काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले वैशाख १५ गतेदेखि जिल्ला अधिवेशन सुरु गर्ने निर्णय गरेको छ ।
आइतबार केन्द्रीय कार्यालय घण्टी घरमा बसेको सचिवालय बैठकले जिल्ला अधिवेशन गर्ने निर्णय गरेको हो ।
यसअघि सङ्गठन विभागको बैठकले अधिवेशनको कार्यतालिका तय गरेको थियो ।







