भारतीय गुप्तचर संस्था रअका प्रमुख गोयल सुटुक्क नेपालमा

काठमाडौं, ५ साउन । भारतीय गुप्तचर संस्था रिसर्च एन्ड एनालाइसिस विङ (रअ) का प्रमुख समान्तकुमार गोयल सुटुक्क नेपाल आएका छन् । उनीसहित पाँच जनाको टोली आइतबर काठमाडौंमा उत्रिएको हो ।

रअ प्रमुख गोयल नेतृत्वको टोली पाँच दिन नेपालमा रहने उच्च सुरक्षा स्रोतले बतायो । उनको नेपाल बसाई अझै लम्बनसक्ने स्रोतको दाबी छ । काठमाडौं उत्रिएको रअको टोली बौद्धस्थित हायात होटलमा बसेको छ ।

गत महिना रअ प्रमुख नियुक्त भएपछि गोयलको यो पहिलो नेपाल भ्रमण हो । उनी यसअघि पनि रअका विशेष सचिवका रुपमा कार्यरत थिए । भ्रमण टोलीमा रअको राजनीतिक ब्यूरो हेर्ने पदाधिकारीसमेत रहेको बताइएको छ । उनीहरुले नेपालमा रहँदा उच्च राजनीतिक भेटघाट गर्ने छन् ।

भारतीय प्रधानमन्त्रीको रुपमा नरेन्द्र मोदीले दोस्रो पटक सत्ता सम्हालेपछि रअका उच्च अधिकारीको यो पहिलो नेपाल भ्रमण हो । मोदीले नेपाल भ्रमण गर्ने विषय चर्चामा रहेको बेला रअका प्रमुखको नेपाल भ्रमणलाई अर्थ पूर्ण रुपमा लिइएको छ ।

Loading...