दैनिक पत्रिकाको न्यूजरुममा अन्धाधुन्दा गोली चल्दा पाँचजनाको मृत्यु

काठमाडाैं । अमेरिकाको एनापोलिस राज्यको राजधानी मेरील्याण्डमा बिहिबार दिउँसो एक पत्रिकाको न्यूजरुममा अन्धधुन्ध गोलीबारी हुँदा पाँचको मृत्यु भएको छ भने केही घाइते भएका छन् । पुलिसका अनुसार गोली चलाउने एक संदिग्धलाई पक्राउ गरिएको छ । क्यापिटल ग्याजेट नामक पत्रिकाको अफिसमा हमला हुँदा त्यहाँ थुप्रैको उपस्थिती थियो । एक संवाददाताका अनुसार बन्दुकधारीले सिसाको ढोकालाई निशाना बनाए […]

विदेशी बैंकहरुबा ७८ अर्ब ल्याउँदै नेपालका बैंकहरु

nepal-rastra-bank

काठमाडौं, १५ असार । लगानीयोग्य पुँजी (तरलता) को अभाव भएपछि बैंकहरुले विदेशी बैंकहरुबाट करिब ७८ अर्ब रुपैयाँ ल्याउने पक्रिया सुरु गरेका छन् । नियमनकारी निकाय नेपाल राष्ट्र बैंकले प्राथमिक पुँजी (कोर क्यापिटल) को २५ प्रतिशतसम्म विदेशी बैंकबाट ऋण लिन पाउने व्यवस्था गरेपछि बैंकहरुलाई विदेशबाट ऋण ल्याउन बाटो खुलेको हो । हाल सञ्चालनमा रहेका २८ वाणिज्य […]

विदेशको जेलमा रहेको नेपालीको पक्षमा अब कानुनी लडाइँ सरकारले लड्ने

काठमाडौं ।  रोजगारीको लागि विदेश गएका नेपालीहरु कुनै समस्यामा परेमा कानुनी लडाइँ सरकारले नै लडिदिने निर्देशिका बिहीबारको मन्त्रिपरिषद बैठकले स्वीकृत गरेको छ । सरकारका प्रवक्ता एवम् सञ्चार प्रविधिमन्त्री गोकुल प्रसाद बास्कोटाको अनुसार ‘कानुनी प्रतिरक्षा निर्देशिका’ मन्त्रिपरिषद बैठकबाट पारित भएको हो । यो निर्देशिकालाई १० दिनभित्रै कार्यान्वयनमा ल्याउने सरकारको तयारी छ । श्रम तथा रोजगार मन्त्री […]

पेट्रोलियम पदार्थमा कालोबजारी गर्नेलाई जनकारवाही गर्ने नेकपाको चेतावनी (विज्ञप्तिसहित)

बुटवल ।  नेपाल कम्युनिस्ट पार्टीले समानान्तर सत्ताको रुपमा गठन गरेको जनपरिषद्ले कृत्रिम अभाव सिर्जना गरेर कालोबजारी गर्ने पेट्रोल पम्प सञ्चालनहरुलाई कारवाही गर्ने जनाएको छ । अवध स्वायत्त प्रदेश अन्तरगत कपिलवस्तु जनपरिषदले मंगलबार एक विज्ञप्ति जारी गरेर पेट्रोलियम व्यवसायीहरुले योजनावद्धरुपमा नाफा र कमिशन थुपार्ने उद्देश्यले कृत्रिम अभाव सिर्जना गरेर कालोबजारी गर्दै जनाउँदै जनकारवाही गर्ने चेतावनी दिएको […]

शासकरूपी काल लेखक पत्रकारलार्इ सत्ताको अदृष्य सिक्रीले बाँध्दैछ

सत्ता जब निरकुंश र असहिष्णु हुँदै जान्छ, त्यसले सेन्सरसिपका विविध उपकरण प्रयोग गर्छ । त्यसले सिर्जनशील कवि–लेखकलाई पद, पुरस्कार, अलंकार र पगरीले लोभ्याउँछ, सम्मोहित गर्छ । त्यसले तिनलाई कवि शिरोमणि, जनकवि केशरी, राष्ट्रकवि आदि अलंकारको मह चटाउँछ र सत्ताको अदृश्य सिक्रीले बाँध्छ । लेखकलाई यसरी बाँध्नु टाट्नामा घाँस हालेर भेडाबाख्रालाई बाँध्नुजस्तै हो । जो यसरी बाँधिन्छ, त्यो सत्ताको ऐच्छिक […]

