ६ मंसिर । अख्तियारको टोलीले ५ लाख रुपैयाँ घुससहित भूमि सुधार तथा मालपोत कार्यालय सिरहाका प्रमुख रामबाबु मण्डललाई शुक्रबार बिहान कार्यकक्षबाटै पक्राउ गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबासस्थित कार्यालयका सूचना अधिकृत तथा उपसचिव हरिप्रसाद घिमिरेका अनुसार मण्डललाई सेवाग्राहीबाट ५ लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा रंगेतहात पक्राउ गरिएको हो । सूचना अधिकारी घिमिरेका […]










