आज माघ शुक्ल पूर्णिमा श्री स्वस्थानी व्रतकथा समापन, शालीनदीमा मेला भर्नेको घुइँचो

काठमाडौं, २६ माघ । आज माघ शुक्ल पूर्णिमा श्री स्वस्थानी व्रतकथा समापन हुने दिन । आजबाट श्री स्वस्थानी परमेश्वरीको पुस्तकलाई वर्ष दिनका लागि विसर्जन गरिन्छ । पौष शुक्ल पूर्णिमाको दिनदेखि एक महिनासम्म निराहार श्री स्वस्थानीको व्रत बस्ने र पूजाआजा गर्ने गरिन्छ ।

साँखुस्थित शालीनदीमा मेला भर्नेको घुइँचो लागेको छ । एक महिनासम्म शालीनदीमा मेला लाग्ने गरे पनि आज विशेष दिन भएकाले हजारौं मानिस शालीनदी पुगेका छन् । स्वस्थानी परमेश्वरीको व्रत बस्नाले शान्ति, सुःख, समृद्धि अनि अध्यात्मिक चेतनामा वृद्धी भई सुस्वास्थ्य कायम रहने जनविश्वास छ ।

साँखुस्थित शालिनदीमा एकाविहानैदेखि भक्तजन तथा व्रतालुहरूको बाक्लो उपस्थितिमा विशेष पूजा अर्चना गरिँदै रातभरि जाग्राम समेत वस्ने चलन रहि आएको छ । सबै उमेर समूहको उपस्थिति धेरै रहने यस्ता जाग्राममा भजन किर्तन गाउने, नृत्य देखाउने र अन्य रमाईला सामाजिक क्रियाकलापहरु पनि हुन्छ । यसरी सामूहिक रुपमै स्वस्थानी परमेश्वरीको व्रतकथा साङ्गे आयोजना गर्दा सम्पूर्ण समूदायलाई फाइदा हुने जनविश्वास छ ।

Loading...