काठमाडौं, २७ माघ । स्थानीय तहका लागि लोकसेवा आयोगद्वारा नियुक्त गरिएका १ सय २० जना अधिकृत अझै अलपत्र परेका छन् । लोकसेवा आयोगले नियुक्त गर्नु अगावै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारी समायोजन गरेर पठाइदिएपछि ती अधिकृत अलपत्र भएका हुन् । लोकसेवाले देशभरका स्थानीय तहका लागि झन्डै ९ हजार कर्मचारी छनोट गरी विभिन्न स्थानीय […]
समाज
विप्लवका कार्यकर्ता पेस्तोलसहित पक्राउ
बैतडी, २७ माघ। बैतडीमा बिप्लब नेतृत्वको प्रतिबन्धीत नेकपाका युवा संगठन जिल्ला इन्चार्ज लोकेन्द्र धामी पक्राउ परेका छन् । आइतबार दिउँसो दोगडाकेदार गाँउपालिका वडा न. ७ सित्तडबाट १ थान पेस्तोल र पर्चा, पम्पलेटहरु सहित धामीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायव उपरिक्षक डिल्लि नारायण पाण्डेले बताए । पक्राउ परेका धामीलाई जिल्ला प्रहरी कार्यालयमा […]
कलश यात्रा गर्दै माधव नारायण व्रत समापन (फोटो फिचर)
माघ २६ ,काठमाडाैँ । नेवाः समाजमा प्रचलित परम्परागत माधव नारायण व्रत समापन गरिएकाे छ । माघ एक महिनासम्म हुने कठिन ब्रतपछि कलश यात्रा गर्दै अाज समापन गरिएकाे हाे । यसै क्रममा काठमाडाैँ, बुढानिलकण्ठ नगरपालिका, वडा नम्बर १३ अन्तर्गत टुसालस्थित ऋषेश्वर महादेवस्थानदेखि चुनिखेल, तुप्या हुँदै नाैलिन भद्रकालीसम्मकाे यात्रा पनि समापन गरिएकाे तुप्याका संस्कृतिकर्मी रामलाल श्रेष्ठले बताउनु […]
आज माघ शुक्ल पूर्णिमा श्री स्वस्थानी व्रतकथा समापन, शालीनदीमा मेला भर्नेको घुइँचो
काठमाडौं, २६ माघ । आज माघ शुक्ल पूर्णिमा श्री स्वस्थानी व्रतकथा समापन हुने दिन । आजबाट श्री स्वस्थानी परमेश्वरीको पुस्तकलाई वर्ष दिनका लागि विसर्जन गरिन्छ । पौष शुक्ल पूर्णिमाको दिनदेखि एक महिनासम्म निराहार श्री स्वस्थानीको व्रत बस्ने र पूजाआजा गर्ने गरिन्छ । साँखुस्थित शालीनदीमा मेला भर्नेको घुइँचो लागेको छ । एक महिनासम्म शालीनदीमा मेला लाग्ने […]
पर्वतमा बसको ठक्करबाट एकजनाको मृत्यु
पर्वत, २६ माघ । पर्वत सदरमुकाम कुश्माबजार स्थित शिवालय चोकमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ। मुस्ताङबाट पोखराका लागि छुटेको ग१ख ७००३ नम्बरको बसले ठक्कर दिँदा पर्वतकै मोदी गाउँपालिका-४ लेस्पार घर भएका ३४ वर्षीय डिलबहादुर थकालीको मृत्यु भएको हो। गम्भीर घाइते बनेका थकालीलाई उपचारको लागि पर्वत अस्पताल लगिएको भए पनि केहीबेरमै चिकित्सकले मृत घोषित […]
कोरोना भाइरसको संक्रमणबाट, अतिभय वा पूर्ण वेवास्ता दुवै दृष्टिकोणबाट सर्तकतापूर्वक जोगिन विद्यालयलाई अनुरोध
काठमाडौं, २६ माघ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले नोबेल कोरोना भाइरसको संक्रमणबाट जोगिन विद्यालयलाई पत्राचार गरेको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्र, विद्यालय शिक्षा मापदण्ड निर्धारण शाखाले पत्राचार गर्दै आफ्नो विद्यालय र समुदायमा नोबेल कोरोना भाइरस’ अतिभय वा पूर्ण वेवास्ता दुवै दृष्टिकोणबाट सर्तकतापूर्वक जोगिन अनुरोध गरेको छ । केन्द्रले यस’ आधिकारीक […]
चट्याङ लागेर तीन जनाको मृत्यु
दाङ, २६ माघ । दाङ र आसपासको क्षेत्रमा शनिबार दिउँसो हावाहुरीसहित पानी परेको समयमा चट्याङ पर्दा जिल्लाका छुट्टाछुट्टै दुई स्थानमा तीनको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय दाङको अनुसार चट्याङ लागेर तुलसीपुरमा एक महिला र एक बालिकाको मृत्यु भएको छ भने घोराहीमा एक बालकको मृत्यु भएको छ । दिउँसो करीब १ः०० बजे तुलसीपुर उपमहानगरपालिका […]
फागुनदेखि नारायणीमा पानीजहाज चल्ने, टिकट बुकिङ अनलाइनबाटै
चितवन, २६ माघ । नारायणी नदीमा आगामी फागुन महिनादेखि क्रुजसीप सानो पानीजहाज सञ्चालनमा आउने भएको छ । भरतपुर महानगरपालिका–१६ मा क्रुजसीप निर्माणको काम अन्तिम चरणमा पुगेको छ । सरकारले पानी जहाजसम्बन्धी उद्योग दर्ता गर्न पाउने निर्णय गरेसँगै यहाँ जहाज निर्माण शुरुआत भएको थियो । क्रुजसीप निर्माण गर्दै गरेको राइनो वाटर इन्टरटेन्मेन्ट प्रालिका प्रबन्ध निर्देशक रामचन्द्र […]
बालबालिकाको यौन शोषण गर्नेलाई सार्वजनिक रुपमा फाँसी दिने प्रस्ताव संसदबाट पास
इस्लामाबाद । पाकिस्तानको संसदले शुक्रबार बालबालिकाको यौन उत्पीडन गर्नेहरुलाई सार्वजनिक रुपमा फाँसी दिने प्रस्ताव पारित गरेको छ । यो प्रस्तावलाई संसदीय राज्य कार्यमन्त्री अली मोहम्मद खानले पेस गरेका थिए । सांसद हरुले प्रस्तावलाई बहुमतले पारित गरे । यद्यपि पाकिस्तान पिपुल्स पार्टीका नेता तथा पूर्व प्रधानमन्त्री राजा परवेज अशरफले भने सजायको कठोरता बढाउँदैमा अपराधमा कमी नआउने […]
समायोजनले स्वास्थ्य संस्था खाली: करारमा काम चलाइँदै, जुम्लाका परीक्षार्थी समेत सहभागी
ताप्लेजुङ, २६ माघ । गाउँका अधिकांश स्वास्थ्य संस्थाबाट सेवा प्रवाह गर्न अप्ठ्यारो भएपछि ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाले आवश्यक स्वास्थ्यकर्मी करारमा नियुक्ति गरी स्वास्थ्य सेवा सुचारु गरेको छ । एक स्टाफ नर्स, आठ अहेव, सात अनमी र छ हेल्थ अशिस्टेन गरी २२ स्वास्थ्यकर्मी नियुक्त गरी सेवा अवरुद्ध हुनबाट जोगाएको गाउँपालिकाले जनाएको छ । कर्मचारी समयोजनसँगै स्वास्थ्यका कर्मचारी […]











