काठमाडौँ । आसन्न प्रतिनिधिसभा निर्वाचनमा जेन–जी पुस्ताको सहभागिता सिमित देखिएको छ । ठूला राजनीतिक दलहरू अझै पनि युवा नेतृत्वलाई अवसर दिन हिच्किचाएको देखिएको छ । निर्वाचन आयोगको विवरणअनुसार मंगलबार मनोनयन दर्ता गराएका कुल ३ हजार ४९० उम्मेदवारमध्ये १२ देखि २८ वर्ष उमेर समूहका १५७ जना जेन–जी उम्मेदवार छन् । उक्त संख्यामध्ये ७० जना विभिन्न राजनीतिक […]
राजनीति
देश चलाउन सक्रिय विदेशी शक्तिलाई रुकुमपूर्वबाट जवाफ दिन्छु : प्रचण्ड
रुकुम पूर्व । नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ‘देश चलाउन’ विदेशी शक्तिहरू सक्रिय भएको भन्दै त्यसलाई रुकुमको धर्तीबाटै जवाफ दिने बताएका छन् । रुकुम पूर्वमा आज आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले सो कुरा बताएका हुन् । उनले दाङदेखि रोल्पा हुँदै रुकुम पूर्वको हुकाम र मैकोटलाई डोल्पाको सहरतारासँग जोडेर चीनसम्म पुग्ने व्यापारिक […]
ओलीको टिप्पणी : अहिलेको सरकार सायद आगजनी गर्नेहरूकै हो
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आन्दोलनको नाममा घर जलाउनेहरूलाई वर्तमान सरकारले कारबाही नगरेको भन्दै आक्रोश पोखेका छन् । गृहजिल्ला झापामा जेनजी आन्दोलनको क्रममा क्षति पुगेका संरचनाहरूको अवलोकन गर्दै तत्कालीन समयका प्रधानमन्त्री ओलीले भने, ‘अहिलेको सरकार सायद उनीहरूकै सरकार हो । त्यसैले उनीहरूलाई जोगाउने काम गरेको छ ।’ आन्दोलनको नाममा अरुको घर जलाउन […]
कांग्रेस विवादमा १५ दिनभित्र अन्तिम सुनुवाइ गर्न सर्वोच्चले दियो अग्राधिकार
काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसको आधिकारिकता विवादमा १५ दिनभित्रै अन्तिम सुनुवाइ गर्नका लागि अग्राधिकार प्रदान गरेको छ । सर्वोच्च अदालतका न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले अन्तरिम आदेश दिन अस्वीकार गर्दै १५ दिनभित्र अग्राधिकार प्रदान गरेको हो । शेरबहादुर देउवा समेत २ जनाको तर्फबाट सर्वोच्चमा रिट दायर भएको थियो । निर्वाचन आयोग समेतलाई विपक्षी बनाउँदै देउवा […]
एमालेबाट शंकर पोखरेल र विष्णु पौडेलले गरे मनोनयन दर्ता
काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले उम्मेदवारी दर्ता गरेका छन्। उनले मंगलबार निर्वाचन अधिकृतको कार्यालय पुगेर दाङ–२ का लागि आफ्नो उम्मेदवारी दर्ता गराएका हुन्। महासचिव पोखरेल २०७४ को निर्वाचनमा दाङबाट प्रदेश सभामा निर्वाचित भएका थिए। २०७९ सालको निर्वाचनमा भने तत्कालीन माओवादी केन्द्रका नेता रेखा शर्मासँग पराजित भएका थिए। यस्तै रूपन्देही क्षेत्र नं. २ मा […]
प्रचण्डले गरे रूकुम-पूर्वबाट उम्मेदवारी दर्ता
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले रूकुम-पूर्वबाट उम्मेदवारी दर्ता गरेका छन्। फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि आफ्नो उम्मेदवारी दर्ता गरेका छन्। संयोजक प्रचण्डको प्रस्तावक जनयुद्धका शहिद लक्ष्मीराम केसी ‘पवन’ का छोरा जीवन खड्काको प्रस्तावमा उम्मेदवार बनेको नेकपाले जानकारी दिएको छ। २०६४ सालयता प्रचण्ड फरकफरक निर्वाचन क्षेत्रबाट चुनाव […]
गोरखा- २ मा एमालेबाट चक्रे मिलनको उम्मेदवारी दर्ता
गोरखा । आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा गोरखा २ बाट मिलन गुरुङ (चक्रे मिलन) ले उम्मेदवारी दिएका छन् । नेकपा एमालेबाट उनले उम्मेदवारी दिएका हुन् । मंगलवार प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्वर २ को निर्वाचन अधिकृतको कार्यालय पुगेर उनले उम्मेदवारी दर्ता गराएका हुन् । उनको प्रस्तावकमा प्रेम गुरुङ छन् भने समर्थकमा बाबुराम थापा छन् ।
बालेनसँग भिड्न ओलीले दर्ता गराए झापा–५ बाट उम्मेदवारी
काठमाडौँ । रास्वपाका वरिष्ठ नेता बालेन शाहसँग भिड्न एमालेका अध्यक्ष केपी शर्मा ओलीले उम्मेदवारी दर्ता गराएका छन् । मंगलबार निर्वाचन अधिकृतको कार्यालयमा उनले आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् । रास्वपाले बालेन र एमालेले ओलीलाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सारेको छ । यो निर्वाचन क्षेत्रमा ओली र बालेनको भिडन्तलाई चासोका साथ हेरिएको छ ।
उम्मेदवार मनोनयन दर्ता आज, हुनेछन् यी कागजात अनिवार्य
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फका लागि आज देशभर उम्मेदवारी दर्ताको कार्यक्रम हुँदैछ । निर्वाचन आयोगले देशभरका १६५ वटै निर्वाचन क्षेत्रका निर्वाचन कार्यालय स्थापना गरी उम्मेदवार दर्ताका लागि आवश्यक तयारी पूरा भइसकेको जनाएको हो । आयोगले उम्मेदवारी दर्ता गर्न जाँदा कुनै पनि तडकभडक नगर्न, शान्तपूर्वक र मर्यादित भएर निर्वाचन कार्यालय […]
कांग्रेस विवाद : निर्वाचन आयोगको निर्णयविरुद्ध देउवा समूहको रिटमा आज पेसी
काठमाडौँ । नेपाली कांग्रेसको गगन थापा समूहलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध निवर्तमान सभापति शेरबहादुर देउवा समूहले सर्वोच्चमा दायर गरेको रिटमा आजका लागि पेसी तोकिएको छ । आइतबार रिट दर्तासँगै सर्वोच्च प्रशासनले रिटको पेसी मंगलबारको लागि तोकेको थियो । तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्काले रिट दर्ता गराएका हुन् । रिटको पेसी आइतबारका लागि नै तोक्नका […]











