तीब्र गतिमा मोटरसाइकल ओभरटेक गर्न लाग्दा इन्जिनियरिङ कलेजका विद्यार्थीको मृत्यु

काठमाडौँ । ललितपुरको युएनपार्कमा दुई मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु भएको छ । एउटा मोटरसाइकलले अर्कोलाई ओभरटेक गर्ने क्रममा दुर्घटना भएको हो । बा ९१ प १३०१ र बा ७७ प ६७९३ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका हुन् ।

दुर्घटनामा बा ७७ प ६७९३ नम्बरको मोटरसाइकलका चालक चाबहिल निवासी अन्दाजी २२ वर्षका सत्यम भट्टराईको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । उनको मोटरसाइकलको पछाडि बसेका अर्का एकजना पनि सामान्य घाइते भएका छन् ।

सानेपामा रहेको एभरेष्ट इन्जिनियरिङ्ग कलेजमा परीक्षा दिएर फर्किने क्रममा रहेका साथीहरुकै मोटरसाइकल ठोक्किएर दुर्घटना भएको हो ।

Loading...