प्रहरीले दर्ता गर्न मानेन बाबुराम भट्टराइको अपहरण उजुरी

काठमाडौँ, १४ बैशाख । पूर्व संघीय समाजवादीका सांसद डा. सुरेन्द्र यादवको अपहरण भएको भन्दै पूर्व आईजिपी सर्वेन्द्र खनाल, नेकपाका सांसद महेश बस्नेत र किसन श्रेष्ठ विरुद्ध महानगरीय प्रहरी परिसर टेकुमा उजुरी दिन पुगेका जनता समाजवादी पार्टीका नेताहरु र कानुन व्यवशायीहरुको दवावका बीच प्रहरीले जाहेरी लिन अस्वीकार गरेको छ ।

बाबुराम भट्टराईकै नेतृत्वमा अन्य नेताहरु समेत गएर जाहेरी पार्टीका नेताहरु उपेन्द्र यादव, राजेन्द्र महतो, हिसिला यमि तथा अपहरित भनिएका सांसद सुरेन्द्र यादव सहित कानुन व्यवशायी दिनेश त्रिपाठी लगायतका पनि पुगेर कानुनी तर्क गरे पनि प्रहरीले दर्ता गर्न नमानेको समाजवादीका नेता राजेन्द्र महतोले जानकारी गराएका छन ।

यसैगरी कानुन व्यवशायी दिनेश त्रिपाठीले कानुनी दृष्टिकोणले उक्त मुदा लिनुपर्नेमा ठाडै अस्वीकार गर्नु गलत भएको सञ्चारकर्मीहरुलाई प्रतिकृया दिए । उनले राज्य संयन्त्रको दबाबका कारण प्रहरीले दर्ता गर्न नमानेको भन्दै अदालतमा जाने या अरु बिकल्प पनि रहेको बताए ।

वैशाख १० गते राति महोत्तरीस्थित घरबाटै सांसद यादवलाई पूर्व आईजीपी खनाल तथा सांसदद्वय बस्नेत र श्रेष्ठले जबर्जस्ती काठमाडौं ल्याएको आरोपमा समाजवादी पार्टीले लगाउँदै आएको छ ।

अब प्रहरीले के गर्ला त्यो भने प्रतिक्षाको बिषय छ । संलग्न भनिएका सांसदहरु र पूर्व आईजिपी खनालले भने आफूहरुले अपहरण नगरेको दाबी गर्दै आएका छन् ।

समाजवादी पार्टी विभाजन गर्न सांसदको संख्या नपुगे पछि महोत्तरी पुगेर डा. यादवलाई उनीहरुले ल्याएकाे भन्दै धेरैले याे कार्यकाे विराेध गरेका छन । 

पूर्व आईजिपी खनालले ननस्टप खबरसँग कुराकानी गर्दै भने– ‘हामी उहाँको घर पुग्दासम्म खुसी भएर स्वागत सत्कार गर्ने, काठमाडौँ जाने कुरामा हामीले कहिँ कतै जोड गरेका नै थिएनौ । उहाँको आफ्नै ठाउँमा नजाने भनिदिएको भए हुन्थ्यो त, हामी ३ जनाले उहाँको ठाउँमा कसरी जोरजबरजस्ती गर्यौ ? उनकै मानिस धेरै थिए । आफ्नै राजीखुसीले हामीसँगै उहाँ लगायत अन्य हामीभन्दा धेरै छुट्टै गाडीमा पछि पछि आएकै हो । मैले उहाँलाई पटक पटक घरपरिवारलाई कहाँ पुग्यो भन्ने बारेमा भन्नु भनेकै हो त ! सँगै यात्राको दौरान राजनैतिक लगायतका कुराकानी गरे, मैले खासै चासो दिइन । काठमाडौँस्थित होटेलमा तलैबाट म छुत्तिएर आफ्नो घर आएँ । रातारात उहाँहरुको के कुरा मिलेन खै ? भोलि बिहान हुँदा दुइ माननीय सहित म पनि कोठामा आएको भन्न सम्म भ्याए ? उहाँको चरम झुट मलाई टेकेर राजनैतिक उदेश्य प्राप्ति तिर उन्मुख छ । समयले झुटको पर्दाफास गर्ने नै छ ।’ 

दर्ता नभए पछि ट्वीट गर्दै डा. बाबुराम भट्टराईले ’यत्रो देशविदेश तरंगीत गराइरहेको सांसद अपहरणसम्बन्धी मुद्दा पीडित व्यक्तिले महानगरीय प्रहरी परिसरमा समयभित्र विधिसम्मत ढंगले जाहेरी दनि लाग्दा दर्ता गन्न इन्कार गरिन्छ भने ओलीतन्त्रमा कानूनको शासन कायम हुन्छ र नागरिकको जीवनरक्षा हुन्छ भनेर कसरी विश्वास गर्ने?’ भनी ट्विट गरेका छन्।

 

Loading...