काठमाडौँ । सरकारले फेसबुक,ट्वीटर (एक्स),युट्युबलगायत २६ वटा सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज मन्त्री पृथ्वीसुब्बा गुरुङसहित बसेको बैठकले सो निर्णय गरेको हो । सरकारले आजदेखि नै उक्त सामाजिक सञ्जाल बन्द गर्नका लागि दूरसञ्चार प्राधिकरणलाई पत्राचार गरेको छ। स्रोतका अनुसार सञ्चार मन्त्रालयमा बिहीबार बसेको बैठकले सर्वोच्च अदालतको परमादेश र […]
समाज
ध्वनि प्रदूषण नियन्त्रणका लागि प्रहरीको आग्रह- अनावश्यक नखोकौं, शौचालय फ्लस गर्दा आवाज कम गरौं
काठमाडौं । काठमाडौं उपत्यका प्रहरी कार्यालयले शान्त छिमेकी अभियान सञ्चालन गर्दै शौचालयको फ्लस गर्दा समेत ध्वनि कम गर्ने उपाय अपनाउन अनुरोध गरेको छ। बुधबार ‘शान्त तथा अवरोधमुक्त छिमेकी अभियान’ सञ्चालन गर्दै पाँच वटा बुँदा र त्यसका उपबुँदाहरू राखेर विभिन्न प्रकारका अनुरोध गरेको हो। जसमा अबेर राति शौचालयको फ्लस गर्दा ध्वनि कम गर्ने उपाय अनपाउन समेत […]
आइजिपी चन्द्रकुबेर खापुङले पाए दर्ज्यानी चिन्ह
काठमाडौँ । नेपाल प्रहरीको ३२औं प्रहरी महानिरीक्षक (आइजिपी) चन्द्रकुबेर खापुङले दर्ज्यानी चिन्ह पाएका छन्। बिहीबार गृह मन्त्रालयमा आयोजित एक कार्यक्रमबीच गृहसचिव गोकर्णमणि दुवाडीले खापुङ आइजिपीको फुली लगाइदिएका हुन्। भदौ १३ गते बसेको मन्त्रिपरिषदको बैठकले खापुङलाई आइजिपी नियुक्त गरेको हो। आइजिपी दीपक थापाले बुधबार रातिदेखि अवकाश पाएका छन्। नयाँ प्रहरी विधेयक पारित भएर कार्यान्वयनमा नआए उनी करिब तीन […]
आज ५ पार्टी कार्यालयमा धर्ना दिँदै शिक्षक महासङ्घ
काठमाडौँ । नेपाल शिक्षक महासङ्घले आज ५ वटा राजनीतिक दलको कार्यालयमामा धर्ना दिने भएको छ। बिहान ११ बजेदेखि १ बजेसम्म चल्ने यो कार्यक्रममा सहभागी हुने महासङ्घका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले शिक्षकहरूलाई अनुरोध समेत गरेका छन् । लोकतान्त्रिक समाजवादी पार्टीको कार्यालय बबरमहल हुने कार्यक्रमको संयोजन अध्यक्ष सुवेदीले गर्ने भएका छन् । त्यस्तै जनमत पार्टीको कार्यालयमा हुने […]
मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर सर्यो, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौँ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा दक्षिणतिर अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।जसको प्रभावले कोशी र मधेस प्रदेशलगायत देशका पहाडी भूभागमा साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहेको छ। आज बिहान कोशी र बागमती प्रदेशका थोरै स्थानहरूमा तथा मधेस, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भूभागका एक–दुई स्थानहरूमा चट्याङसहित […]
धुलिखेल मालपोतका खरिदार ज्ञानेन्द्र भण्डारी दुई लाख रुपैयाँ घुससहित अख्तियारको नियन्त्रणमा
काठमाडौँ । मालपोत कार्यालय धुलिखेल काभ्रेपलाञ्चोकमा कार्यरत खरिदार ज्ञानेन्द्रप्रसाद भण्डारी घुसबापत लिएको दुई लाख रुपैयाँसहित पक्राउ परेका छन् । काभ्रेको साविक दोलालघाट गा.वि.स. – ७ मा रहेको फिल्ड बुकमा दर्ता छुट भएको जग्गाहरू धनीको नाममा छुट दर्ता गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग घुस लिँदालिँदै भण्डारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नियन्त्रणमा लिएको हो । भण्डारीलाई पक्राउ […]
अफगानिस्तान भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या १४ सय नाघ्यो
काठमाडौँ — अफगानिस्तान भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या १४ सय भन्दा बढी पुगेको छ । आइतबार मध्यरात (सेप्टेम्बर १, ११:४७ बजे) पूर्वी अफगानिस्तानमा गएको भूकम्पबाट परी १ हजार ४ सय ११ जनाको मृत्यु भएको छ । तालिवानका प्रवक्ता जबिहुल्लाह मुजाहिदलाई उद्धृत गर्दै रोयटर्सले अन्य ३१ सय २४ जना घाइते भएको र ५४ सय भन्दा धेरै […]
अनुदानको २०० बोरा मल लुकाएर राख्ने व्यापारी पक्राउ
काठमाडौं । सरकारले किसानलाई वितरण गर्न पठाएको २00 बोरा अनुदानको मल लुकाएर आफ्नो गोदाममा भण्डार गर्ने व्यापारी पक्राउ परेका छन् । पक्राउ पर्नेमा उदयपुरको कटारीस्थित आशुतोष ट्रेडर्स एण्ड जनरल स्टोर्सका सञ्चालक दिलीप चौधरी छन् । धौधरीलाई पक्राउ गरेर मंगलबार मात्रै जिल्ला अदालतबाट ६ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको इलाका प्रहरी कार्यालय कटारीका डीएसपी कमल […]
आज सुनको मूल्यले बनायो नयाँ कीर्तिमान, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं । केही दिनयता नेपाली बजारमा सुनको मूल्यमा नयाँ रेकर्ड बनिरहेको छ । आज बुधबार पनि पनि सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको छ । आज सुनप्रतितोला दुई लाख ७,९०० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो मूल्य हालसम्मकै उच्च हो । मङ्गलबार सुन प्रतितोला दुई लाख ५,९०० रुपैयाँमा कारोबार भएकोमा आज […]
गोंगबुबाट बरामद रकम ४ करोड २५ लाख, सुन ९ किलो र ३ किलो चाँदी
काडमाडौं । आफ्नै घरमा लुकाएर राखिएको अवस्थामा प्रहरीले बरामद गरेको रकम चार करोड २५ लाख रहेको पुष्टि भएको छ । मंगलबार साँझ प्रहरीले छापा हानेर रकम बरामद गरेको थियो । ठूलो मात्रामा रकम भेटिएपछि बैंकबाट मेसिन मगाएर गणना गर्दा चार करोड २५ लाख रकम रहेको खुलेको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीक एसएसपी शेखर खनालले बताए […]











