संखुवासभामा भूकम्पको धक्का

संखुवासभा । पूर्वी नेपालको संखुवासभामा भूकम्पको धक्का महसुस भएको छ । शुक्रबार राति ११ः१५ बाजे मघाङ केन्द्रबिन्दु भएर ४ दशमलव ४ म्याग्निच्यूडको भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार पूर्वी नेपालका केही जिल्लामा भूकम्पको धक्का महसुस गरिएको थियो । भूकम्पबाट कुनै क्षति भए नभएको बारेमा कुनै विवरण प्राप्त हुन सकेको छैन […]

सक्कलीजस्तै देखिने नक्कली’ हतियार राख्ने पक्राउ

काठमाडौं । काठमाडौंको सुन्धारास्थित सिभिल मलको एउटा खेलौना पसलमा प्रहरीले खानतलासी गरेको छ। बिहीबार प्रहरी वृत्त जनसेवाको टोलीले सिभिल मलको पाँचौं तलामा रहेको द टोय स्टोरमा खानतलासी गरेको हो। काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी अपिलराज बोहराका अनुसार उक्त स्टोरमा सक्कलीजस्तै देखिने नक्कली हतियार बेचबिखन भइरहेको भन्ने सूचनाका आधारमा प्रहरीले खानतलासी लिएको थियो। उक्त टोय स्टोर धादिङको […]

आजको मौसम : यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशका पहाडी भूभागमा साधरणतया बदली र बाँकी भूभागमा आंशिक बदली रहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरू तथा मधेस प्रदेश र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मध्यम वर्षा भइरहेको छ । आज […]

शिक्षा विधेयकको बिरोध गर्दै निजी विद्यालयका सञ्चालक र प्रिन्सिपल सडकमा

काठमाडौं । विद्यालय शिक्षा विधेयकको प्रतिवेदनमा आफूहरूका माग समावेश नगरिएको भन्दै निजी विद्यालयका सञ्चालक र प्रिन्सिपलले बिहीबार माइतीघरमा विरोध प्रदर्शन गरेका छन् । उनीहरूले माइतीघर मण्डलमा कालो ब्यानरसहित प्रदर्शन गरेका हुन् । विद्यालयका सञ्चालक र प्रिन्सिपलहरू आ-आफ्ना ब्यानर सडकमा राखेर प्रदर्शनमा उत्रिए । यस्ता छन् निजी विद्यालय सञ्चालकहरूको माग (१) “पूर्ण छात्रवृत्ति” भन्ने शब्द हटाइनु […]

गण्डकीका सबै अस्पताल व्यवस्थापन समिति खारेज, समितिमा बस्न योग्यता चाहिने

पोखरा । गण्डकी प्रदेश सरकारले आफू मातहतका अस्पतालहरूको व्यवस्थापन समिति खारेज गरेको छ । मंगलबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले यसअघिका सबै गठन आदेश अनुसार गठन भएका अस्पताल व्यवस्थापन समिति खारेज गर्दै नयाँ गठन आदेश जारी गरेको हो । गण्डकी प्रदेश मातहत १४ अस्पताल र २ आयुर्वेद अस्पताल छन् । नयाँ गठन आदेश अनुसार एक सय […]

दक्षिणतर्फ सर्‍यो मनसुनको न्यून चापीय रेखा, आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिण तर्फ अवस्थित रहेकोले नेपालमा मनसुन कमजोर रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले कोशी प्रदेशको पहाडी भूभाग, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधरणतया बदली रही बाँकी भूभागमा मुख्यतया सफा देखि आंशिक बदली रहेको छ। बागमती प्रदेशका पहाडी भूभागका केही स्थानहरूमा मध्यम वर्षा तथा […]

सामाजिक सुरक्षा कोषको अनलाइन सेवा आज र भोलि अवरुद्ध हुने

काठमाडौँ । सामाजिक सुरक्षा कोषले आफ्नो अनलाइन प्रणालीबाट प्रदान हुने सम्पूर्ण सेवाहरू दुई दिन अवरुद्ध हुने जनाएको छ। कोषले सूचना प्रणालीको परीक्षण गर्न लागेकाले आउँदो आज र भोलि तोकिएको समयमा सेवा बन्द रहने भएको हो। कोषले एक सूचना प्रकाशित गर्दै आज दिउँसो ३ बजेदेखि साँझ ६ बजेसम्म र शुक्रबार दिउँसो २ बजेदेखि साँझ ५ बजेसम्म […]

‘पूर्ण छात्रवृत्ति’ हटाइनुपर्ने लगायत ५ बुँदे मागसहित निजी विद्यालय सञ्चालकद्वारा आन्दोलन घोषणा

काठमाडौँ । विद्यालय शिक्षा सम्बन्धी विधेयक–२०८० संसदको शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिमा अन्तिम छलफलमा पुगेको बेला निजी विद्यालय सञ्चालक संगठनहरू नेशनल प्याब्सन र प्याब्सनले संयुक्त रूपमा आन्दोलन घोषणा गरेका छन्। बुधबार राजधानीमा संयुक्त पत्रकार सम्मेलन गर्दै दुवै निजी विद्यालय सञ्चालक संस्थाले ५ बुँदे माग अघि सार्दै आन्दोलनको घोषणा गरेका हुन् । उनीहरूले आफूहरूको अस्तित्व र […]

मिर्गौला रोगसँग लडिरहेका फिनल्याण्डका सांसदले संसदभित्रै त्यागे प्राण

काठमाडौं । फिनल्याण्डको संसदमा ३० वर्षीय सांसद इमेली पेल्टोननले संसदभित्रै प्राण त्यागे गरेका छन् । उनले आफ्नो ज्यान आफै लिएको बताइएको छ । उनी सोसल डेमोक्रेटिक पार्टी (एसडीपी) का सांसद थिए । पेल्टोननले आफ्नो अन्तिम इन्स्टाग्राम पोस्टमा आफू मिर्गौला रोगसँग संघर्ष गरिरहेको उल्लेख गरेका थिए । त्यसपछि अर्को रोगसमेत देखिएपछि उनलाई संसदीय कामबाट बिदा लिनु […]

आज देशका यी नदीमा छ आकस्मिक बाढीको जोखिम

काठमाडौँ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिण तर्फ अवस्थित रहेकोले नेपालमा मनसुन केही कमजोर रहेको छ। तथापि, बंगालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रने क्रम रहिरहेको छ। कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश लगायत देशको पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहेको छ। गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका […]