नियतवस पूराना फोन स्लो बनाएका कारण एप्पल कम्पनीलाई तीन अर्ब जरिवाना

एजेन्सी, नियतवस पूराना मोबाइलहरू स्लो बनाएको आरोपमा फ्रान्समा एप्पल कम्पनी माथि तीन अर्ब रुपैयाँ जरिवाना लगाइएको छ। पूराना सेटहरूमा अचानक बन्द हुने तथा ब्याट्री नटिक्ने समस्या देखिएको थियो ।

एप्पलले चिसो मौसम वा अन्य असम्बन्धित कारण देखाउँदै आएकोमा फ्रान्सले कम्पनीलाई दोषी ठहर्‍याउँदै पाठ सिकाएको हो। साथै, समस्याग्रस्त मोबाइल सेटमा निस्शुल्क ब्याट्री फेरिदिन पनि उक्त कम्पनीलाई निर्देशन दिइएको छ ।

त्यतिमात्र नभइ, एप्पलले उक्त कारबाही प्रक्रियाको सारा जानकारी आफ्नो वेबसाइटमा एक महिनासम्म राख्नु पर्नेछ। एप्पलले कारबाहीका क्रममा राखिएका सबै शर्तहरू स्वीकार्ने जनाएको छ।

Loading...