काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ पार्टी संसदीय दलको नेता चयन भएका छन् ।
आइतबार बसेको नेकपा संसदीय दलको बैठकले प्रचण्डलाई दलको नेतामा सर्वसम्मत चयन गरेको नेता युवराज दुलाले जानकारी दिए ।
त्यस्तै दलको उपनेता भने पछि चयन गर्ने सहमति भएको सो पार्टीले जनाएको छ । फागुन २१ मा सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा नेकपाका १७ सांसद निर्वाचित भएका थिए ।






