छुट्टाछुट्टै घटनामा दुईको मृत्यु

पाटन नगरपालिका १ मा ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको हो भने पुर्चौडी नगरपालिका ६ मा नहरमा ढुबेर १ बालिकाको मृत्यु भएको हो। ट्याक्टर दुर्घटनामा परी मृत्यु हुनेमा पाटन नगरपालिका १ का अन्दाजी ३० वर्षीय नरेन्द्र राज भट्टराई रहेका छन्। वडा नं १ को वडा कार्यालय नजिकै गुड्दै गरेको ट्याक्टरबाट खसेपछि पछाडीको टायरले किचेर उनको मृत्यु भएको हो।

घटनास्थल तर्फ प्रहरी गइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायव उपरीक्षक डिल्ली नारायण पाण्डेयले जानकारी दिए। उता, जिल्लाको पुरचौडी नगरपालिकामा नहरमा डुबेर १ बालिकाको मृत्यु भएको छ।

नगरपालिकाको वडा नं ६ मानाकोटका स्थानीय ईश्वरराज पन्तकी ३ वर्षीया छोरी लक्ष्मी पन्तको ११ बजे नहरमा डुबेर मृत्यू भएको हो। बेउरेस्वर लघुजल विद्युत् आयोजनाको नहरमा डुबेर उनको ज्यान गएको मृतकका आफन्त हेमराज पन्तले बताए।

Loading...