वीरगञ्ज २२ मङ्सिर । सङ्घीय सरकारले यस वर्ष किसानबाट धान खरीद गर्न बजार भाउभन्दा करिब १० प्रतिशत बढी समर्थन मूल्य निर्धारण गरेको छ । मूल्य निर्धारणसँगै यसपालि वीरगञ्ज महानगरपालिका–२४ बहुअरीका किसान कपिलदेव यादवले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड वीरगञ्ज शाखालाई धान बेच्ने सोच बताएका छन । यसपालि सरकारले किसानबाट धान खरीद गर्ने मूल्य निजीस्तरका […]
समाज
कोहलपुरमा ट्रकको ठक्करबाट बालिका गम्भिर घाइते,स्थिति तनावग्रस्त
कोहलपुर २२ मंसिर । बाँकेको कोहलपुरमा ट्रकको ठक्करबाट एक स्कुले बालिका गम्भिर घाइते भएपछि स्थिति तनावग्रस्त भएको छ । आइतबार बिहान कोहलपुर नेपालगञ्ज सडकखण्ड अन्तर्गत हाईस्कुल अगाडी ना २ ख ९४५९ नम्बरको बालिकालाई ठक्कर दिएको थियो । स्कुले बालिका ट्रक ठक्करबाट गम्भिर घाइते भएपछि विद्यार्थीहरुको समूहले उक्त ट्रकमा आगजनी गरेका छन् । त्यसपछि प्रहरीले बल […]
नयाँदिल्लीको खाद्यान्न मन्डीमा भीषण आगलागी, कम्तीमा ३२ जनाको मृत्यु
नयाँ दिल्ली । भारतको राजधानी नयाँ दिल्लीको झाँसी रोडमा रहेको एक अनाज मण्डीमा भीषण आगलागी भएको छ । आगलागीमा परी कम्तिमा ३२ जनाको मृत्यु भएको छ। घटनापछि यस क्षेत्रमा हाहाकार मच्चिएको छ । भारतीय सञ्चारमाध्यमहरूका अनुसार मध्यदिल्लीको झाँसी रोडस्थित अनाज मण्डीमा रहेको एक उद्योगमा आगो लाग्दा भित्र रहेका मानिसहरूको निसास्सिएर मृत्यु भएको हो। ३० वटा […]
बस दुर्घटनामा एकको मृत्यु, चार गम्भीर घाइते
लमजुङ, २२ मङ्सिर । लमजुङमा यात्रुबाहक बस दुर्घटना हुँदा एक यात्रुको मृत्यु भएको छ । बेंसीसहरबाट गोरखा जाँदै गरेको ग १ ख ५७९९ नम्बरको बस सुन्दरबजार नगरपालिका ७ पाउँदीमा आइतबार विहान दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको प्रहरीले बताएको छ । उक्त बस प्रहरी चेक पोष्ट नजिकैबाट करिव १०० मिटर तल खसेको प्रहरी नायव उपरीक्षक […]
सूर्य कम्प्लेक्समा आगलागी क्षतिको विवरण आउन बाकी
सुनसरी, २२ मंसिर । सुनसरीको इटहरी चोकस्थित सूर्य कम्प्लेक्समा आगलागी भएको छ । शनिबार राति करिब १२ बजेबाट सुरु भएको आगलागी आइतबार बिहान करिब ४ बजे नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ । पाँच तले सूर्य कम्प्लेक्सको पाँचौ तलामा रहेको विग बार रेष्टुरेन्टबाट सुरु भएको आगो अन्य पसलमा पनि फैलिएको थियो । आगलागीको […]
अनधिकृत रूपमा विदेशि च्यानल प्रसारण गर्ने डिजिटल केबल सञ्चालकहरूको लाइसेन्स रद्द गर्दै
काठमाण्डौ, २२ मंसिर । सरकारले अनधिकृत रूपमा विदेश च्यानल प्रसारण गर्ने डिजिटल केबल सञ्चालकहरूको लाइसेन्स रद्द गर्ने भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले राज्यको राजस्वमा करोडौं घाटा हुने गरी अनधिकृत ढंगले च्यालनहरू प्रसारण गर्नेमाथि कडा कारबाही गर्न निर्देशन दिएपछि सूचना विभागले यस्तो प्रक्रिया अघि बढाएको हो । क्लिन फिड लागू गर्ने […]
पाँच किलो चरेस सहित मामा–भान्जी पक्राउ
बागलुङ २२ मंसिर । बागलुङ जिल्लाको निसीखोला गाउँपालिकामा पाँच किलोग्राम चरेससहित दुई जना पक्राउ परेका छन् । गाउँपालिका–६ निसीसिपका ३० वर्षीया भागिमला बुढा र उनका मामा पर्ने स्थानीयवासी २५ वर्षीय रामबहादुर साउथोकीलाई शनिबार पक्राउ गरिएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक सुरज खड्काका अनुसार मामा–भान्जीबीच चरेस खरीद बिक्री भइरहेको भन्ने […]
टोकियोमा निधन भएका मल्लको अन्त्येष्टिका लागि सहयोगको अपिल
टाेकियाे । टोकियोमा एक जना नेपाली विधार्थी सुरज मल्लको उपचारका क्रममा निधन भएको छ । सुदुरपश्चिमको डढेल्धुरा जिल्ला भद्रपुर -५ घर भई दुई बर्ष अघि विधार्थी भिषामा जापान आएका २५ वर्षिय मल्लको डिसेम्बर १ तारिख उपचारका क्रममा दु:खद निधन भएको हो । नोभेम्बर ३० तारिख राति श्वास फेर्न समस्या आएपछि उनलाई इताबासी स्थित निहोन यूनिभर्सिटी […]
पुनमुनि १ थान पेस्तोल र ५ राउन्ड गोली बरामद
महोत्तरी, २० मंसिर । महोत्तरी जलेश्वर नगरपालिका–६ स्थित पुलमुनिबाट सशस्त्र प्रहरीको गस्ती टोलीले शुक्रवार एक थान पेस्तोल र ५ राउन्ड गोली बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल ९ नम्बर हेडक्वार्टर जलसागरका सशस्त्र प्रहरी उपरीक्षक निरकृष्ण अधिकारीका अनुसार शुक्रवार बिहान साढे १० बजे सशस्त्र प्रहरी बीओपी जलेश्वरबाट खटिएको गस्ती टोलीले लचका पुलमुनि रहेको खरमा […]
पुराना कर्मचारी सबैलाई एकैपटक बिदा दिने: प्रचण्ड
काठमाडौं २० मंसिर । नेपाल कम्युनिस्ट पार्टी नेकपा का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेता र कर्मचारीबीच ठूलो अन्तरविरोध चलिरहेको बताएका छन् । नेता र कर्मचारीबीचको अन्तरविरोधले राजनीतिक परिवर्तनहरु संकटमा परेको उनले बताए । ‘राणा शासन ढलेर पञ्चायत आयो, नेता फेरिए कर्मचारी फेरिएनन् । पञ्चायत ढल्यो बहुदल आयो, नेता फेरिए कर्मचारी फेरिएनन्, बहुदल पनि गयो गणतन्त्र […]










