कोहलपुर, २३ मंसिर । आइतबार बाँकेको कोहलपुरमा प्रर्दशनकारी र प्रहरीबिच दिनभर जसो झडप भयो । झडपको क्रममा प्रर्दशनकारीहरुले ढुङ्गा, इट्टा र सिसाका बोत्तल लगायत फरार गरे । प्रहरीलाई प्रहार गरेका ढुङ्गा, इट्टा र सिसाका बोत्तल लगायतका साम्रगीहरुले कोहलपुरको सडक भरिएको थियो । सडकमा सिसा लगायतका साम्रगीका कारण आवगमनमा समस्या भएपछि राष्ट्रिय युवा संघले बिहानैदेखि सरसफाई […]
समाज
गाउँपालिका प्रमुखको गाडीमा आगजनी
खोटाङ, २३ मंसिर । रावाबेँसी गाउँपालिका प्रमुख लिलानाथ निरौलाको वडा नम्बर ५ दुवेकोलस्थित निवासमा रहेको बा २ झ ३५२४ नम्बरको सवारीसाधनमा गए राति आगलागी भएको छ । आगलागीका कारण सवारी जलेर ध्वस्तसमेत भएको छ । “म सुतिरहेको थिएँ, बम पड्किएको जस्तो ठूलो आवाज आयो”, उनले भने, “उठेर हेर्दा गाडीमा ठूलो आगोको मुस्लो दन्किरहेको थियो ।” […]
उपत्यकामा भोलि जोर नम्बरका सवारी साधन मात्र चलाउन पाइने
भक्तपुर, २३ मङ्सिर । भोलि अर्थात् मंसिर २४ गते दक्षिण एशियाली खेलकुदको समापन हुँदैछ । उक्त दिन काठमाडौं उपत्यका भित्र जोर नम्बरका सवारी साधन मात्र चलाउन पाइने भएको छ। भोलि ट्राफिक व्यवस्थापनलाई चुस्त, दुरूस्त, व्यवस्थित र सुरक्षित बनाउन जोर नम्बरका मात्र गाडी चलाउन उपत्यकावासीहरूलाई महानगरीय ट्राफिक प्रहरी महाशाखाको विशेष अनुरोध गरेका हुन् । ट्राफिक प्रहरीले […]
कोहलपुर घटना: गृहमन्त्रीको राजीनामा माग्दै काठमाडौंमा प्रदर्शन
काठमाडौं, २३ मंसिर । कोहलपुर घटनाको विरोधमा काठमाडौंमा प्रदर्शन भएको छ । आइतबार बाँकेको कोहलपुरमा प्रहरीले विद्यार्थीहरुमाथि दमन गरेको भन्दै नेविसंघले काठमाडौंको चाबहिलमा विरोध प्रदर्शन गरेको हो । नेविसंघ काठमाडौं जिल्ला समितिको आयोजना र पशुपति क्याम्पस इकाइ समितिको संयोजनमा गरिएको प्रदर्शनमा सहभागीहरुले प्रहरी दमनको विरोध गर्दै नाराबाजी गरे । उनीहरुले गृहमन्त्रीको समेत राजीनामा मागेका छन् […]
ठूलो रकम लिएर विद्यार्थी पास गराउने धन्दा चलाउने त्रिविका ४ कर्मचारीविरुद्ध मुद्दा दायर
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालयका लेखा अधिकृतसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । परीक्षार्थीहरुसँग रकम लिइ उत्तर पुस्तिका साटफेर गरेर उत्तिर्ण गराएको अभियोगमा परीक्षा नियन्त्रण कार्यालय (पनिका) बल्खुका लेखा अधिकृत कमलप्रसाद दाहालसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको हो । परीक्षा नियन्त्रण कार्यालय बल्खुका लेखा अधिकृत कमलप्रसाद […]
स्थिति नियन्त्रण बाहिर गएपछि कोहलपुरमा ‘कर्फयू’
बाँके, २२ मंसिर । बाँकेको कोहलपुरको शान्ति सुरक्षाको स्थिति नियन्त्रण बाहिर जान थालेपछि स्थानीय प्रशासनले कर्फयू लगाएको छ । एक स्कुल बालिकाको गाडीको ठक्करबाट गम्भिर घाइते भएपछि आक्रोशित विद्यार्थी र स्थानीय तोडफोडमा उत्रिन थालेपछि दिउँसो ३ बजेबाट अपरान्ह् ५ बजेसम्मका लागि बजार क्षेत्रमा कर्फयू आदेश जारी गरिएको स्थानीय प्रशासनले जनाएको छ । जिल्ला प्रशासन कार्यालय […]
एनसेललाई २२ अर्ब ४४ करोड कर निर्धारण, कर तिर्न १५ दिनको समय
काठमाडौं, २२ मंसिर, । ठूला करदाता कार्यालयले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलमाथि २२ अर्ब ४४ करोड ५३ लाख रुपैयाँ कर निर्धारण गरेको छ । कार्यालयका प्रमुख झलकराम अधिकारीका अनुसार कर तिर्न १५ दिनको समय दिएर एनसेलाई पत्र दिइएको छ । ठूला करदाता कार्यालयले वैशाखमा एनसेलको सेयर स्वामित्व खरिद बिक्रीबापत ६० अर्ब ७१ करोड २४ लाख […]
तनावग्रस्त कोहलपुर: डीएसपी शाहीसहित ९ प्रहरी घाइते
काठमाडौं २२ मंसिर, काठमाडौं । बाँकेको कोहलपुरमा ट्रकले एक बालिकालाई ठक्कर दिएपछि उत्पन्न तनावले उग्र रुप लिएको छ । यसअघिको समाचारमा ट्रकको ठक्करबाट बालिकाको मृत्यु भन्ने व्यहोरा पर्न गएकोमा क्षमायाचनासहित सच्याइएको छ । प्रदर्शनकारीको ढुंगामुढाबाट कोहलपुरका प्रहरी प्रमुख डीएसपी हेमराज शाहीसहित ९ जना प्रहरी घाइते भएका छन् । शाही लगायतको अहिले कोहलपुर शिक्षण अस्पतालमा उपचार […]
हिंसामा परेका महिला यसरी फेर्छन् बयान
वीरेन्द्रनगर, २२ मंसिर । दैनिक कुटाइबाट पीडित मेहलकुनाकी एक महिला श्रीमनलाई कानूनी कारवाही गर्ने अठोटका साथ उजुरीसहित जिल्ला प्रहरी कार्यालय सुर्खेतमा पुगिन् । उनको उजुरीले श्रीमानलाई प्रहरी नियन्त्रणमा पुर्यायो ।प्रहरी कार्यालयमा श्रीमान् देखेपछि उनले टुलुटुलु हेरिरहिन् । अघिसम्म कारवाही गर्ने अडान लिएकी उनको मनमा एकाएक परिवर्तन आयो र प्रहरीसामु आफ्नो बयान फेरिन् । ‘श्रीमानलाई कारवाही […]
विभिन्न कारण हिंसाले टुटेका परिवार जोडिंदै
कञ्चनपुर, २२ मंसिर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–४ असैनाका गोविन्द रानाले मदिरा सेवन गर्न छाडेका छन् । हिजोआज मदिराका कारण परिवारमा हुने कलह हटेको छ । तीन जनाको परिवारमा खुशी छाएको छ ।मदिरा सेवन गरी सधैं श्रीमतीलाई दुःख दिएको कुरा उनका लागि विगत भएको छ । त्यसलाई उनी सम्झन पनि चाहँदैन । मदिराकै कारण श्रीमतीमाथि हुने […]











