काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले विश्वविद्यालय र स्वास्थ्य शैक्षिक संस्थाहरूमा दलीय विद्यार्थी र कर्मचारी संगठनका संरचना तत्काल हटाउने निर्णय कुनै पनि हालतमा कार्यान्वयन गर्न विश्वविद्यालय र प्रतिष्ठानका उपलकुलपतिहरुलाई निर्देशन दिएका छन् । उनले विश्वविद्यालय र प्रतिष्ठानहरूमा कुनै पनि बहानामा राजनीति गर्न नहुने अडान लिँदै दलीय विद्यार्थी र कर्मचारी संगठनका संरचना हटाउन उपकुलपतिहरुलाई सोमबार निर्देशन दिएका […]
समाज
गृहमन्त्रीमाथि तुरून्त छानबिन गर्न नेपाली कांग्रेसको माग
काठमाडौँ । नेपाली कांग्रेसले गृहमन्त्री सुधन गुरूङमाथि तत्काल छानबिन गर्न माग गरेको छ। गृहमन्त्रीमाथि लागेका सबै आरोपहरूको स्वतन्त्र, निष्पक्ष र उच्चस्तरीय छानबिन प्रक्रिया सुरू गर्न कांग्रेसले सरकारलाई आग्रह गरेको हो। आज प्रवक्ता देवराज चालिसेले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘नेपाली कांग्रेस सरकारसमक्ष स्पष्ट माग गर्दछ— गृहमन्त्रीसँग सम्बन्धित सम्पूर्ण आरोपहरूको स्वतन्त्र, निष्पक्ष र उच्चस्तरीय छानबिन प्रक्रिया तुरून्त […]
भिसामा ‘रोजगार निषेध’ लेख्ने दुई अध्यागमन अधिकृत कारवाहीमा
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका दुई जना अध्यागमन अधिकृत जिम्मेवारीबाट हटाइएका छन्। कानुन र विभागीय निर्णय बाहिर गएर गैरकानुनी अभ्यास गरेको भन्दै दुई जना अधिकृतलाई कार्यालयबाट हटाइएको अध्यागमन विभागका निर्देशक एवं प्रवक्ता टीकाराम ढकालले जानकारी दिए। ती दुई अधिकृतले युएई जान लागेका नेपाली नागरिकको प्रस्थान छापसँगै ‘रोजगार निषेध’ भ्रमण मिति सन् २०२६/६/१० सम्म’ […]
सुनचाँदीको भाउ घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
काठमाडौं । सोमबार सुनचाँदीको भाउ घटेको छ । सुनको भाउ प्रतितोला १ हजार ३ सय रुपैयाँ र चाँदी ३५ रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस दिनका लागि महासंघले सुनको भाउ प्रतितोला २ लाख ९९ हजार ७ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन ३ लाख १ हजार रुपैयाँमा कारोबार भएको थियो […]
अमेरिकाको लुजियानामा आफ्नै सन्तानसहित ८ बालबालिकाको गोली हानेर हत्या
एजेन्सी । अमेरिकाको लुजियानाका एक व्यक्तिले आइतबार बिहान आफ्ना ७ छोराछोरी सहित आठ बालबालिकाको गोली हानी हत्या गरेका छन्। ३१ वर्षीय शमार एल्किन्सले श्रीभपोर्टमा एउटै घरमा तीन बालक र पाँच बालिक सहित आठजनाको हत्या गरेको स्थानीय अधिकारीहरूको हवाला दिंदै द एसोसिएटेड प्रेसले लेखेको छ। मृतकहरू सबैको उमेर ३ देखि ११ वर्षको बीचमा थियो। घटनामा एल्किन्सले दुई […]
सरकारले नै सुकुम्बासी बनाएर गाँसबास खोस्न खोजेको भन्दै जेनजी फ्रन्टले जनायो आपत्ति
काठमाडौँ । पछिल्लो केही दिनयता नेपालका विभिन्न शहरमा ’अनधिकृत संरचना’ खाली गराउने नाममा नागरिकको आवास र अपाङ्गता भएका व्यक्ति समेतको जीउज्यानमाथि अमानवीय, क्रुर र बर्बर दमन भएको भन्दै जेनजी फ्रन्टले आपत्ति जनाएको छ। सोमबार विज्ञप्ति जारी गर्दै फ्रन्टले जुनसुकै बहानामा पनि नागरिकको आधारभूत आवश्यकता र जीविकोपार्जनको हकलाई कुण्ठित गरिनु कुनै पनि लोकतान्त्रिक राज्यका लागि सह्य […]
वैदेशिक अध्ययनमा जाने विद्यार्थीले अब घरबाटै नो अब्जेक्सन लेटर लिन सक्ने
काठमाडौँ । वैदेशिक अध्ययनमा जाने विद्यार्थीले अब घरबाटै वैदेशिक अध्ययन अनुमतिपत्र ‘नो अब्जेक्सन सर्टिफिकेट’ (एनओसी) लिन सक्ने भएका छन्। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको सानोठिमीस्थित एनओसी शाखाले एनओसी सर्टिफिकेटलाई फेसलेस बनाउन एनओसी अनलाइन पोर्टल र त्रिभुवन विश्वविद्यालय (त्रिवि) तथा काठमाडौं विश्वविद्यालय(केयू)बीच एपिआई गर्ने कार्य सम्पन्न गरेको हो। उक्त प्रयोजनका लागि यही वैशाख ४ गते […]
वैशाख १५ गतेदेखि जिल्ला अधिवेशन सुरु गर्ने रास्वपाको निर्णय
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले वैशाख १५ गतेदेखि जिल्ला अधिवेशन सुरु गर्ने निर्णय गरेको छ । आइतबार केन्द्रीय कार्यालय घण्टी घरमा बसेको सचिवालय बैठकले जिल्ला अधिवेशन गर्ने निर्णय गरेको हो । यसअघि सङ्गठन विभागको बैठकले अधिवेशनको कार्यतालिका तय गरेको थियो ।
आज र भोलि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
काठमाडौँ । सरकारले आज आइतबार र भोलि सोमबार देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ खुवाउँदै छ। राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दुई दिन भिटामिन ‘ए’सँगै जुकाको औषधि पनि खुवाउन थालिएको स्वास्थ्य सेवा विभागको पोषण शाखा प्रमुख लिलाविक्रम थापाले जानकारी दिए। उनका अनुसार कार्यक्रमअन्तर्गत ६ महिनादेखि ५९ महिनाका करिब २२ लाख बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल […]
बर्दियामा एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु
नेपालगन्ज । बर्दियामा एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु भएको छ । घटनामा दुई जना घाइते भएका छन् । बाँकेको कोहलपुरबाट बर्दियाको राजापुरतर्फ जाँदै गरेको लुम्बनी प्रदेश बिएए ०३०५ नम्बरको एम्बुलेन्सले आज बिहान गुलरिया नगरपालिका–७ स्थित तुलापुरमा ठक्कर दिँदा गुलरिया नगरपालिका–५ का ५५ वर्षीय भूमि लामिछाने र उनका करिब सात वर्षीय नाति रिहान्सको मृत्यु […]











