वुहानमा रहेका नेपालीलाई लिन ३ फागुनमा नेपाल एयरलाइन्सको वाइडबडी चीन जाने

काठमाडौं २७ माघ । नेपाल सरकारले चीनको वुहानस्थित कोरोना भाइरस प्रभावित क्षेत्रबाट उद्धार गरिने नेपालीलाई लिन ३ फागुनमा नेपाल एयरलाइन्सको वाइडबडी एयरबस ३३० विमान पठाउने गरी तयारी थालेको छ ।

त्यस दिन कोरोना भाइरसको उदगम थलो चीनको वुहानबाट करिब १८० जना नेपालीलाई बेइजिङस्थित नेपाली दूतावाससँगको समन्वयमा सरकारले उद्धार गर्ने भएको छ । वुहानमा अधिकांश अध्ययनका लागि गएका नेपाली रहेका र उनीहरुले छिटो उद्धार गरिदिन सरकारलाई आग्रह गर्दै आएका छन् ।

अभिभावकहरुले समेत विभिन्न निकायमा गएर आफ्ना छोराछोरीको छिटो उद्धार गरिदिन माग गर्दै आएका छन् । उनीहरुको उद्धार गर्न परराष्ट्र, पर्यटन, स्वास्थ्य मन्त्रालयसमेतका अधिकारीहरु, नेपाल एयरलाइन्सका प्रतिनिधिहरु रहेको समिति गठन गरिएको छ ।

Loading...