कोरोना भाइरसको संक्रमणबाट, अतिभय वा पूर्ण वेवास्ता दुवै दृष्टिकोणबाट सर्तकतापूर्वक जोगिन विद्यालयलाई अनुरोध

काठमाडौं, २६ माघ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले नोबेल कोरोना भाइरसको संक्रमणबाट जोगिन विद्यालयलाई पत्राचार गरेको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्र, विद्यालय शिक्षा मापदण्ड निर्धारण शाखाले पत्राचार गर्दै आफ्नो विद्यालय र समुदायमा नोबेल कोरोना भाइरस’ अतिभय वा पूर्ण वेवास्ता दुवै दृष्टिकोणबाट सर्तकतापूर्वक जोगिन अनुरोध गरेको छ । केन्द्रले यस’ आधिकारीक जानकारी लिन, उचित सन्देश प्रवाह गर्न तथा आवश्यक होसियारी अपाउन विद्यालय व्यवस्थापन समिति, शिक्षक, विद्यार्थी तथा सम्वद्ध सबै सरोकारवालालाई आग्रह समेत गरेको छ ।

सन् २०१९ को मध्य डिसेम्बरमा चीनको उहान सहरमा पहिलो पटक देखिएको र क्रमशः विस्तार भई रहेको नोबेल कोरोना भाइरसको प्रकोप नेपालमा हालसम्म अनियन्त्रित जोखिमयुक्त नदेखिएको बताउँदै केन्द्रले यसको संक्रमण हुनबाट जोगिन नेपाल सरकारबाट स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको संयोजनमा निरोधात्मक र प्रतिरोधात्मक कार्य भईरहेको जानकारी दिएको छ । केन्द्रले नोबेल कोरोना भाइरसको स्रोत, लक्षण, सर्ने तरिका र रोकथामको ’मा जानकारी दिँदै विद्यालयलाई सर्तकता अपनाउन आग्रह गरेको हो ।

नोबेल कोरोना भाइरसको स्रोत :

यसको मूल स्रोत पहिचान नभए पनि वैज्ञानिकहरुले कोरोना भाइरसका सम्भावित कारण उहानको समुद्री खाना तथा पशु बजारमा चमेरा, कोब्रा सर्प जस्ता वन्यजन्तुको उपभोग र त्यहाँबाट भाइरसको विस्तार भएको हुने सक्ने बताएका छन् ।

लक्षण र जटिलताहरु :

ज्वरो, सुख्खा खोकी, मांसपेशी दुख्ने, थकान आदि प्रारम्भिक लक्षण हुन् । त्यसैगरी, कफ उत्पादन गर्ने खोकी, खोकीसँगै रगत देखिने, असामान्य तरिकाले  टाउको दुख्ने तथा कहिलेकाँही झाडापखाला हुन्छ । अन्य जटिलताहरुमा निमोनिया, सेप्टिक सक, किड्नी फेलियर, कार्डियक इन्जुरी देखिन्छ ।

भाइरस फैलिने र सर्ने तरिका:

यो भाइरसको संक्रमण कसरी र कति चाँडो फैलिन्छ भन्न यकिन नभए पनि वैज्ञानिकहरुले अन्दाजकै भरमा एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्छ भनेको छन् । यो भाइरस कुनै एक प्रजातिको जीवबाट अर्को प्रजातिमा सर्ने र यसरी सर्दासर्दै यो मान्छेसम्म पुग्ने गरेको छ । जोखिम प्रभावित क्षेत्रहरुमा यात्रा गरिरहेका व्यक्ति र संक्रमितहरुसँग सम्पर्कमा रहेका व्यक्ति, चिकित्सा तथा स्वास्थ्यकर्मी आदि जोखिममा रहन सक्दछन् साथै रोग प्रतिरक्षात्मक प्रणाली कमजोर भएका, बालबच्चा, वृद्धहरु बढी जोखिममा हुन सक्छन् । यो रोग लाग्दैमा विरामीको मृत्यु हुँदैन ।

रोकथामका उपायहरु :

यसको कुनै उपचार छैन । तर, यो भाइरसले निम्त्याएका धेरै लक्षणको उपचार गर्न सकिन्छ । हालसम्म कुनै पनि एन्टिभाइरल औषधी कोरोना भाइरस विरुद्ध प्रभावकारी सावित भएको छैन । यो रोग लाग्न नदिनका लागि निम्नलिखित कुरा ध्यान दिनु आवश्यक छ ।
१) साबुन र पानीले कम्तिमा २० सेकेन्ड हात धुने
२) खोक्दा र हाच्छ्युँ गर्दा नाक, मुख टिस्यु पेपर वा सफा कपडाले छोप्ने
३) रोकथामका लागि मास्क प्रयोग गर्ने
४) रुघा, खोकी लागेका व्यक्तिका नजिक नजाने
५) जथाभावी छोएका हात, आँखा, मुखमा नलाग्ने
६) आफू बिरामी भएको बेला घरमा बस्ने
७) जङ्गली तथा घरेलु पशुपन्छीहरुसँग असुरक्षित सम्पर्कबाट टाढा रहने
८) पशुजन्य मासु र अन्डा राम्रोसँग पाकेको मात्र खाने
९) विरामी मानिसको सम्पर्कभन्दा टाढै बस्ने
१०) झोलिलो पदार्थ पिउने, सागसब्जी, फलफूल, गेडागुडी आदि प्रशास्त खाने
११) सार्वजनिक स्थल, अस्पताल, सिनेमा घर, सार्वजनिक यातायात, सपिङ मल जस्ता भिडभाडमा हुने स्थानमा सकभर नजाने
१२) फ्लु जस्तो लक्षण देखिएमा नआतिई चिकित्साको परामर्श लिने

Loading...