वार्ताबारे आयो विप्लवको विज्ञप्ति, अब कडा प्रतिरोधमा जाने चेतावनी

काठमाडौं । सञ्चारमाध्यममा अाएका वार्ताका व्यापक हल्लाका बारेमा नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले पार्टीकाे धारणा प्रष्ट पारेका छन् । 

सरकारले वार्ताकाे हल्ला चलाइरहेकै बेला पार्टीका प्रभावशाली नेता माइला लामालाइृ गिरफ्तार गरिएपछि निकै अाक्राेशित बनेका विप्लवले एक विज्ञप्ति जारी गरेर सरकारविरुद्ध प्रतिराेधमा उत्रन ढिला भइसकेकाे बताएका छन् । उनले सरकारले एकातिर वार्ताको ‘कुप्रचार गर्ने’ र अर्कोतिर अाफ्ना नेता, कार्यकर्तालाई गिरफ्तार गर्ने, गाेली हानेर हत्या गर्ने, झुट्टा मुद्दा लगाएर जेल चलान गर्ने गरेकाे भन्दै त्यसप्रति अाक्राेश पाेखेका छन् ।

विप्लवले विज्ञप्तिमा लेखेका छन्, “यो सरकार देशमा वास्तविक शान्ति, समृद्धि र विकासको पक्षमा नरहेर जवर्जस्त युद्धमा धकेली जनतामाथि थप शोषण गर्नु, दमन थोपर्नुका साथै देशमा विदेशी शक्तिको चलखेललाई बढवा दिन लागेको स्पष्टै बुझ्न सकिन्छ । यसप्रति सबै देशभक्त, सच्चा लोकतन्त्रवादी, जनपक्षीय शक्तिहरु सचेत हुँदै नयाँ प्रतिरोधमा उत्रिन अब ढिला भैसकेको छ ।”

विप्लवले सांगठनिक कामको सिलसिलामा भक्तपुरको एक घरमा सुतिरहेको अवस्थामा हतियारधारी सुरक्षा फौजले संकटकाललाई बिर्साउने गरी अाफ्ना नेता माइला लामालाई गिरफ्तार गरेको भन्दै त्यसप्रति घोर भर्त्सना गरेका छन् ।

उनले लामासहित जेलमा रहेका स्थायी समिति सदस्य सुदर्शन लगायत सबै राजबन्दीहरुलाई बिना शर्त ससम्मान रिहा नगरे याेजनाबद्ध प्रतिराेध गर्ने चेतावनी समेत दिएका छन् ।

विप्लवले विज्ञप्तिमा लेखेका छन्, ‘हाम्रो पार्टीका केन्द्रीय सदस्य, भ्याली इन्चार्ज तथा लोकप्रिय जनकलाकार माइला लामालाई यो सामाजिक फासिवादी केपी—पीके सरकारले सांगठनिक कामको सिलसिलामा भक्तपुरको एक घरमा सुतिरेहका अवस्थामा हतियारधारी सुरक्षा फौजले संकटकाललाई बिर्साउने गरी गिरफ्तार गरेको छ । केपी सरकारको यस्तो रवैयाको हाम्रो पार्टी घोर भत्र्सना गर्नुका साथै तुरुन्त ससम्मान रिहा गर्न जोडदार माग गर्दछौं ।’

यदि सरकारले सुदर्शनसहित जेल चलान गरिएका सबै नेता कार्यकर्ता र माइला लामा लगायतका सबै गिरफ्तारीमा परेका जिम्मेवार सबै नेता कार्यकर्ताहरुलाई बिना शर्त ससम्मान रिहा नगरे आफ्नो पार्टी योजनाबद्ध प्रतिरोध गर्न बाध्य हुने र त्यसबाट निस्कने प्रतिफलको भागेदार स्वयं यो सरकार हुने चेतावनी विप्लवले दिएका छन् ।

गएकाे शनिबार मध्यरातमा प्रहरीले नेकपा प्रभावशाली नेता तथा उपत्यका व्युरो इन्चार्ज माइला लामासहित २ जनालाई गिरफ्तार गरेको थियाे । जनवादी कलाकार समेत रहेका लामालाई प्रहरीले अपराध अनुसन्धान महाशाखा टेकुमा राखेकाे छ । 

यस्ताे छ विप्लवकाे विज्ञप्ति

Loading...