काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तेह्रथुम जिल्लाका जिल्ला कार्य समिति, सबै पालिका समिति र वडा कमिटीका पदाधिकारीहरूले सामूहिक रूपमा राजीनामा दिएका छन्। टिकट वितरणमा असन्तुष्टि जनाउँदै उनीहरूले सामूहिक राजीनामा बुझाएका हुन्। रास्वपाले ऋतुराज लिम्बूलाई तेह्रथुममा उठाउने भएको छ। राजीनामा पत्रमा उल्लेख गरिएको छ, ‘भदौ २३ र २४ गते सम्पन्न जेनजी जनआन्दोलनपछि मुलुकले नयाँ राजनीतिक […]
राजनीति
अन्तिम समयमा ईश्वर पोखरेललाई एमालेले बनायो काठमाडौँ– ५ को उम्मेदवार
काठमाडौँ । नेकपा एमालेका नेता ईश्वर पोखरेल काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ५ बाट निर्वाचन लड्ने भएका छन् । अन्तिम समयमा पोखरेललाई एमाले अध्यक्ष केपी शर्मा ओलीले टिकट दिएका हुन् । नेकपा एमाले काठमाडौँका अध्यक्ष दीपक निरौलाले नेता पोखरेलले मङ्गलवार २ मनोनयन दर्ता गर्ने जानकारी दिए । यसअघि पोखरेललाई अध्यक्ष ओलीले टिकट नदिएको भन्दै आलोचना भएको […]
सञ्चारमन्त्री खरेलले दिए राजीनामा, रास्वपाबाट चुनाव लड्ने
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले राजीनामा दिएका छन् । सोमबार उनले प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राजीनामा दिएका हुन् । उनी आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन लड्ने तयारीस्वरुप पदबाट राजीनामा दिएका हुन् । खरेल रास्वपाबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्दैछन् । उनले ललितपुर क्षेत्र नम्बर २ बाट उम्मेदवार बन्ने तयारी गरेका छन् । […]
म जेल जानु परे पनि चिन्ता छैन, अब बालेनले देश बनाउँछ : रवि लामिछाने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूमाथि सरकारले जस्तोसुकै मुद्दा लगाए पनि अब चिन्ता नभएको बताएका छन् । देशले बालेन पाएकाले आफू जेल गए पनि फरक नपर्ने उनको भनाइ छ । सोमबार जनकपुरधाममा आयोजित रास्वपाको जनसभालाई सम्बोधन गर्दै लामिछानेले उक्त कुरा बताएका हुन् । ‘बच्चालाई टाउको र छातीमा गोली ठोकेर हेलिकोप्टमार […]
बालेन प्रधानमन्त्री नबने म जनकपुरको रणभूमिमा आत्मदाह गर्छु : अमरेशकुमार सिंह
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेका डा. अमरेशकुमार सिंहले अबको प्रधानमन्त्री बालेन शाह नै बन्ने ठोकुवा गरेका छन् । जनकपुरमा सोमबार आयोजित उद्घोष सभालाई सम्बोधन गर्दै उनले बालेन प्रधानमन्त्री नबने जनकपुरमा आएर आत्मदाह गर्ने ठुकुवा गरेका हुन् । ‘हामी सीता माताका सन्तान हौं । सीमा माता यही धर्तीमा समाहित भएकी थिइन् । बालेन प्रधानमन्त्री […]
नेकपा छोडेका रहबर अन्सारीले भने : मधेशमा विकासको विगुल फुक्न रास्वपामा आएँ
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी छाडेर रास्वपा प्रवेश गरेका नेता रहबर अन्सारीले मधेशमा विकासको विगुल फुक्ने बताएका छन् । सोमबार जनकपुरमा आयोजित रास्वपाको सभामा सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् । यसअघिका नेतृत्वले धेरै भाषण गरेर मधेशको सपना जमिनमुनि गाडेको उल्लेख गर्दै ती सपनाहरूलाई ज्वालामुखीझैं विकासको विगुल फुकिने बताए । ‘हिजो धेरै भाषण गरिए, तर […]
भक्तपुर १ मा लवजु र २ मा दीपशिखा नेपाली कम्युनिस्ट पार्टीको उम्मेदवार
भक्तपुर । नेपाली कम्युनिस्ट पार्टीले फागुन २१ मा हुने प्रतिनिधि सभाको निर्वाचनका लागि भक्तपुरका दुबै निर्वाचन क्षेत्रमा उम्मेदवारको टुङ्गो लगाएको छ । भक्तपुर क्षेत्र नम्बर १ मा हरिराम लवजु र क्षेत्र नम्बर २ मा रामप्रसाद सापकोटा दीपशिखालाई प्रत्यक्ष निर्वाचनतर्फ उम्मेदवार मनोनयन गरिएको सो पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डका स्वकीय सचिव गोविन्द आचार्यले बताएका छन् । […]
टिकट नपाएपछि पूर्वसांसद यज्ञजित शाहले छाडे एमाले
बुटवल । पूर्वप्रधानमन्त्री डा. केआई सिंहका छोरा पूर्वसांसद यज्ञजित शाहले एमाले छाडेका छन् । टिकट नपाउने पक्का भएपछि पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पत्र लेख्दै उनले राजीनामा पठाएका हुन् । रुपन्देही-३ मा वासुदेव घिमिरेलाई उम्मेदवार बनाएपछि यज्ञजित असन्तुष्ट थिए । उनी रुपन्देही-३ बाट उम्मेदवार आकांक्षी थिए । शाहले पार्टीमा अवसरवादी धेरै रहेकोले बस्न औचित्य नभएको बताएका […]
चुनाव लड्न मधेशका पूर्वमुख्यमन्त्री सिंहले दिए प्रदेशसभाबाट राजीनामा
काठमाडौं । मधेश प्रदेशका पूर्वमुख्यमन्त्री सतिश सिंहले सांसद पदबाट राजीनामा दिएका छन् । चुनाव लड्न उनले प्रदेशसभाबाट राजीनामा दिएको जानकारी गराएका हुन् । ‘आज विधिवत रूपमा प्रदेश सभा सदस्यबाट राजीनामा दिएँ । साथै, साथै जनमत पार्टीका सधारण सदस्य समेत नरहने गरि पार्टीबाट पनि राजीनामा दिएको छु,’ सिंहले भने । प्रतिनिधिसभा निर्वाचनका लागि उनले आफ्नो छुट्टै […]
भक्तपुर-२ मा रास्वपाबाट राजीब खत्री उम्मेदवार
भक्तपुर । भक्तपुर क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट राजीब खत्री उम्मेदवार बन्ने करिब टुंगो लागेको छ। रास्वपाले खत्रीलाई भक्तपुर-२ मा उम्मेदवारी दिने भएको एक नेताले बताए। पूर्व पत्रकार उनी केही समयअघि रास्वपा प्रवेश गरेका थिए। यही क्षेत्रमा नेकपा एमालेका सचिव महेश बस्नेत पनि उम्मेदवार छन्। दुई जनाबीच यस क्षेत्रमा प्रतिस्पर्धा हुने […]











