अख्तियारद्वारा पौने ३ लाख घुससहित वडा अध्यक्ष पक्राउ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बारा महागढीमाई नगरपालिका–६ का अध्यक्ष रामजीप्रसाद बरैलेलाई २ लाख ७५ हजार रुपैयाँ घुससहित पक्राउ गरेको छ। अख्तियार टोलीले उनलाई कलैया उपमहानगरपालिका–७ स्थित दुर्गा माध्यामिक विद्यालयको हाताबाट मंगलबार पक्राउ गरेको हो। ‘सेवाग्राहीसँग २ लाख ७५ हजार रुपैयाँ घुसवापतको रकम लिइसकेको अवस्थामा घुस रकमसहित कलैया उपमहानगरपालिका–७ स्थित दुर्गा मावि हाताबाट रंगेहात […]

केपी सरकारले कोइराला निवास नछोडेपछि

विराटनगर, २१ जेठ । नेपाली काँग्रेसको आस्थाको धरोहरको रुपमा रहेको कोइराला निवासलाई सरकारले सुरक्षा नदिएपछि कांग्रेसी भावनामा चोट पुगेको छ । नेपालका लागि ३ प्रधानमन्त्री दिएको विराटनगरस्थित कोइराला निवासबाट सरकारले सुरक्षाकर्मी हटाएपछि उक्त चोट पुगेको हो । कृष्ण प्रसाद कोइरालाका ३ छोराहरुले नेपालको राजनीतिमा छोडेको प्रभाव जीवन्त बनाइराख्न कोइराला निवासको उचित रेखदेख हुनुपर्ने स्थानियको समेत […]

बार बर्दियामा सिकल सेल एनिमिया रोगको उपचार गर्न नमूना अस्पताल बन्ने

बर्दिया । बारबर्दिया नगरपालिकामा नेपालमै पहिलो सिकल सेल एनिमिया अस्पताल बन्ने भएको छ । सिकल सेलमा बारबर्दिया मोडल नामक एक वर्षे लामो अभियानपछि उक्त नगरपालिकाले देशमै पहिलो अस्पताल यहाँ स्थापना गर्ने घोषणा गरेको हो । आइतबार बारबर्दिया नगरपालिकाले बारबरर्दियामा सिकलसेल पहिचान, नियन्त्रण र रोकथाम सम्बन्धी अभियान घोषणा समारोह आयोजना गरी यस्तो घोषणा गरेको हो । […]

कर्णालीका मुख्यमन्त्री र अन्य मन्त्रीका लागि गाडी किन्न २ अर्ब रकमान्तर

सुर्खेत, २० जेठ । कर्णाली प्रदेश सरकारले मन्त्रीहरुले चढिरहेका गाडी फेरेर उनीहरुको विलासी सुविधाका गाडी खरिद गर्न विकास बजेटबाट अरबौको रकम रकमान्तर गरेको छ । प्रदेश सरकारले सबै मन्त्रालयका लागि छुट्याएको वजेट आर्थिक वर्षको अन्तिममा आएर रकमान्तर गरेको हो । अघिल्लो वर्ष प्रदेश सभामा प्रस्तुत गरिएको वजेटलाई आर्थिक वर्ष सकिनै लाग्दा अर्को शिर्षकमा परिवर्तन गरी […]

सोलुखुम्बु घटना रहस्यमय, सरकारले नक्कली भिडन्त गर्न खोजेको आशंका

काठमाडौं, २० जेठ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले चौकी कब्जा गर्न लागेको भन्दै नेपाली सेनाको हेलिकोप्टरबाट सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली सोलुखुम्बु पु¥याइएको छ । याे घटनालाइ रहस्यमय ठानिएकाे छ ।  सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–३ छेस्काममा रहेको प्रहरी चौकीमा गएराति नेकपाका केही कार्यकर्ताले आक्रमण गर्न लागेकाे खबर फैलाइएकाे थियाे । तर, त्यहाँ […]

