भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय कर्णाली प्रदेशको वर्डफ्लू रोगबारे जनहितमा जारी सन्देश
कर्णाली प्रदेशमा वर्ड फ्लू रोग भित्रन नदिन कखुरापालन व्यवसायमा संलग्न कृषक संघ संस्था उद्यमी व्यवसाय र सर्बसाधारणहरुले निम्नानुसारको सहयोग गरिदिनुहुन अनुरोध गरिन्छ ।
-अण्डा र मासुलाई राम्रोसँग पकाएर मात्र सेवन गर्ने गरौं ।
– वर्डफ्लू सक्रमित ठाउँबाट मात्र जीवित पन्छी पन्छीजन्य पदार्थ र रोग सार्न सक्ने अन्य पन्छी उत्पादन सामाग्री आयात नगरौं ।
– पन्छी तथा पन्छीजन्य पदार्थको वसार पसार गर्दा भेटेरीनरी स्वास्थ्य प्रमाण पत्र र श्रोत खोलिएको प्रमाण पत्र साथमा लिएर वसार पसार गर्ने गरौं।
– पन्छी फार्म दर्ता गरेर मात्र व्यवसायमात्र संचालन गर्ने गरौं ।
– पन्छी फार्महरुमा जैविक सुरक्षाका उपायहरु अपनाउने गरौं ।
-कुनै ठाउँमा अचानक धेरै पन्छीहरु मरेमा नजिकको गाउँपालिका र नगरपालिकामा रहेका पशु सेवा शाखा तथा पशु अस्पताल तथा पशु सेवा कार्यालयमा सम्पर्क गरौ ।
पशु स्वास्थ्य कर्मी र पशुपन्छी व्यवसायीहरुलाई भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय कर्णाली प्रदेशको अनुरोध ।
- पशुपन्छी औषधी व्यवसायीहरुले औषधी व्यवस्था विभागमा आफ्नो व्यवसाय दर्ता गरेर मात्र पशल संचालन गर्ने गरौं ।
- मूल्य नभएका तथा औषधी व्यवस्था विभागबाट मूल्य स्वीकृत नभएका पशुपन्छी औषधी र खोपहरु विक्रि वितरण नगरौं ।
- जन स्वास्थ्यमा हानी पुर्याउने गुणस्तरहिन पशुपन्छी औषधी र खोपको उत्पादन विक्रि वितरण निकासी पैठारी र भण्डारण तथा सेवन नगरौं नगराऔं ।
- पशु चिकित्सकले सिफारिस गरेका औषधी एंव खोपहरु मात्र प्रयोग गरौं ।
- पशुपन्छी औषधी र खोपको अनुचित प्रयोग नगरौं नगराऔं ।
- पशुपन्छी औषधी खोप र किटनाशक विषादीहरुसगै भण्डारण नगरौं नगराऔं ।