थप एकमा कोरोना पृष्टि, संक्रमितको संख्या ५२ पुग्यो

काठमाडौँ । झापाको थप एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै मुलुकमा कोरोना संक्रमितको संख्या ५२ पुगेको छ ।

आइतबार झापाका एक ५० वर्षीय पुरुषमा संक्रमण देखिएको हो । विराटनगरको कोशी अञ्चल अस्पतालमा गरिएको परीक्षणमा एक पुरुषमा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा। समिरकुमार अधिकारीले जारी गरेको विज्ञप्तिका उनी अस्पतालको सम्पर्कमा रहेका छन् ।

आइतबार नै वीरगन्जका दुईजना पुरुषमा पनि संक्रमण पुष्टि भएको थियो । १६ जना संक्रमित भने निको भएर घर फर्किएका छन् ।

Loading...