भोजपुर, धनुषा र उदयपुरमा थप कोरोना संक्रमित भेटिए, नेपालमा संक्रमणको दर बढ्दो

काठमाडौं । भोजपुरमा पनि एक जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पीसीआर परीक्षणमा भोजपुरका २६ वर्षीय पुरुषमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । ती पुरुष गत फागुन ३० मा साउदी अरबबाट नेपाल फर्किएका थिए ।

आजैमात्रै धनुषा र उदयपुरमा थप दुई जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको थियो । सोसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४८ पुगेको छ । यस्तै संक्रमितमध्ये १० जना भने निको भएर घर फर्किसकेका छन् ।

Loading...