सुनको मूल्य घट्यो, आज कतिमा हुँदै छ कारोबार ?

काठमाडौँ। नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ हजार ८०० रुपैयाँले घटेको छ । महासंघका अनुसार छापावाल सुनको मूल्य आज प्रतितोला २ लाख ९८ हजार ७०० रुपैयाँ कायम भएको हो। बुधबार सुन प्रतितोला ३ लाख ५०० रुपैयाँमा कारोबार भएको थियो […]

सुकुमवासी बस्ती हटाउने निर्देशन बालेनको ‘अपरिपक्वता’ र रास्वपाको ‘राजनीतिक बेइमानी’ : रक्षा बम

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले अतिक्रमित सुकुमवासी बस्तीहरू खाली गर्न सुरक्षा निकायका प्रमुखहरूलाई दिएको निर्देशनप्रति जेनजी अगुवा रक्षा बमले कडा विरोध जनाएकी छन् । यो प्रधानमन्त्री बालेनको ‘अपरिपक्वता’ मात्र नभई जनताप्रति सिंगो रास्वपाको ‘राजनीतिक बेइमानी’ भएको टिप्पणी उनले गरेकी छन् । बालेनले बुधबार सुरक्षा निकायका प्रमुखहरुलाई बोलाएर सुकुमवासी बस्ती खाली गर्न निर्देशन दिएका थिए । […]

पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी तीन प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

काठमाडौँ । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागलगायत बाँकी हिमाली भूभागमा साधरणतया बादल लाग्ने छ । आज दिउँसो देशका हिमाली भूभागमा साधरणतया बादल लाग्ने, पहाडी भूभाग आंशिक बादल लाग्ने र तराई भूभागमा मौसम मुख्यतया सफा […]

थापाथली क्षेत्रको सुकुमबासी बस्ती खाली गर्न सुरक्षा प्रमुखहरूलाई प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले थापाथली क्षेत्रको सुकुमबासी बस्ती खाली गराउन सुरक्षा प्रमुखहरूलाई निर्देशन दिएका छन् । बुधबार आईजीपी दान बहादुर कार्की र सशस्त्र प्रहरीका आईजी राजु अर्यालसहितका उच्च सुरक्षा अधिकृतहरूलाई बोलाएर शाहले सो निर्देशन दिएका हुन्। आउँदो शनिबार र आइतबार सम्ममा बागमति खोला किनारको बस्ती खाली गराउन प्रधानमन्त्रीबाट निर्देशन प्राप्त भएको छलफलमा सहभागी […]

राष्ट्रपतिद्वारा संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गरेका छन्। मन्त्रिपरिषदको वैशाख ८ गतेको निर्णयअनुसार राष्ट्रपति पौडेलले प्रतिनिधि सभा र राष्ट्रिय सभाको अधिवेशन आह्वान गरेका हुन्। वैशाख १७ गते दिउँसो २ बजेका लागि बैठक आह्वान भएको छ।

दीपक भट्ट र सुलभ अग्रवाललाई ७ दिन म्याद थप

काठमाडौँ । सम्पत्ति शुद्धीकरण अनुसन्धानमा रहेका व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाललाई ७ दिन हिरासतमा राख्न म्याद थप भएको छ। बुधबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश तिलकबहादुर कार्कीको इजलासले उनीहरूलाई सात दिन हिरासतमा राख्न म्याद थपेको हो।उनीहरुलाई विभागले ३० दिन हिरासतमा राख्न समय माग गरेको थियो। विभागले उनीहरूको अनुसन्धान अन्तिम चरणमा पुगेको, सम्पत्ति शुद्धीकरणको कसुरमा जोडिएको […]

स्ट्रेट अफ होर्मुजमा जहाजमाथि गोली प्रहार

तेहरान । इरानले स्ट्रेट अफ होर्मुजमा जहाजमाथि गोली प्रहार गरेको छ । यूके मेरिटाइम ट्रेड अपरेसन (यूकेएमटीओ) का अनुसार इस्लामिक रिभोलुशनरी गार्ड कप्र्स (आईआरजीसी) को ‘गन बोट’ ले स्ट्रेट अफ होर्मुज भएर गइरहेको एउटा कन्टेनर जहाजमाथि गोली प्रहार गरेको हो । रोयल नेभीको नेतृत्वमा सञ्चालित यूकेएमटीओले जनाएको अनुसार उक्त घटना ओमानको उत्तर–पूर्वतर्फ करिब १५ नटिकल […]

५ वर्षसम्म कैद सजाय माग गर्दै दुर्गा प्रसाईँविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर

काठमाडौँ । मेडिकल व्यवसायी तथा दुर्गा प्रसाद प्रसाईँविरुद्ध विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन अन्तर्गतको कसुरमा काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरिएको छ । जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौँले प्रसाईँलाई विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ को उपदफा (१) बमोजिम सजाय गर्न माग गरेको छ । उक्त दफामा कसुरदारलाई १ लाख रुपैयाँसम्म जरिवाना वा ५ वर्षसम्म […]

सार्वजनिक यातायातमा विद्यार्थीलाई ४५ प्रतिशत छुट दिन सरकारको निर्देशन

काठमाडौँ । सरकारले सार्वजनिक यातायातमा विद्यार्थीहरूलाई कानुन बमोजिम प्रदान गरिँदै आएको ४५ प्रतिशत भाडा छुट सुविधालाई अनिवार्य रूपमा कार्यान्वयन गर्न निर्देशन दिएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको यातायात व्यवस्था विभागले यातायात व्यवसायीलाई पत्राचार गर्दै यस्तो निर्देशन दिएको हो। विभागका अनुसार २०६५ फागुन २० गते सरकार र यातायात व्यवसायीबिच भएको निर्णय बमोजिम विद्यार्थीहरूले सवारी […]

पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी तीन प्रदेशमा मध्यम वर्षाको सम्भावना

काठमाडौँ । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशको हिमाली भूभागमा साधरणतया बादल लागेको छ । कोशी प्रदेशको पहाडी भूभागमा आंशिक बादल लागेको छ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागमा साधरणतया बादल लाग्नेछ । […]