भोलि नेपाल बन्द, पूर्वसन्ध्यामा देशभर बृहत मशाल जुलुस !

काठमाडौं, २१ बैसाख । नेपाल बन्दको पूर्वसन्ध्यामा नेपाल कम्युनिस्ट पार्टीले देशभर बृहत मशाल जुलुस निकालेको छ । बन्दको पूर्वसन्ध्यामा काठमाडौं उपत्यकासहित देशभर मशाल जुलुस निकालिएको सो पार्टीले जनाएको छ । नेकपाका कार्यकर्ता मशाल दलाल सरकार मुर्दाबाद, दमन गर्न पाईदैन, धरपकड बन्द गरजस्ता नारा लगाउँदै मशाल जुलुस निकालेका थिए । सरकार चरम फासिवादी बन्दै गएको भन्दै […]

देशभरका सिण्डिकेटवाला यातायात ब्यवसायीलाई २४ घण्टाभित्र पक्राउ गर्न गृहमन्त्री बादलको निर्देशन

काठमाडौं, २१ बैसाख । सिण्डिकेट बचाउन सार्वजनिक सवारीका साधन ग्यारेजमा थन्काएर आन्दोलनमा उत्रिएका व्यवसायीलाई सरकारले पक्राउ गर्ने भएको छ । सिन्डीकेट हटाउने सरकारी निणर्यको विरोध गर्दै यातायात ठप्प पार्ने यातायात ब्यावसायीलाई पक्राउ गरी आवश्यक कारबाही गर्न गृहमन्त्री रामबहादुर थापा बादलले ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएका छन्। । मन्त्री थापाले गृहसचिव, प्रहरी प्रमुख र […]

ज्ञापनपत्र बोकेर वीना मगर आफै आएपछि प्रधानमन्त्री ओली तिनछक

काठमाडौं, २१ बैसाख । बिहिबार हातमा ज्ञापन पत्र बोकेर वीना मगर आफै आएको देखेर प्रधानमन्त्री केपी ओली एकछिन तिनछक परे ।  खानेपानी मन्त्री मगर सीमाक्षेत्रमा भारतीयपक्षबाट बेला बखतमा समस्या आइरहने र जनताको ज्यूधनमा नै संकट पर्ने गरेको भन्दै ज्ञापन पत्र बोकेर प्रधानमन्त्रीकहाँ पुगेकी हुन । पाँच बुँदे माग बोकेर मन्त्री मगरसहित, पूर्वमन्त्री लेखराज भट्ट, ७ नम्बर […]

ओली-प्रचण्डबीच आज निर्णायक वार्ता

काठमाडौं, २० वैशाख । एमाले-माओवादी नेता कार्यकर्ताहरुलाई आज खुसीको खबर दिने उदेश्यसहित २ अध्यक्ष केपी ओली र प्रचण्ड वार्तामा जुट्दै छन् ।  एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज निर्णायक वार्ता हुने माओवादी उच्च स्रोतले बतायो । प्रधानमन्त्री निवास बालुवाटारमा हुने वार्तामा एकतासँग जोडिएका विषय करिब टुंगो लागिसकेकाले […]

शनिबार पार्टी एकताको मिति घोषणा हुन सक्छ : प्रचण्ड

काठमाडौं, २० बैसाख । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आगामी शनिबारसम्म पार्टी एकताको मिति घोषणा हुन सक्ने बताएका छन् । माओवादी केन्द्रको बुधबारको सचिवालय बैठकमा पार्टी एकताको विषयमा ब्रिफिङ गर्दै प्रचण्डले २२ वैशाखमा कार्ल माक्सको द्विशतवार्षिकीको कार्यक्रममा एकताको मिति घोषणा हुन सक्ने बताएका हुन् । यो खबर हामीले आजको नयाँ पत्रिकाबाट लिएका हौ। ‘अध्यक्षले एकता प्रक्रिया सहमतिनजिक […]

३८ क्विन्टल सुन तस्करीमा एकै समूह

काठमाडौं, २० बैसाख । आजको नयाँ पत्रिकामा यो समाचार छापिएको छ: ३७,९९,५६५ ग्राम सुन तस्करी, चूडामणि उप्रेती गोरेको समूहले जुलाई ०१५ अर्थात् ०७२ को असार/साउनयता खेप–खेप गरेर ३७ लाख ९९ हजार ५६५ ग्राम अर्थात् तीन हजार ७९९ किलो सुन तस्करी गरेको छानबिन समितिको ठहर १७,०१,८०,७१,४३० रुपैयाँ बिगो गोरेको नेतृत्वमा सुन तस्करीमा संलग्न सात प्रहरी अधिकारी […]

संस्कृतिकर्मी गिरफ्तारीको महासंघद्धारा विरोध, तत्काल रिहा गर्न चेतावनी (विज्ञप्ती सहित)

कपिलवस्तु, १९ बैसाख । राष्ट्रियता, जनतन्त्र, जनजीविकाका पक्षमा र दलाल पुँजीवादी संस्कृतिका विरुद्ध अखिल नेपाल जनसांस्कृतिक महासंघ लुम्बिनी व्युरोले संचालन गरिरहेको एकीकृत जनजागरण अभियान अन्तर्गत कपिलवस्तुमा क्षितिज परिवारको सांस्कृतिक कार्यक्रममाथि प्रहरीले हस्तक्षेप गरेको छ । कपिलवस्तुको बाणगंगा नगरपालिका दानापुरमा हजारौं जनताको अपार सहभागितामा सांस्कृतिक कार्यक्रम चलिरहेको बेला प्रहरी आएर एकाएक हस्तक्षेप गरी महासंघ कपिलवस्तुका अध्यक्ष एवं […]

एमाले–माओवादी एकता, ओलीसँग प्रचण्ड सशंकित

काठमाडौं, १९ बैसाख । पार्टी एकीकरणको तयारीमा रहेका नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच विश्वास र सहमतिभन्दा पनि अविश्वास बढ्दै गएको छ। पार्टी एकता प्रक्रियामा प्रधानमन्त्रीसमेत रहनुभएका एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच पटक–पटक वान टु वान वार्ता भए पनि विश्वासको सट्टा अविश्वास र आशंका बढ्दै गएको छ। […]

सरकारमा जानेबारे उपेन्द्र यादवले खोले मुख

काठमाडौं, १९ बैसाख । राष्ट्रिय लोकतान्त्रिक ट्रेड युनियन महासंघ स्वतन्त्र र समाजवादी टे«ड युनियन महासंघ नेपालबीच एकता भएको छ । संघीय समाजवादी फोरमका भातृसंगठन समाजवादी ट्रेड युनियन र स्वतन्त्र रहेको राष्ट्रिय लोकतान्त्रिक ट्रेड युनियनबीच आज श्रमिक दिवसको दिन एकताभई समाजवादी लोकतान्त्रिक ट्रेड युनियन महासंघ बनेको हो । संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले एकता भएको […]

ओली-प्रचण्डबीच ३ घण्टा लामो ‘वान टु वान’ बार्ता, के-के भयो ठोस सहमति ?

काठमाडौँ, १५ बैशाख । एकताका लागि सहमति जुटाउन हम्मेहम्मे परेका बेला एमालेका अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच पुनः ‘वान टु वान’ वार्ता भएको छ । शुक्रबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको वार्तामा पार्टी एकताकै विषयमा छलफल भएको माओवादी स्रोतले जनाएको छ । २ पार्टीबीच तिक्तता बढेकाबेला २ नेताहरुबीच झण्डै […]