विप्लवका कार्यकर्ता पेस्तोलसहित पक्राउ

बैतडी, २७ माघ। बैतडीमा बिप्लब नेतृत्वको प्रतिबन्धीत नेकपाका युवा संगठन जिल्ला इन्चार्ज लोकेन्द्र धामी पक्राउ परेका छन् । आइतबार दिउँसो दोगडाकेदार गाँउपालिका वडा न. ७ सित्तडबाट १ थान पेस्तोल र पर्चा, पम्पलेटहरु सहित धामीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायव उपरिक्षक डिल्लि नारायण पाण्डेले बताए ।

पक्राउ परेका धामीलाई जिल्ला प्रहरी कार्यालयमा ल्याइएको उनले बताए । यसअघि जिल्ला सदस्य स्याम भट्टलाई समेत प्रहरीले पक्राउ गरेको थियो ।

Loading...