बुद्धचित्तको दानासहित सूर्यविनायकबाट ४ जना समातिए

भक्तपुर, ६ साउन । सूर्यविनायकमा अवैध बुद्धचित्तको दानासहित ४ जना पक्राउ परेका छन् । सूर्यविनायक नगरपालिका-८ मा गाडी चेकजाँच गर्नेक्रममा बा.२ ज ५२२३ नम्बरको ट्याक्सी बाट उक्त अवैध बस्तु फेला परेको हो ।

ट्याक्सीमा अवैध रुपमा ल्याएको करिब १ सय केजी बुद्धचित्तको दाना फेला परेपछि ट्याक्सी चालक सहित ४ जनालाई आइतबार राति पक्राउ गरिएको प्रहरीले जानेको छ ।

महानगरीय प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले बनेपाबाट काठमाडौंतर्फ जाँदै गरेको उक्त ट्याक्सी जाँच गर्दा ७ वटा बोरामा रहेको उक्त परिमाणको बुद्धचित्तको दाना फेला पारेको थियो ।

पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका-७ बसुन्धरा बस्ने ४० वर्षीया शुक्र लामा, काठमाडौं बसुन्धारा बस्ने दोलखा भिमेश्वर नगरपालिका-१२ घर भएका २१ वर्षीय रोशन कार्की, काठमाडौं बसुन्धारा बस्ने रामेछाप सुनापती घर भएका २५ वर्षीय रुपेश लामा र ट्याक्सी चालक काठमाडौं कपन बस्ने सिन्धुली रानीबास घर भएका २१ वर्षीय बिनोद माझी रहेका छन् ।

यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।

Loading...