काठमाडौ, ८ साउन । एक महिनाको अन्तरालमा कांग्रेसको अनुशासन समितिले दुई पटकमा १५१ जनाविरुद्ध कारवाहीको निर्णय गरेको छ ।समितिले गत असार ३ मा १२८ जना कांग्रेसीलाई २ वर्ष अघिको निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध बागी उठेर अन्तर्घात गरेको भन्दै कारवाही गरेको थियो । गत सोमबार सोलुखुम्बू, रौतहत र दैलेख जिल्लाका २३ जनाविरुद्ध पनि कारवाही गरेको विज्ञप्ति […]
राजनीति
नगरप्रमुखविरुद्ध चक्काजाममा उत्रिएका दुई वडाध्यक्षसहित छ पक्राउ
खोटाङ, ८ साउन । हलेसी तुवाचुङ नगरपालिकाका प्रमुख इवन राईविरुद्ध चक्काजाममा उत्रिएका दुई वडाध्यक्षसहित छ जनालाई प्रहरीले पक्राउ गरेको छ । गत असार ३१ गते आयोजित नगरसभाप्रति असन्तुष्टि जनाउँदै चरणबद्ध आन्दोलनमा उत्रिएका उनीहरुले आज बिहान आयोजना गरेको चक्काजाम गर्न खोजेका थिए । चक्काजाममा सहभागी वडा नं ५ दुर्छिमका वडाध्यक्ष रमेश तिवारी, वडा नं ७ महादेवस्थानका […]
लोकसेवा आयोग सम्बन्धी विधेयक पारित
७ साउन, कैलाली । सुदूरपश्चिम प्रदेशसभा बैठकले ‘प्रदेश लोकसेवा आयोगको गठन, काम कर्तव्य र अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७६’ पारित गरेको छ । मंगलबार आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाशबहादुर शाहले बैठकमा उक्त विधेयक पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए । यसअघि आजको बैठकमा विधेयकमाथि भएको छलफलमा भाग लिने प्रदेशसभा सदस्यले लोकसेवा आयोगको […]
नेकपाका उपत्यका इन्चार्ज एवं चर्चित कलाकार माइला लामा जेल चलान
७ साउन, काठमाडौं । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका उपत्यका ब्यूरो इन्चार्ज एवं चर्चित कलाकार माइला लामा जेल चलान भएका छन् । शनिवार मध्यराति काठमाडौंको काँडाघारीबाट पक्राउ परेका उनलाई प्रहरीले मंगलवार ललितपुर जिल्ला अदालतमा पेश गरेको थियो । जिल्ला अदालतले उनलाई पुर्पक्षका लागि जेल चलान गरेको हो । हिरासतमा राखेर अनुसन्धान गर्न म्याद […]
नेपालमा जनयुद्धबाटै जनवादी क्रान्ति पूरा भएको प्रचण्डको दावी
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री प्रचण्डले नेपालको जनवादी क्रान्ति मौलिक ढंगले पूरा भएको बताएका छन । ४१ औं पुष्पलाल स्मृति दिवसका अवसरमा पुष्पलाल प्रतिष्ठानले कीर्तिपुरको चम्पादेवीमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले १० वर्षे जनयुद्धबाट राजतन्त्र पराजित भएकाे र नेपालमा जनवादी क्रान्ति पूरा भएकाे बताए । साे क्रममा अध्यक्ष […]
पार्टी एकताको सम्पूर्ण काम साउनभित्र सकाइने
काठमाडौँ, ७ साउन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टी एकताको प्रक्रिया अब करीब करीब निष्कर्षमा पुगिसकेको बताएका छन् । पुष्पलाल स्मृति प्रतिष्ठानले आज यहाँ आयोजना गरेको ‘४१ आँै पुष्पलाल स्मृति दिवस’मा आयोजित कार्यक्रममा उनले एकता प्रक्रिया साउनभित्र सकिने जिकिर गरे । “एक दुई वटा औपचारिकता दिन मात्र बाँकी रहेको छ […]
वार्ताबारे आयो विप्लवको विज्ञप्ति, अब कडा प्रतिरोधमा जाने चेतावनी
काठमाडौं । सञ्चारमाध्यममा अाएका वार्ताका व्यापक हल्लाका बारेमा नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले पार्टीकाे धारणा प्रष्ट पारेका छन् । सरकारले वार्ताकाे हल्ला चलाइरहेकै बेला पार्टीका प्रभावशाली नेता माइला लामालाइृ गिरफ्तार गरिएपछि निकै अाक्राेशित बनेका विप्लवले एक विज्ञप्ति जारी गरेर सरकारविरुद्ध प्रतिराेधमा उत्रन ढिला भइसकेकाे बताएका छन् । उनले सरकारले एकातिर वार्ताको ‘कुप्रचार गर्ने’ […]
निर्मला पन्त बलात्कारपछि हत्या प्रकरणमा गृहमन्त्रीले पोखे अनौठो गुनासो
काठमाडौं, ७ साउन । कञ्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तको बलत्कारपछि हत्या भएको एक वर्ष पुग्न लाग्दा पनि यसबारे सत्यतथ्य बाहिर आउन सकेको छैन । सरकारले अपराधी पत्ता लगाएर पीडितलाई न्याय दिन सकेको छैन । सर्वत्र चर्चा पाएर निकै आवाज उठाइएको यो घटनामा प्रहरीको अनुसन्धान अहिलेसम्म असफल नै रहेपछि सरकारमाथि नै अनेकौ प्रश्न उब्जाइएका छन् […]
मुक्त कम्लहरीले परिचयपत्र नपाउँदा समस्या
भीमदत्तनगर, ७ साउन । सुदूरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुरका मुक्त कम्लहरीले परिचयपत्र नपाउँदा विभिन्न समस्याबाट पीडित बनेका छन् । कैलालीमा तीन हजार र कञ्चनपुरमा सात सय मुक्त कम्लहरी रहेको मुक्त कम्लहरी विकास मञ्चका केन्द्रीय अध्यक्ष सुनिता चौधरीले जानकारी दिईन् । “कैलालीमा चार सय र कञ्चनपुरमा तीन सय मुक्त कम्लहरीले मात्रै परिचयपत्र पाएका छन्”, अध्यक्ष चौधरीले […]
बुटवल: शान्तिसुरक्षाको अधिकार प्रदेशलाई हुनुपर्छ ः सभापति शाह
रुपन्देही, ७ साउन । संसद्को सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाहले शान्तिसुरक्षाको अधिकार प्रदेशकै मातहतमा हुनुपर्ने बताएका छन् । रिपोर्टर्स क्लब प्रदेश ५ ले आज बुटवलमा आयोजना गरेको साक्षात्कारमा उहाँले संविधानमै व्यवस्था भएका विषयमा केन्द्रले एकाधिकार गर्न नहुने समेत बताए । “अधिकार बाँडफाँटमा सङ्घले कन्जुस्याइँ गर्नु हुँदैन, प्रजिअ प्रदेशकै मातहतमा हुनुपर्छ”, उनले भने । सभापति […]











