केन्द्रीय कारागार अस्पतालमा कार्यरत २ नर्सको आरडिटी पोजिटिभ, पीसीआर रिपोर्ट भने नेगेटिभ

काठमाडौं, १० वैशाख । आरडिटी परिक्षणको रिपोर्ट पोजिटिभ देखिएका केन्द्रीय कारागार अस्पतालमा कार्यरत दुइ जना नर्सको पीसीआर रिपोर्ट नेगेटिभ देखिएको छ । कोरोना भाइरस संक्रमण भएको आशंकामा मंगलबार दुबै जनालाइ टेकु अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएको थियो । उनीहरुको पीसीआर परीक्षणको क्रममा रिपोर्ट नेगेटिभ देखिएको टेकु अस्पतालले जनाएको छ ।

सुन्धारास्थित केन्द्रीय कारागारमा कार्यरत दुईजना नर्सहरुको बुधबार पीसीआर रिपोर्ट नेगेटिभ आएको हो। मंगलबार र्‍यापिड टेस्टको क्रममा एन्टिबडी पोजेटिभ आएपछि उनीहरुलाई टेकु अस्पतालको आइसोलेसनमा भर्ना गरिएको थियो । बुधबार उनीहरू दुवै जनाको पीसीआर विधिबाट गरिएको परीक्षणमा रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको छ ।

Loading...