किसानका लागि वर्ड फ्लू रोग सम्वन्धी सूचना

भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय कर्णाली प्रदेशको वर्डफ्लू रोगबारे जनहितमा जारी सन्देश  कर्णाली प्रदेशमा वर्ड फ्लू रोग भित्रन नदिन कखुरापालन व्यवसायमा संलग्न कृषक संघ संस्था उद्यमी व्यवसाय र सर्बसाधारणहरुले निम्नानुसारको सहयोग गरिदिनुहुन अनुरोध गरिन्छ । -अण्डा र मासुलाई राम्रोसँग पकाएर मात्र सेवन गर्ने गरौं । – वर्डफ्लू सक्रमित ठाउँबाट मात्र जीवित पन्छी पन्छीजन्य पदार्थ […]

प्रहरीले दर्ता गर्न मानेन बाबुराम भट्टराइको अपहरण उजुरी

काठमाडौँ, १४ बैशाख । पूर्व संघीय समाजवादीका सांसद डा. सुरेन्द्र यादवको अपहरण भएको भन्दै पूर्व आईजिपी सर्वेन्द्र खनाल, नेकपाका सांसद महेश बस्नेत र किसन श्रेष्ठ विरुद्ध महानगरीय प्रहरी परिसर टेकुमा उजुरी दिन पुगेका जनता समाजवादी पार्टीका नेताहरु र कानुन व्यवशायीहरुको दवावका बीच प्रहरीले जाहेरी लिन अस्वीकार गरेको छ । बाबुराम भट्टराईकै नेतृत्वमा अन्य नेताहरु समेत […]

वीरगन्जमा थप २ मा कोरोना संक्रमणको पुष्टि, संक्रमितको संख्या ५१ पुग्यो

वीरगन्ज । वीरगन्जमा थप २ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना पुष्टि हुनेको संख्या ५१ पुगेको छ। वीरगन्ज महानगर वडा नम्बर २ र ३ का दुई पुरुषमा पीसीआर परीक्षणका क्रममा पोजिटिभ देखिएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित बस्नेतले जानकारी दिए। यसअघि कोरोना संक्रमणको पुष्टि भएका छपकैयास्थित मस्जिदमा बस्दै आएका […]

लकडाउन एक हप्ता बढाउन कार्यदलको सिफारिस

काठमाडौँ । मुख्यसचिव लोकदर्शन रेग्मी नेतृत्वको कार्यदलले लकडाउन एक हप्ता बढाउने सिफारिस गरेको छ । कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको शनिबार (आज) बिहानको बैठकले लकडाउनको मोडालिटी बारे टुंगो लगाउन कार्यदललाई जिम्मा दिएको थियो । कार्यदलले समितिलाई नेपाल कोरोना संक्रमणको जोखिमबाट मुक्त नभइसकेको र विभिन्न स्थान संक्रमण देखिने क्रम जारी रहेकाले लकडाउन एक हप्ता […]

भोजपुर, धनुषा र उदयपुरमा थप कोरोना संक्रमित भेटिए, नेपालमा संक्रमणको दर बढ्दो

काठमाडौं । भोजपुरमा पनि एक जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पीसीआर परीक्षणमा भोजपुरका २६ वर्षीय पुरुषमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । ती पुरुष गत फागुन ३० मा साउदी अरबबाट नेपाल फर्किएका थिए । आजैमात्रै धनुषा र उदयपुरमा थप दुई जनामा […]

आजकै दिन गएको थियो नेपालमा शक्तिशाली भुकम्प, गोरखा भूकम्पको पाँच वर्ष पूरा

काठमाडौँ । गोरखा भूकम्पको पाँच वर्ष पूरा भएको छ । विसं २०७२ वैशाख १२ गते मध्याह्न ११ः५६ बजे गोरखाको बारपाक केन्द्रबिन्दु भई गएको ७.६ रेक्टर स्केलको भूकम्पका कारण आठ लाखभन्दा बढी निजी आवास भत्केका थिए । करिब नौ हजार मानिसले ज्यान गुमाएका थिए । करिब २२ हजार मानिस घाइते भएका थिए । लाखौँ मानिस घरबाट […]

कोरोनाविरुद्ध पत्ता लाग्यो खोप, बेलायतमा परिक्षण खोप लगाउन सुरु

काठमाडौं । युरोपमा कोरोना भाइरसविरुद्धको खोपको मानवमा पहिलो परीक्षण सुरु भएको छ। बेलायतको अक्सफोर्डमा यो खोप मानिसमा लगाउन सुरु गरिएको बेलायती सञ्चारमाध्यमले उल्लेख गरेका छन्। यसका लागि स्वस्फूर्त रूपमा तयार भएका दुई जनालाई खोप लगाइसकिएको छ भने ८ सय जनाभन्दा बढी मानिसले खोप लगाउने सूचीमा नाम लेखाएका छन् । तीमध्ये आधालाई मात्र कोरोना भाइरसविरुद्धको परीक्षण […]

केन्द्रीय कारागार अस्पतालमा कार्यरत २ नर्सको आरडिटी पोजिटिभ, पीसीआर रिपोर्ट भने नेगेटिभ

काठमाडौं, १० वैशाख । आरडिटी परिक्षणको रिपोर्ट पोजिटिभ देखिएका केन्द्रीय कारागार अस्पतालमा कार्यरत दुइ जना नर्सको पीसीआर रिपोर्ट नेगेटिभ देखिएको छ । कोरोना भाइरस संक्रमण भएको आशंकामा मंगलबार दुबै जनालाइ टेकु अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएको थियो । उनीहरुको पीसीआर परीक्षणको क्रममा रिपोर्ट नेगेटिभ देखिएको टेकु अस्पतालले जनाएको छ । सुन्धारास्थित केन्द्रीय कारागारमा कार्यरत दुईजना […]

यस वर्ष यार्सा संकलन बन्द गरिने

जाजरकोट, ९ वैशाख । यस वर्ष यार्सागुम्बा संकलन रोकिने भएको छ । जिल्ला प्रशासन कार्यालय, डोल्पाको अगुवाइमा आज बसेको विपद् व्यवस्थापन समितिको बैठकले सो निर्णय गरेको हो । बैठकले यस विषम परिस्थितिमा यार्सागुम्बा सङ्कलन रोक्ने निर्णय गरेको प्रजिअ सुरेश सुनारले जानकारी दिए । जिल्लाका अधिकांश जनप्रतिनिधिको उपस्थितिमा सो निर्णय गरिनाका साथै कोरोना त्रासका कारण बढेको […]

फेरि उदयपुरमै भेटिए ११ संक्रमित, नेपालमा संक्रमितको संख्या पुग्यो ४२

काठमाडौं, बैशाख । मंगलबार उदयपुरमा थप ११ जना काेराेनाका संक्रमित फेला परेका छन् । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ४२ पुगेको छ । उदयपुरको त्रियुगा नगरपालिका क्षेत्रका वासिन्दामा कोरोना संक्रमण जाँच गर्दा काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा ३ जना र धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा […]