एकाबिहानै रअका प्रमुख दलबलसहित किन पुगे प्रचण्ड निवासमा

काठमाडौं, ६ साउन । भारतीय गुप्तचर संस्था रअका प्रमुख दलबलसहित नेकपाका नेता पुष्पकमल दाहाल प्रचण्डनिवास पुगेका छन् । पाँच दिने नेपाल भ्रमणका लागि आइतबार काठमाडौं आइपुगेका रअ प्रमुख सामन्त गोयल सोमवार विहान प्रचण्डनिवास पुगेका हुन् ।

नेकपामा भइरहेको कार्यविभाजन र प्रमुख विभागहरुको संयोजक तोक्ने विषयमा प्रचण्ड निवासमा हिँजो आइतवारदेखि वार्ता भइरहेको थियो ।

पूर्व माओवादीको भागमा परेको १४ वटा विभागका लागि नेताहरुलाई जिम्मेवारी तोक्न पूर्वमाओवादी नेताहरुको छुट्टै बैठक प्रचण्ड निवासमा बसेको थियो । सोही विषयको फलोअपका लागि प्रचण्ड निवासमा पुगेका सञ्चारकर्मीहरुले सोमवार विहान रअका प्रमुख प्रचण्डलाई भेट्न निवासमै पुगेको देखेपछि यो समाचार बाहिर आएको हो ।

प्रचण्ड निवास पुगेका एक सञ्चारकर्मीले सोमवार विहान करिब साढे ८ वजे रअ का प्रमुख सामन्त गोयल अन्य केही प्रतिनिधि सहित प्रचण्ड निवास पुगेको बताए । गोयललाई स्वागत गर्न प्रचण्ड आफै ढोकासम्म आएका थिए ।

गोयललाई भित्र लगेपछि मुख्य बैठकमा अन्य प्रतिनिधिसँगै उनीहरुबीच कुराकानी भएको बताइएको छ । त्यसपछि प्रचण्ड र गोयल मात्र माथिल्लो कोठातिर लागेको र उनीहरुबीच करिब आधा घण्टा एक्लै गोप्य कुराकानी भएको स्रोतको दावी छ ।

प्रचण्डलाई भेट्न गायलसँगै अन्य प्रतिनिधिहरु तीनवटा भरतिय गाडि सहित प्रचण्ड निवास पुगेका थिए । पाँच दिने नेपाल भ्रमणमा रहेकाे गोयल नेतृत्वको टोली बौद्धस्थित हायात होटलमा बसेको छ । गत महिना रअ प्रमुख नियुक्त भएपछि गोयलको यो पहिलो नेपाल भ्रमण हो । उनी यसअघि पनि रअका विशेष सचिवका रुपमा कार्यरत थिए । भ्रमण टोलीमा रअको राजनीतिक ब्यूरो हेर्ने पदाधिकारीसमेत रहेको बताइएको छ । उनीहरुले नेपालमा रहँदा उच्च राजनीतिक भेटघाट गर्ने छन् । मोदीले नेपाल भ्रमण गर्ने विषय चर्चामा रहेको बेला रअका प्रमुखको नेपाल भ्रमणलाई अर्थ पूर्ण रुपमा लिइएको छ । 

केपी ओली नेतृत्वको सरकारको सदन, सडक र पार्टीमा समेत व्यापक आलोचना भइरहेको र सरकार परिवर्तनको समेत हल्ला चलिरहेका बेला गोयल नेपाल आएका छन् । साथै सत्तारुढ दल नेकपाको आन्तरिक कार्यविभाजनका बारेमा समेत यहीबेला छलफल चलिरहेको छ । विवादका कारण अहिले पार्टीभित्रको छलफल मुस्किलले सचिवालयसम्म मात्र हुने गरेको छ । शीर्ष नेताहरु बसेर केही दिन अघि बसेर गरेका निर्णयहरु दुई दिन अघि मात्र सचिवालयको बैठकले अनुमोदन गरेको थियो । तर, उक्त निर्णयमाथि पार्टीभित्र व्यापक असन्तुष्टि जन्मिएका छन् । यही बेला रअका प्रमुखसँग प्रचण्डले गोप्य वार्ता गरेपछि यसलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

Loading...