धनगढी। कैलालीमा खोलामा डुबेर चार जनाको मृत्यु भएको छ। बिहीबार दिउँसो करिब २ बजेतिर गोदावरी नगरपालिका-९ खुटिया खोलामा चार जना किशोरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी राजकुमार सिंहले जानकारी दिए। पौडी खेल्न गएका किशोरहरूको शव फेला परेको हो। मृतक अन्दाजी १७ वर्षीय सक्षम जोशी, १५ वर्षीय देव भण्डारी, १७ वर्षीय जावेज भण्डारी र […]
समाज
बिहीबार सुन प्रतितोला ४ सयले बढेर उच्च मूल्यमा पुग्यो, चाँदी पनि महँगियो
काठमाडौँ । स्थानीय बजारमा सुनको मूल्य थप बढेको छ। अघिल्लो दिनको तुलनामा आज सुन प्रतितोला चार सय रूपैयाँले वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। महासंघका अनुसार बिहीबार सुन प्रतितोला एक लाख ९९ हजार चार सय रूपैयाँमा कारोबार भइरहेको छ। बुधबार सुन प्रतितोला एक लाख ९९ हजार रूपैयाँमा कारोबार भएको थियो। सुनको मूल्य ऐतिहासिक […]
आज देशका यी नदीमा बाढीको जोखिम उच्च
काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले आजका लागि बाढी पूर्वानुमान बुलेटिन जारी गर्दै प्रमुख नदीहरूमा जलस्तर उल्लेख्य बढ्ने तथा केही नदीहरूमा आकस्मिक बाढीको सम्भावना रहेको जनाएको छ। आज बिहानको मापन अनुसार कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली र यीनका सहायक नदीहरू तथा कन्काई, कमला, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई नदीको बहाव […]
धादिङको थाक्रेमा लेदोसहितको पहिरो, पृथ्वी राजमार्ग दुईतर्फी अवरुद्ध
काठमाडौँ । धादिङको थाक्रे गाउँपालिका वडा नम्बर–७ स्थित सातकिल्लामा लेदोसहितको पहिरो खसेको छ । बुधवार राति खसेको पहिरोका कारण पृथ्वी राजमार्ग दुईतर्फी अवरुद्ध भएको छ । काठमाडौँबाट मुग्लिन तर्फ जाँदै गरेका सवारी साधनलाई खानीखोलामा रोकिएका छन् । जेसीबीको सहयोगमा लेदो पन्छाउने काम भइरहेको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय चितवनका एसपी नरेश सुवेदीले बताए ।
रुबी साहको हत्या आरोपमा पक्राउ परेका पासवानको मृत्यु
काठमाडौँ । रौतहटमा बन्द सुटकेसभित्र मृत भेटिएकी रुबी साहको हत्या आरोपी लक्ष्मण पासवानको मृत्यु भएको छ । जलेको अवस्थामा भेटिएका पासवानलाई उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पताल ल्याइएको थियो । उनको उपचारको क्रममा बुधबार मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी कुलदीप चन्दले बताए । पासवान रौतहटको माधवनारायण नगरपालिका–६ माधोपुरबाट पश्चिमतर्फको बगैंचा हुँदै बिसुनपुरवा–मानपुर जाने बाटोमा […]
बारामा पनि एक जनामा हैजा संक्रमण पुष्टि
काठमाडौं । बारामा पनि एक जनामा हैजाको संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय बाराका प्रमुख रामनरेश यादवका अनुसार कलैया अस्पतालमा उपचाररत एक जना झाडापखालका बिरामीमा बुधबार हैजा संक्रमण पुष्टि भएको हो । उनी कलैया कलैया नगरपालिका-१८ पचौराका करिब ५५ वर्षीय पुरुष हुन् । उनी हैजाको प्रकोप फैलिएको छिमेकी जिल्ला पर्साको वीरगञ्जमा काम गर्दै […]
आत्मदाह प्रयासअघि पासवानले भिडियोमार्फत स्वीकारे रुबीकाे हत्या आरोप, भिडिओसहित
रौतहट । रुबी साह हत्या प्रकरणमा संलग्न भनिएका प्रमुख आरोपी लक्ष्मण पासवानले आत्मदाह प्रयास गर्नुअघि रेकर्ड गरेको करिब १० मिनेट लामो भिडियो सन्देश सार्वजनिक भएको छ। भिडियोमा उनले रुबीको हत्या आफूले गरेको स्वीकार गरेका छन् भने घटनाको प्रमुख दोषी रुबीकी आमा भएको आरोप लगाएका छन् । माधव नारायण नगरपालिका–६ स्थित खेतमा जलेको अवस्थामा फेला परेका […]
छात्रालाई दुर्व्यवहार गर्ने शिक्षकलाई कुट्ने वडाध्यक्ष प्रहरी नियन्त्रणमा
बारा । प्रसौनी गाउँपालिका–६ का वडाध्यक्ष बृजकिशोर कुशवाहाले एक शिक्षकलाई बन्धक बनाएर कुटपिट गरेको भिडियो सार्वजनिक भएको छ । पर्सा बहुदरमाई घर भई हाल प्रसौनी–६ बेलहिया बस्दै आएका शिक्षक नागेश्वर यादवलाई वडाध्यक्ष कुशवाहाको समूहले वडा कार्यालयमा पाता फर्काई हाता बाँधेर कुटपिट गरेको भिडियोमा देखिन्छ । शिक्षक यादव स्थानीय एक कोचिङ सेन्टरका सञ्चालक समेत हुन् । […]
वीरगञ्जमा हैजाबाट सङ्क्रमित हुनेको सङ्ख्या ९३ पुग्यो
वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरमा सोमबार साँझसम्म हैजाबाट सङ्क्रमित हुनेको सङ्ख्या ९३ पुगेको छ । महानगरमा हैजा रोकथाम र नियन्त्रणका लागि केन्द्र, प्रदेश र स्थानीय गरी तीनवटै सरकारले अधिकतम प्रयास जारी राखे पनि हैजा सङ्क्रमतिको सङ्ख्या घटेको छैन । आइतबार बेलुकासम्म ७१ जनामा हैजाको सङ्क्रमण पुष्टि भएको थियो । स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत जयमोद […]
आज हरितालिका तीज, महादेवको पूजाआराधना गरी मनाइँदै
काठमाडौं। भाद्र शुक्ल तृतीयाका दिन पर्ने हरितालिका (तीज) पर्व आज महादेवको पूजाआराधना गरी मनाइँदैछ। यस दिन व्रत बसेर शिव–पार्वतीको पूजा गर्दा पारिवारिक सुख, शान्ति र कल्याण प्राप्त हुने विश्वास छ। सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर श्री महादेव पति पाउने वरदान पाएको विश्वासमा यो व्रत सुरु भएको पौराणिक मान्यता छ। त्यसै दिनदेखि हरितालिका […]