विप्लवले चौकी कब्जा गर्न लागेको भन्दै सेनाको हेलिकोप्टरमा काठमाडौं र विराटनगरबाट सोलुमा लगियो ठूलो फौज

काठमाडौं, २० जेठ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले चौकी कब्जा गर्न लागेको भन्दै नेपाली सेनाको हेलिकोप्टरबाट सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली सोलुखुम्बु पु¥याइएको छ । विप्लव नेतृत्वको नेकपाले चौकीमा आक्रमण गर्न लागेपछि गएराति सोलुखुम्बुको महाकुलुङमा रहेको प्रहरी चौकीबाट प्रहरी भागेर ज्यान जोगाएको बताइन्छ । त्यो खबर आएपछि राजधानी काठमाडौं र १ […]

पूर्वमन्त्रीलाई संसद भवन भित्रै असुरक्षा : ज्यान जोगाइदिन माग

काठमाडौं । कुर्सीका लागि नेताहरु बदनाम बनिरहेको अवस्थामा पूर्वमन्त्री खगराज अधिकारीलाई भने कुर्सी प्यारो हुन सकेको छैन । उनले कुर्सीका कारण ज्यानमै खतरा आएको बताउदै कुर्सीप्रति असन्तोष व्यक्त गरेका छन । सत्तारुढ दल नेकपाका सांसद अधिकारीले संसद समक्ष नै कुर्सीप्रति कटाक्ष गरेका हुन । उनले आफू संसदमा नै चारपटक लडिसकेको गुनासो गर्दै संसद भवन भित्रै […]

भारतसँग पनि व्यापारिक सम्बन्ध तोड्दै ट्रम्पले बढाए कर, भारत आक्रोशित

काठमाडाैं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र भारतबीचको विशेष व्यापारीक सम्बन्ध तोडेका छन्। भारतबाट अमेरिका निर्यात हुने सामाग्रीमा अमेरिकाले अरबौं कर छुट गरेको थियो। अबभने भारतीय सामाग्रीमा कर लाग्नेछ। अमेरिकी सामाग्रीलाई भारतमा समाना र उचित स्थान नदिएकोभन्दै ट्रम्प भारतप्रति रुष्ट बनेका हुन्। राष्ट्रपतिय कार्यालय ह्वाइट हाउसले जारी गरेको विज्ञप्तीमा भनिएको छ,‘भारतले उसको बजारमा अमेरिकालाई […]

बेलायती राजकुमारी मार्केलका बारेमा दिएको प्रतिक्रियाले डोनाल्ड ट्रम्प विवादमा

US president Donald trump

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी हप्ताबाट युरोप भ्रमणको तयारी गरेका छन्। उनी वेलायत, आयरल्यान्ड, र फ्रान्स पुग्नेछन्। हालै युरोप भ्रमणको बारेमा वेलायती पत्रिका द सनले ट्रम्पसँग अन्तर्वार्ता गरेको थियो। अन्तर्वार्ताको क्रममा ट्रम्पलाई वेलायतमा को नयाँ प्रधानमन्त्री हुँदा राम्रो हुन्छ होला भनेर प्रश्न गरिएको थियो। ट्रम्पले कन्जर्भेटिम पार्टीका बोरिस जोनसन प्रधानमन्त्री बन्न लायक भएको […]

विप्लवका पोलिटब्यूरो सदस्यले पार्टी परित्याग गरी लगाए प्रचण्डको टिको

काठमाडौ, १९ जेठ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वकाे नेपाल कम्युनिस्ट पार्टीका एक जना पाेलिटब्यूराे सदस्यले पार्टी परित्याग गरेका छन् । यसरी पार्टी परित्याग गर्ने पाेलिटब्यूराे सदस्य पदम राई हुन । सरकारले पार्टीमाथि प्रतिबन्ध लगाएपछि वार्ता लगायतका विषयमा राईले विवादास्पद अभिव्यक्ति दिएकाे भन्दै उनलाई पार्टीले निलम्बन गरेकाे खबर अाएकाे थियाे । तर, साे पार्टीले अाधिकारिक रुपमा […]