सुकुमबासी मोर्चाका महासचिवसहित ३ जना पक्राउ, बस्ती आजदेखि खाली गरिँदै

काठमाडौँ। काठमाडौँ जिल्ला प्रशासन कार्यालयको पूर्व सूचना अनुसार नदी किनारका सार्वजनिक तथा सरकारी जग्गामा रहेका अनधिकृत सुकुमबासी बस्तीहरू हटाउने कार्य आज (शनिबार) बिहानैदेखि सुरु हुने भएको छ । नदीको प्राकृतिक बहावमा नकारात्मक असर परेको र सहरी पूर्वाधार निर्माणमा अवरोध पुगेको भन्दै प्रशासनले वैशाख ११ गते (शुक्रार) साँझ ७ बजेसम्म ती संरचना खाली गर्न अन्तिम समय […]

एकाबिहानै थापाथली सुकुमबासी बस्तीमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति

काठमाडौँ । सरकारले काठमाडौं उपत्यकाको नदी किनारका अव्यवस्थित र अतिक्रमित बस्तीहरूलाई आज शनिबार र आइतबार दुई दिन लागाएर हटाउने तयारी गरेको छ । उपत्यकाका सुकुमवासी बस्तीमा शुक्रबार साँझदेखि नै बाक्लो मात्रामा सुरक्षाकर्मी खटिएका छन् । नदीको प्राकृतिक बहावमा नकारात्मक असर परेको र सहरी पूर्वाधार निर्माणमा अवरोध पुगेको भन्दै सरकारको निर्देशनमा काठमाडौँ जिल्ला प्रशासन कार्यालयले गत […]

पूर्वमन्त्री विक्रम पाण्डे पक्राउ, ठेक्का मिलेमतोको आरोप

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उपाध्यक्ष तथा पूर्वमन्त्री विक्रम पाण्डे पक्राउ परेका छन्। सरकारी बोलपत्रसम्बन्धी वेबसाइटमा पहुँच प्रयोग गरी ठेक्का आफ्नो कम्पनीलाई पार्ने आरोपमा उनलाई पक्राउ गरिएको नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरो ले जनाएको छ। ब्यूरोका एआईजी मनोज केसी ले पाण्डेलाई काठमाडौँबाट पक्राउ गरिएको पुष्टि गरे। पाण्डे कालिका कन्स्ट्रक्सन का सञ्चालकसमेत हुन्। उनीविरुद्ध अख्तियार […]

साँखुमा प्रहरीको लागूऔषध कारोबारीलाइ हान्यो गोली

काठमाडौँ । काठमाडौँको साँखु क्षेत्रमा प्रहरीले गोली चलाएको छ। लागूऔषध कारोबारीलाई नियन्त्रणमा लिन खोज्दा लागूऔषध नियन्त्रण ब्यूरो ले गोली चलाएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन कुमार भट्टराई ले जानकारी दिए। ‘लागूऔषध कारोबारी समाउने क्रममा गोली चलेको भन्ने सूचना आएको छ,’ उनले भने। घटनामा कति राउन्ड गोली चलाइएको हो भन्नेबारे विस्तृत विवरण आउन बाँकी रहेको […]

नदी किनार खाली गराउने सरकारको तयारी, सुकुमबासी आन्दोलन चर्कियो

काठमाडौँ । सरकारले नदी किनारका सुकुमबासी बस्ती हटाउने तयारी थालेपछि प्रभावित बस्तीका बासिन्दा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्यालयतर्फ जान थालेका छन्। आफूहरूलाई तत्काल नहटाउन दबाब दिनका लागि उनीहरू वनस्थलीस्थित पार्टी कार्यालय पुग्न लागेको जनाइएको छ। नदी किनारमा घर तथा टहरा बनाएर बसोबास गर्दै आएका सुकुमबासीहरू कार्यालयतर्फ आउने सूचना पाएपछि रास्वपाको केन्द्रीय कार्यालयमा सुरक्षा […]

विदेशी नागरिकता लिएपछि १७ डाक्टरको दर्ता खारेज

काठमाडौँ । नेपाल मेडिकल काउन्सिल ले १७ जना चिकित्सकको नाम दर्ता खारेज गरेको छ। नेपाली नागरिकता परित्याग गरी विदेशी नागरिकता तथा राहदानी लिएको पुष्टि भएपछि ती चिकित्सकहरूको नाम काउन्सिलको दर्ता किताबबाट हटाइएको हो। काउन्सिलले शुक्रबार जारी गरेको सूचनामा नेपाल मेडिकल काउन्सिल ऐन २०२०, नेपाल मेडिकल काउन्सिल नियमावली २०२४ र नेपाल नागरिकता ऐन २०६३ अनुसार दर्ता […]

सुकुमबासी बस्तीमा बल प्रयोग नगर्न बृहत् नागरिक आन्दोलनको चेतावनी

काठमाडौँ । बृहत् नागरिक आन्दोलनले सुकुमबासी बस्तीहरू जबरजस्ती खाली गराउने सरकारी तयारीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै बल प्रयोग र दमन नगर्न चेतावनी दिएको छ। बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै आन्दोलनले प्रधानमन्त्रीबाट सुरक्षा निकायलाई सुकुमबासी बस्ती खाली गराउन ठाडो निर्देशन दिएकोप्रति कडा आपत्ति जनाएको छ। मन्त्रिपरिषद्ले पारित गरेको १०० बुँदे शासकीय सुधार कार्यसूचीमा भूमिहीन र […]

महान्यायाधिवक्ता कँडेललाई पदमुक्त नगर्नुपर्ने भए कारण पेस गर्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले महान्यायाधिवक्ता डा. नारायणदत्त कँडेललाई पदमुक्त नगर्नुपर्ने कुनै कारण भए पेस गर्न सरकारका नाममा आदेश जारी गरेको छ । सर्वोच्चका प्रवक्ता अर्जुन कोइरालाले योग्यता नपुगेको व्यक्तिलाई महान्यायाधिवक्ता नियुक्त गरिएको दाबी सहित दायर भएको रिट निवेदनको प्रारम्भिक सुनुवाइपछि सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको जानकारी दिए । न्यायाधीश कुमार रेग्मीको इजलासले महान्यायाधिवक्ता […]

भारतीय तीर्थयात्री बोकेर स्वर्गद्वारी जाँदै गरेको जिप दुर्घटना, एकको मृत्यु, २१ जना घाइते

प्युठान । प्युठानको स्वर्गद्वारी नगरपालिका–४ टाकुरामा भारतीय तीर्थयात्री सवार जिप दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ। भिङ्ग्रीबाट स्वर्गद्वारी तर्फ जाँदै गरेको लु १ ज ३१७५ नम्बरको मुस्ताङ जिप अनियन्त्रित भई दुर्घटना भएको हो । मृतकको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। दुर्घटनामा २१ जना घाइते भएका छन्, जसमा ५ जना बालबालिका छन् । […]

रवि लामिछानेको मुद्दाको सुनुवाइ स्थगित

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि विभिन्न जिल्ला अदालतमा विचाराधीन मुद्दाको आरोप पत्र संशोधन सम्बन्धी निर्णयविरुद्ध परेको रिट निवेदन सुनुवाइ स्थगित भएको छ । रिट निवेदनको सुनुवाइका लागि आज पेसी तोकिएकोमा सरकारी वकिलले स्थगित गराएका हुन् । सहकारी ठगीसँगै सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुर जोडिएको मुद्दा संशोधन गर्ने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्धको […]