काठमाडौँ । कक्षा १२ को परीक्षा सोमबारदेखि सुरु भएको छ । माध्यमिक तहको अन्तिम परीक्षा वैशाख २७ गतेसम्म सञ्चालन हुनेछ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार परीक्षामा देशभरका ४ लाख १८ हजार ८ सय परीक्षार्थी सहभागी छन् । परीक्षा सकिएको डेढ महिनाभित्र नतिजा सार्वजनिक गर्ने बोर्डको तयारी छ ।
समाज
विद्रोही समूहको आत्मघाती ट्रक बम आक्रमणमा मालीका रक्षामन्त्री मारिए
काठमाडौँ । मालीका रक्षामन्त्री साडियो कामाराको विद्रोही समूहले गरेको आत्मघाती ट्रक बम आक्रमणमा परी मृत्यु भएको छ । राजधानी बामाको नजिकै रहेको उनको निवासमा जिहादी विद्रोही र पृथकतावादी समूहहरूले गरेको संयुक्त आक्रमणका क्रममा मृत्यु भएको बीबीसीले समाचारमा उल्लेख गरेको छ । सरकारी टेलिभिजनले पनि रक्षामन्त्री कामाराको मृत्युको पुष्टि गरिसकेको छ । आक्रमणमा रक्षामन्त्रीका परिवारका तीन […]
कतै बदली त कतै वर्षा, यस्तो रहनेछ आजको मौसम
काठमाडौँ । आज देशभरको मौसममा आंशिक बदलीदेखि सामान्य बदलीसम्म रहने सम्भावना रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहानदेखि नै देशको हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लागेको छ भने तराई भू-भागमा आंशिक बदली रहेको छ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका साथै लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भू-भाग र देशका […]
निजामती विधेयकमा थपिए झण्डै दर्जन नयाँ व्यवस्था
काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संघीय निजामती सेवा विधेयकको मस्यौदा सार्वजनिक गर्दै त्यसमा आम सरोकारवालाहरूको सुझाव र प्रतिक्रिया आह्वान गरेको छ । मुलुक संघीयतामा गएको करिब एक दशकसम्म पनि प्रशासनिक संघीयताको अवधारणा कार्यान्वयन गर्ने मूल ऐन मानिएको संघीय निजामती सेवा ऐन जारी हुन सकेको थिएन । अघिल्लोपटक, संसदको राज्यव्यवस्था समितिमा पटकपटक छलफल […]
ट्रम्प सहभागी कार्यक्रममा गोली चलाउने ‘पार्ट-टाइम’ शिक्षक रहेको खुलासा
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सहभागी कार्यक्रममा गोली चलाएको भनेर पक्राउ परेका आरोपित ‘पार्ट-टाइम’ शिक्षक रहेको खुलेको छ। वासिङ्टन हिल्टन होटलमा शनिबार ह्वाइट हाउस संवाददाताहरूले राखेको रात्री भोजमा भएको गोलीकाण्डका आरोपित क्यालिफोर्निया राज्यको टोरन्सका कोल टोमस एलेन रहेको सुरक्षा अधिकारीहरूले पहिचान गरेका छन्। आक्रमणको उद्देश्य अझै खुल्न सकेको छैन। अहिलेसम्म खुलेको छैन। तर संघीय निर्वाचन […]
मनोहरा सुकुमबासी बस्तीमा दर्जन बढी डोजर, ३०० प्रहरी र ६०० सशस्त्र परिचालन
भक्तपुर । मनोहरा खोला किनारस्थित सुकुमबासी बस्तीमा अनधिकृत रूपमा बनाइएका घर टहरा हटाउन एक दर्जन बढी डोजर प्रयोग गरिएको छ । आज बिहानैदेखि एक हजार ३०० नेपाल प्रहरी र ६०० सशस्त्र प्रहरी परिचालन गरेर संरचना भत्काउन थालिएको हो । हिजो साँझ डोजरमाथि आक्रमण भएपछि आज बिहान सुरक्षा व्यवस्था कडा पारेर टहरा हटाउन थालिएको जिल्ला प्रहरी […]
बीपी राजमार्ग पूर्णरूपमा अवरुद्ध : खुलाउन समय लाग्ने, वैकल्पिक व्यवस्था गरेर यात्रु पठाइँदै
काभ्रेपलाञ्चोक । शनिबारको वर्षाका कारण विभिन्न स्थानमा डाइभर्सन बगाएपछि बीपी राजमार्ग पूर्णरूपमा अवरुद्ध छ । शनिबार दिउँसो चार बजेबाट बन्द भएको राजमार्ग खुलाउन समय लाग्ने प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय मंगलटारका प्रमुख प्रहरी निरीक्षक ईश्वर कार्कीले सम्भवत: आइतबार साँझसम्म पनि सडक खुलाउन समस्या हुने अनुमान गरे । प्रहरीका अनुसार रोशी खोलाको बाढीले चौकीडाँडा, […]
कपिलवस्तुमा स्कार्पियो दुर्घटना, दुईको मृत्यु, तीन घाइते
बुटवल । कपिलवस्तुमा पार्किङ गरिएको ट्रकमा स्कार्पियो ठोक्किँदा दुईजनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन्। हुलाकी सडक खण्डअन्तर्गत गएराति भएको सवारी दुर्घटनामा उक्त क्षति भएको हो। कपिलवस्तु नगरपालिका–१२ पिप्ररहवामा रोकिराखिएको ट्रकमा भारतीय नम्बरको स्कार्पियो ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ। बहादुरगञ्जबाट तौलिहवातर्फ आउँदै गरेको यूपी ३२ सीए ८३४३ नम्बरको स्कार्पियो साइडमा रोकिएको लु १ […]
डोजरसहितको टोली मनोहरा सुकुमवासी बस्तीमा, सुरक्षाकर्मीको बाक्लो उपस्थिति
काठमाडौं । भक्तपुरको मनोहरास्थित सुकुमवासी बस्ती भत्काउन डोजरसहित सुरक्षाकर्मीहरु पुगेका छन् । हिजो भत्काउने प्रयास गर्दा स्थानीय विरोधमा उत्रिएका थिए । स्थानीयले ढुंगामुढा गरेपछि सुरक्षाकर्मी समेत घाइते भएका थिए । त्यसपछि फर्किएको डोजरसहितको टोली आज बिहानै पुन: मनोहरा क्षेत्रमा पुगेको छ । सुकुमवासी बस्ती वरपर बाक्लो संख्यामा सुरक्षाकर्मी खटाइएको छ । शनिबार काठमाडौं महानगरपालिकाले थापाथली […]
ट्रम्प सहभागी रात्रिभोजमा गोली चलेको सुनिएपछि आकस्मिक उद्धार
वासिङ्टन डीसी । वासिङ्टन डीसीस्थित एक होटलमा आयोजित ह्वाइट हाउस करस्पोन्डेन्ट्स डिनरका क्रममा गोली चलेको आवाज सुनिएपछि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलाई सेक्रेट सर्भिसका एजेन्टहरूले आकस्मिक उद्धार गरेका छन् । शनिबार साँझ वासिङ्टन हिल्टन होटलको बैंक्वेट हलमा यो वार्षिक कार्यक्रम भइरहेको बेला अचानक केही चिज पड्किएको जस्तो ठूलो आवाज आएपछि सुरक्षाकर्मीहरूले राष्ट्रपतिलाई सुरक्षित स्थानतर्फ लगेका हुन्। […]










