काठमाडौँ । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत देशको हिमाली र पहाडी भूभागमा साधरणतया बादल लागेको छ। सुदूरपश्चिम प्रदेशको तराई भूभागमा मौसम मूख्यतया सफा रहेको छ। आज दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेश लगायत देशको […]
समाज
मनोहराको सुकुमबासी बस्तीमा डोजरमाथि ढुंगामुढा, भोलि मात्रै बस्ति खाली गरिने
काठमाडौँ । भक्तपुरको मनोहरास्थित सुकुमबासी बस्ती खाली गर्न गएको डोजरमा बस्तीका स्थानीयले ढुंगामुढा गरेका छन् । शनिबार साँझ पुगेको डोजरलाई स्थानीयले ढुंगा प्रहार गरेपछि केहीबेर तनावको स्थिति भएको नगर प्रहरीले जनाएको छ । ‘आजलाई केही तनाव भयो, भोलि बिहानैबाट डोजर चलाउँछौँ । आज सुरु मात्रै गर्न खोजेका थियौँ । काम त भोलि नै गर्ने हो,’ फिल्डमा […]
५६ दिनपछि खुल्यो इरानको खुमेनी विमानस्थल, सुचारू भए अन्तर्राष्ट्रिय उडान
काठमाडौं । अमेरिका र इजरायलको हमलाका कारण झन्डै दुई महिनादेखि बन्द रहेको इरानको हवाई सेवा फेरि सुचारू भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविराम सम्झौता अवधि बढाएको घोषणा गरेसँगै शनिबार इरानबाट अन्तर्राष्ट्रिय उडान पनि सुचारू भएका छन् । बीबीसीका अनुसार इरानको राजधानी तेहरानमा रहेको इमाम खुमेनी अन्तर्राष्ट्रिय विमानस्थलबाट शनिबार बिहानैदेखि अन्तर्राष्ट्रिय उडान भएका छन् […]
धमाधम बस्ती खालि गर्दै मनोहराका सुकुमवासी
भक्तपुर । भक्तपुरको मनोहरास्थित सुकुमवासी बस्तीका बासिन्दा बस्ती खाली गर्न थालेका छन् । सार्वजनिक र व्यक्तिको जग्गा अतिक्रमण गरेर बनाइएका संरचना खाली गराउन थालेपछि मध्यपुरथिमि नगरपालिका–१ लोकन्थलीस्थित मनोहरा खोला किनाराका सुकुमवासीले बस्ती छाडेका हुन् । सरकारको सुकुमवासी बस्ती खाली गराउने अभियानप्रति पूर्ण समर्थन गर्दै यहाँका ७७७ परिवारले बस्ती छाड्न थालेका हुन् । जिल्ला प्रहरी परिसर […]
गैरीगाउँको सुकुमवासी बस्ती खाली गराएर सिनामंगलतिर लाग्यो डोजर
काठमाडौं । काठमाडौँ महानगरपालिका–९ स्थित गैरीगाउँको सुकुमबासी बस्ती पनि खाली गरिएको छ । गैरीगाउँमा अतिक्रमण गरी निर्माण गरिएका घरटहरा हटाएको हो । उक्त टोली अहिले सिनामङ्गलस्थित सुकुमबासी बस्ती हटाउनका लागि त्यसतर्फ गएको छ । नेपाल सरकारको निर्देशनअनुसार अतिक्रमण गरी निर्माण गरिएका संरचना तथा बस्ती भत्काउने अभियान आज बिहानदेखि तीव्र बनाइएको हो । आज दिउँसोदेखि सुरु […]
आईसीसी विश्वकप लिग २ क्रिकेट : बलिङ चम्किँदा यूएईमाथि नेपालको जित
काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत जारी घरेलु सिरिजको पहिलो खेलमा नेपालले युएईमाथि ३७ रनको जित निकालेको छ । नेपालले दिएको २०१ रनको लक्ष्य पछ्याएको यूएई ४८ ओभर २ बलमा १६३ रनमा समेटियो । युएईका लागि हर्पित सिंह भाटियाले सर्वाधिक ३९ रन बनाए । आर्यंश शर्मा १८, अदीब उसमानी १, मोहम्मद शाहदाद २, अक्षदीप […]
अमेरिका र इरान शान्ति वार्ताका लागि ट्रम्पका विशेष दूत विटकोफसहितको टोली पाकिस्तान पुग्दै
काठमाडौँ । अमेरिका र इरानबीचको द्वन्द्व समानधानका लागि पाकिस्तानको मध्यस्थतामा इस्लामावादमा फेरि शान्ति वार्ताको तयारी गरिएको छ । वार्ताका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विटकोफ र ट्रम्पका ज्वाइँ तथा सल्लाहकार जेरेड कुश्नर शनिबार बिहान पाकिस्तान प्रस्थान गरेको ह्वाइट हाउसले जनाएको छ । इरानी विदेशमन्त्री अब्बास अराघचीसहितको टोली भने शुक्रबार नै इस्लामावाद पुगिसकेका […]
तत्कालका लागि सुकुम्बासीलाई यी ५ स्थानमा राखिँदै, होल्डिङ सेन्टरहरू तयार
काठमाडौं। काठमाडौंको नदी किनारामा बसोबास गर्दै आएका भूमिहीन सुकुम्बासीलाई सरकारले होल्डिङ सेन्टरहरू तयार पारेको छ। पहिलो चरणमा काठमाडौंको थापाथली, गैरीगाउँ र मनोहरा क्षेत्रको सुकुम्बासी बस्ती हटाउन लागेको हो। जसको सुरुवात शनिबार थापाथली क्षेत्रबाट भइसकेको छ । यसरी बस्ती हटाएर त्यहाँका सुकुम्बासीहरूलाई सरकारले राख्नका लागि केही स्थान छनौट गरेको प्रधानमन्त्री बालेन शाहकी प्रेस सल्लाहकार एवं अनुसन्धान […]
थापाथली सुकुमबासी बस्तीमा चल्यो डोजर : छैन कुनै अवरोध, सामान सार्न सघाउँदै प्रहरी
काठमाडौँ । बागमती नदी किनारअन्तर्गत थापाथलीमा रहेको सुकुमवासी बस्तीमा डोजर चलेको छ । सार्वजनिक जग्गा र नदी कोरिडोर अतिक्रमण गरेर बनाइएका अनधिकृत संरचनाहरू खाली गराउने सरकारी अभियानअन्तर्गत शनिबार बस्तीमा डोजर प्रवेश गरेको हो। बस्ती हटाउने क्रममा सम्भावित झडप र तनावको स्थितिलाई मध्यनजर गर्दै बाक्लो सङ्ख्यामा सुरक्षाकर्मी परिचालित छन् । यसपटकको दृश्य विगतका भन्दा निकै फरक […]
पश्चिमी वायुको प्रभावले यी स्थानमा चट्याङसहित वर्षाको सम्भावना
काठमाडौँ । पश्चिमी र स्थानीय वायुको आंशिक प्रभावका कारण देशका विभिन्न स्थानमा बदली भई केही क्षेत्रमा वर्षा तथा चट्याङको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भागमा सामान्यतया बदली रहेको छ भने अन्य हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदलीको अवस्था छ। तराई भेगमा भने मौसम मुख्यतया […]











