काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले रुपन्देही–३ मा आफ्नै उम्मेदवार उठाउने भएको छ । कात्तिक १७ मा हुने उपनिर्वाचनमा अन्य दलसँग चुनावी गठबन्धन नगर्ने माओवादी केन्द्रले जनाएको छ । माओवादी केन्द्रका रुपन्देही संयोजक निर्मल जिसीले अन्य दलको उम्मेदवारलाई समर्थन नगर्ने जानकारी गराए । साथै अन्य दललाई समर्थन नगर्ने माओवादी केन्द्रको बटमलाइन रहेको जिसीले बताए […]
समाज
इजलास नतोकिँदा मैना सुनुवार हत्या मुद्दाको निर्णय सुनाउने पेसी स्थगित
काठमाडौँ । सशस्त्र द्वन्द्वकालमा नेपाली सेनाबाट हत्या गरिएकी काभ्रेकी मैना सुनुवारको हत्या मुद्दाको निर्णय सुनाउने (निसु)मा राखिएको पेसी स्थगित सूचीमा राखिएको छ । सर्वोच्चका न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र टेकप्रसाद ढुङ्गानाको संयुक्त इजलासमा सुनुवाइ सकिएसँगै भदौ ८ गतेलाई निर्णय सुनाउने मिति (निसु)राखिएको थियो । तर, आज यो मुद्दाको सुनुवाइका लागि इजलास नतोकिँदा मुद्दा स्थगित सूचीमा राखिएको […]
रौतहटमा सुटकेशभित्र भेटिएकी महिलाको पहिचान खुल्यो
रौतहटको सदरमुकाम गौर–सिर्सिया सडकखण्ड अन्तर्गत मुडवलवा रोड नजिक सुटकेशभित्र फेला परेको शवको परिचय खुलेको छ। प्रहरीका अनुसार शव ३० वर्षीया रुबी देवी साहको हो। स्थायी ठेगाना(माइतीको) माधवनारायण–६ मधोपु र घर भारतको बिहार मुजफ्फरपुर भए पनि उनी हाल गौर–२, महादेवपाट्टीमा डेरा गरी बस्दै आएकी थिइन्। मृतक रुबीको चार वर्षको एक छोरा रहेको प्रहरीले जनाएको छ। प्रहरीले […]
आज थारू समुदायको अटवारी पर्व, लुम्बिनीका ६ जिल्लामा सार्वजनिक बिदा
दाङ । पश्चिम तराईका थारू समुदायले आज विविध सांस्कृतिक कार्यक्रमसहित अटवारी पर्व मनाइरहेका छन्। यो पर्व कुशे औँसीपछिको पहिलो आइतबार दाजुभाइले दिदीबहिनीको सौभाग्यका लागि व्रत बसेर मनाउने परम्परा छ। थारू अगुवा सरस्वती चौधरीका अनुसार अटवारी तिजजस्तै महत्त्वपूर्ण पर्व हो। दाजुभाइले पानीसमेत नखाई व्रत बस्ने, रोटी, दही, फलफूललगायत परिकार देवतालाई चढाउने र दिदीबहिनीका लागि अग्रासन छुट्याएर […]
भारतको धर्मस्थलमा सयौँ महिलाको शव गाडेको दाबी गर्ने व्यक्ति पक्राउ
कनार्टक । भारतको दक्षिणी राज्य कर्नाटकको धार्मिक सहर धर्मस्थलमा हालै एक व्यक्तिले गरेको सनसनीपूर्ण दाबीपछि ठुलो हङ्गामा भएको छ। उनले विगतमा सयौँ महिलाहरूलाई बलात्कारपछि हत्या गरी आफूलाई जबरजस्ती गाड्न लगाइएको आरोप लगाएका थिए। धर्मस्थल, जहाँ शताब्दीयौँ पुरानो मञ्जुनाथ स्वामी मन्दिर रहेको छ, दैनिक हजारौँ भक्तजनहरूको आस्थाको केन्द्र हो। यही सहरमा यस्तो दाबी सार्वजनिक भएपछि स्थानीय […]
आजको मौसम : यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौँ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। साथै, बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावाको प्रभाव रहेकोले मनसुन गतिविधि केही बढ्ने देखिन्छ । जसको प्रभावले हाल देशका पहाडी भूभागमा साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहेको छ। बागमती प्रदेशका थोरै स्थानहरू तथा गण्डकी प्रदेश र कर्णाली प्रदेशका […]
विपिन जोशीकी आमा र बहिनीले भेटे प्रधानमन्त्री ओली
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग हमासको कब्जामा रहेका विपिन जोशीकी आमा पद्मा र बहिनी पुष्पाले भेट गरेका छन् । हालै इजरायलबाट फर्केका उनीहरूले शनिबार प्रधानमन्त्रीसँग भेट गरेका हुन् । दुबै जना विपिनको सकुशल रिहाइको पहल गर्ने सिलसिलामा नेपाली दूतावासको समन्वयमा इजरायली राष्ट्रपति र त्यहाँको संसदका अध्यक्षसँग भेटेर फकिएका हुन् । शनिबारको भेटपछि प्रधानमन्त्रीले विपिनको […]
भूमि विधेयकविरुद्ध जसपा नेपालद्वारा देशव्यापी विरोध प्रदर्शनको घोषणा
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारले ल्याउन लागेको भूमि सम्बन्धी विधेयकलाई मुलुक र जनताको हित विपरीत रहेको भन्दै कडा प्रतिकार गर्ने घोषणा गरेको छ । जसपाले उक्त विधेयक भू–माफिया र जग्गा दलालको हितमा मात्र हुने, वन–जंगल विनाश गरी तराई/मधेशलाई मरुभूमिकरणतर्फ धकेल्ने खालको रहेको आरोप लगाएको हो । संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत […]
आज कुशे औँसी, बाबुको मुख हेर्ने दिन
काठमाडौं । प्रत्येक वर्ष भाद्रकृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर–घरमा भित्र्याएर मनाउँदैछन् । शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर यजमानकहाँ पुर्याइएकाे कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ । आजका दिन उखेलिएको कुश वर्षभर प्रयोग गर्न सकिने र अरु […]
तुइन खोलानजिक खस्यो ढुंगासहितको पहिरो, नारायणगढ–मुग्लिन सडक अवरूद्ध
काठमाडौँ । सुख्खा पहिरोका कारण नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ। आज बिहान ६:३५ बजेको समयमा इच्छाकामना गाउँपालिका–५ तुइनखोलामा चट्टानसहितको सुक्खा पहिरो खस्दा सडकखण्ड दुइतर्फी अवरुद्ध भएको हो। सडक सुचारुका लागि इलाका प्रहरी कार्यालय मुग्लिनको विपद् व्यवस्थापन टोली खटिएको प्रहरी निरीक्षक प्रतीक सिंहले जानकारी दिए।उनका अनुसार एक्स्काभेटर प्रयोग गरेर पहिरो पन्छाउने काम सुरु भएको छ। पहिरोका […]











