नयाँबानेश्वरमा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु

काठमाडौं, ८ मंसिर । काठमाडौंको नयाँबानेश्वरमा गाडीको ठक्करबाट एक पैदलयालीको मृत्यु भएको छ । आइतबार बिहान संघीय संसद भवनको १ नम्बर गेट अगाडी दुर्घटना भएको प्रहरीले जनाएको छ ।

सवारीको ठक्करबाट क्षतविक्षत अवस्थामा अन्दाजी ४० वर्षका पुरुषको शव फेला परेको नयाँ बानेश्वर प्रहरी वृत्त तीनकुनेले जनाएको छ । प्रहरीका अनुसार ठक्कर दिने सवारी भागिसकेकाले कुन सवारीले ठक्कर दियो भन्ने खुलेको छैन ।

टाउको क्षतविक्षत अवस्थामा रहेको र हालसम्म मृतकको पहिचान नभएको प्रहरीले जनाएको छ । ठक्कर दिने सवारीको खोजी भइरहेको नयाँबानेश्वर प्रहरीले जनाएको छ ।

Loading...