संविधान दिवसमा सारङ्गी–आर्केष्टा प्रस्तुत हुँदै

काठमाडौँ, १ असोज । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानले संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसर पारेर सारङ्गीको आर्केष्टा ‘सारङ्गीमा देश’ प्रस्तुत गर्ने भएको छ । कलाकार समूहले नेपालका पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका मौलिक नेपाली लोकधुनहरूको विशेष प्रस्तुति गर्नेछ । मौलिक संस्कृतिको संरक्षण तथा प्रवद्र्धनका निमित्त नेपाल भ्रमण वर्ष–२०२० को सन्दर्भसमेत जोडेर आयोजना गरिने उक्त फरक […]

बीआरआई विश्वसँग नेपाललाई जोड्ने महत्वपूर्ण ढोका, सरकारलाई व्यवस्थित दृष्टिकोण र योजना बनाउन सुझाव

काठमाडौं, ३१ भदौ । नेपालको विकासका लागि विश्वसँग जोडिने सहज मार्ग खोल्नुपर्ने आवश्यकतामाथि विभिन्न विज्ञहरुले जोड दिएका छन् । विश्वसँग जोडिने विकल्पहरु विकास नगरिएका कारण नेपालले बेलाबेलामा नाकाबन्दी जस्ता जनजीवनमा असर पार्ने समस्या झेल्नु परेको भन्दै विज्ञहरुले बहुविकल्पहरु निर्माण गरेर अघि जानुपर्नेमा जोड दिएका हुन् । फ्रेन्डसीप फोरम फर नेप्लिज जर्नालिस्टले राजधानीमा आयोजना गरेको कार्यक्रममा […]

नेकपा छोडेर ५७९ कार्यकर्ता कांग्रेसमा प्रवेश

अर्घाखाँची, ३१ भदौ । अर्घाखाँचीको पाणिनि गाँउपालिकामा नेकपाका ५ सय ७९ कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । नेपाली कांग्रेस अर्घाखाँचीले सञ्चालन गरेको दोस्रो चरणको जागरण अभियान अन्तर्गत मंगलबार पालीमा भएको कार्यक्रममा नेकपा परित्याग गरी उनीहरु कांग्रेसमा प्रवेश गरेको नेपाली कांग्रेसका क्षेत्रीय सभापति अच्युत गौतमले बताए। नेपाली कांग्रेसमा प्रवेश गर्नेहरुमा तत्कालीन एकिकृत नेकपा माओवादीका वडाध्यक्ष […]

वस्तुगत तथ्याङ्कले सार्थक परिणाम दिन सक्छ : राउत

जनकपुरधाम, ३१ भदौ । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले विगतमा सही तथ्याङ्कको अभावले नीति र योजनाको निर्माण सोचेअनुरुप हुन नसकेको बताएका छन् । फ्याक्टस रिसर्च एण्ड एनालाइटिक्स नामक संस्थाद्वारा प्रकाशित प्रदेश नं २ को तथ्याङ्क पुस्तकको आज यहाँ विमोचन गर्दै मुख्यमन्त्री राउतले वस्तुगत तथ्याङ्कले सार्थक परिणाम दिन सक्दछ भने । कुनै पनि योजना […]

‘सङ्घीयता सफल हुन सहकार्य आवश्यक’

हेटौँडा, ३१ भदौ । प्रदेश ३ का आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्मकट्टेलले स्थानीय केन्द्र, प्रदेश र स्थानीय सरकारबीच सहकार्य भए मात्र सङ्घीयता सफल हुने बताएका छन् । स्थानीय तहका लागि प्रदेश सरकारले नियुक्त गरेको कानूनी सहजकर्तालाई आज यहाँ सम्बोधन गर्दै सहजकर्ताले प्रदेश सरकारको प्रतिनिधिको रुपमा स्थानीय तहसँग समन्वय गरेर कार्यसम्पादन गर्न निर्देशन दिए । […]

जागरण अभियानमा शीर्ष नेताको सक्रियता

काठमाडौँ ३१ भदौ । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले सञ्चालन गरेको राष्ट्रिय जागरण अभियान अन्तर्गत दोस्रो चरणको कार्यक्रममा पार्टीका शिर्ष नेताहरुको सक्रियता बढेको छ । अभियानमा पार्टीका पदाधिकारी, केन्द्रीय सदस्य एवम् तोकिएका प्रतिनिधि आ–आफ्नो क्षेत्रमा निरन्तर सहभागी भएको पार्टी कार्यालयले जनाएको छ । पार्टीले यही भदौ २४ देखि असोज ७ गतेसम्म ‘हिमाल पहाड तराई–मधेस नेपाली […]

वाङ्यमयमा पहिलो राष्ट्रिय गौरवको आयोजनाः सातै प्रदेशको इतिहास ग्रन्थ

काठमाडौँ, ३१ भदौ । वाङ्यमय क्षेत्रमा पहिलो राष्ट्रिय गौरवको आयोजनाका रुपमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रअनुकूल सातै प्रदेश र समग्र देशको अद्यावधिक इतिहास ग्रन्थ प्रकाशन हुने भएको छ । देशको मानवीय मूल्य र संस्कृतिको प्रवद्र्धन गर्न सातै प्रदेश र समग्र देशको लेखन यस महत्वाकांक्षी योजना कार्यान्वयन गर्न नेपाल प्रज्ञा प्रतिष्ठानलाई सरकारले अतिरिक्त बजेट दिने भएको हो । […]

इजरायलमा संसदका लागि मतदान शुरु

जेरुसलेम, ३१ भदौ । इजरायलमा संसदका लागि मंगलबार बिहानैदेखि मतदान शुरु भएको छ । प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको सरकार अल्पमतमा परेपछि इजरायलमा एकै वर्षभित्र दोस्रो पटक संसदका लागि आमनिर्वाचन हुन लागेको हो । इजरायलको इतिहासमा सबैभन्दा लामो अवधिसम्म नेतान्याहु प्रधानमन्त्रीको पदमा छन । भ्रष्टाचार र प्यालेस्टाइन मामिलामा विवादास्पद देखिनु भएका नेतान्याहु फेरि पनि चुनावमा विजयी हुने […]

कर्णाली प्रदेशसभाको बैठक अवरुद्व

सुर्खेत, ३० भदौ । कर्णाली प्रदेशसभाको आजको बैठकमा प्रतिपक्षी दल नेपाली काङ्गे्रसले आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाको राजीनामा माग गर्दै बैठक अवरुद्ध गरेको छ । विनियोजन विधेयक र त्यससँग सम्बन्धित अन्य विधेयकहरु पारित गर्नुपूर्व सभासमक्ष राखेका प्रतिबद्वता पूरा नगरेको भन्दै काङ्गे्रसले बैठक अवरुद्व गरेको हो । चालू अधिवेशनको २२ औँ बैठकमा आर्थिक मामिला तथा […]

माधव नेपाल र मातृका यादवलाई कारवाही गर्न चलाइयो यस्तो अभियान

काठमाडौँ, ३० भदौ । सत्तारुढ दलका वरिष्ठ नेता माधवकुमार नेपाल र स्थायी समिति सदस्य मातृका यादवलाई कारवाही गराउनका लागि अभियान थालिएको छ । यसैक्रममा नेकपाको दुई नम्बर प्रदेश कमिटिले नै दुई नेतालाई कारवाही गर्न औपचारिक माग गरेको छ । नेकपाको दुई नम्बर प्रदेश कमिटिको कार्यालय बैठकले नेता नेपाल र यादवलाई कारवाही गर्न माग गरेको हो […]