सरकारको गाडी मोह १४ वर्षमा ५४ अर्ब स्वाह, इन्धन, मर्मतमै अर्बौ खर्च

काठमाडौं, १३ असार । सवारी साधनका नाममा सरकारकाे अरबाै रकम रकम खर्च हुने गरेकाे छ । प्रधानमन्त्री, मन्त्रीदेखि कर्मचारीसम्मको गाडी मोह यतिसम्म रहेकाे छ कि एक वर्षमै कराेडाै रकम गाडीमा खर्च हुन्छ । १४ वर्षकाे तथ्याङ्क निकाल्दा ५४ अर्ब रुपैयाँ सवारीसाधनमा खर्च भइसकेकाे छ । सबैभन्दा बढी त गाडी मर्मतका नाममा नै अर्बाै रकम स्वाह […]

यस्तो बनाएका छन किम जोङ उनले आफ्ना लागि तीन घेराको कडा सुरक्षा व्यवस्था

पाँच दिनअघि उत्तर कोरियाका तानाशाह किम जोङ उन सिंगापुरको एउटा होटेलपरिसरबाट बाहिरिने क्रममा एउटा गाडीको दायाँ–बायाँ तथा अगाडि–पछाडि एउटा हेर्नलायक समूह देखिन्थ्यो । गाडी जताजता बढ्थ्यो, त्यो समूह उतैउतै बढ्थ्यो । गाडीबाट केही इन्चको दूरीमा आकर्षक ढंगमा गाडीलाई घेरा हालेर हिँडेको दृश्य क्यामेरामा कैद गर्न विश्वभरका सयौँ पत्रकार व्यस्त देखिन्थे । सुटबुटमा ठाँटिएको सो समूह उत्तर कोरियाली तानाशाह […]

प्रमुख आर्थिक सल्लाहकारले नै राजिनामा दिएपछि मोदी फेरि तनावमा

काठमाडाैं । भारतका मुख्य अर्थ सल्लाहाकार अरविन्द सुब्रमण्यनले आफ्नो पदबाट राजीनामा दिएका छन् । उनले व्यक्तिगत कारणले राजीनामा दिएर अमेरिका फिर्ता हुने बताएका छन् । सुब्रमण्यनको राजीनामा विषयमा अर्थमन्त्री अरुण जेटलीले आफ्नो फेसबुक पोष्टमा एउटा नोट लेख्दै उनले व्यक्तिगत कारणले राजीनामा दिन लागेको र आफूसँग त्यसलाई स्विकार गर्नु बाहेक अर्को विकल्प नभएको उल्लेख गरेका छन् […]

रोल्पामा आठ महिनामा छ जनाको हत्या

रोल्पा, १२ असार । रोल्पामा आपराधिक घटना बढ्दै गएका छन् । जिल्लामा बञ्चरो प्रहारबाट मात्र आठ महिनामा छ जनाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय रोल्पाको तथ्यांकअनुसार छुट्टाछुट्टै स्थानमा भएको घटनामा तीनजनाको बञ्चरो प्रहारबाट छ जनाको ज्यान गएको हो । २०७४ चैत २९ गते गंगादेव गाउँपालिका–४, सालेकुञ्जका ३१ वर्षीय दीपेन्द्र बस्नेतले आफ्नै ससुरा बुबाको […]

असार २२ गते नेकपाको विशाल जनसभा, क-कसले गर्दैछन् सम्बोधन ?

मुगु ।  नेपाल कम्युनिस्ट पार्टीले यही असार २२ गते जिल्लामा जनसभा गर्ने भएको छ । कर्णालीमा ‘एकीकृत जनजागरण अभियान’ संचालन गरेको नेकपाले विभिन्न ठाउँमा जनसभा तथा घरदैलो अभियान जारी राखेका छ । जिल्ला पार्टीको आयोजनमा मुगुको जिल्ला सदरमुकाम गमगढीमा विशाल जनसभाको आयोजना गरेको हो । स्थानीय जनप्रतिनिधिले गरेका भ्रष्टाचारको लिष्ट तयार गर्दै गरेको नेकपाले जनसभाबाटै […]