समाजको हितमा काम गर्नेलाई सहयोग हुन्छ: मुख्यमन्त्री गुरुङ

पोखरा, ३० भदौ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मुलुक र समाजको हितमा काम गर्ने सामाजिक सङ्घसंस्थाको विकासका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताए । सहारा क्लबको २१औँ वार्षिक साधारणसभा तथा ११औँ अधिवेशनको आज यहाँ उद्घाटन गर्दै उनले खेलकूदका माध्यमबाट सामाजिक सेवामा समर्पित सहारा क्लबको भूमिका प्रशंसायोग्य भएको बताए । समाजका कठिन परिस्थित एवं असहाय […]

विकास र समृद्धिको पहिले शर्त शान्तिसुरक्षा

विराटनगर, ३० भदौ । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले विकास र समृद्धिको पहिलो शर्त जनतामा शान्तिसुरक्षाको प्रत्याभूति हुुनुपर्नेमा जोड दिएका छन । प्रदेश सरकारको आर्थिक सहयोगमा जिल्ला प्रहरी कार्यालयद्वारा जडित सिसिटिभी क्यामेरा आज शुभारम्भ गर्दै उनले सुरक्षा निकायलाई नमूनाका रुपमा अघि बढाउन प्रदेश सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । अनियमितता हुन नदिन […]

दुई विधेयक विधायन समितिमा

काठमाडौँ, ३० भदौ । राष्ट्रियसभाको आजको पहिलो बैठकले दुई विधेयकलाई दफाबार छलफलका लागि भन्दै विधायन व्यवस्थापन समितिमा पठाएको छ । बैठकले ‘सेफगार्ड्स, एण्टी–डम्पिङ तथा काउन्टरभेलिङ विधेयक, २०७५’ तथा ‘आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व विधेयक, २०७५’ लाई विधायन व्यवस्थापन समितिमा पठाएको हो । बैठकमा अर्थमन्त्री डा युवराज खतिवडाले उक्त दुई विधेयकलाई दफाबार छलफलका लागि सो समितिमा […]

राष्ट्रियसभा सञ्चालन

काठमाडौँ, ३० भदौ ।आइतबारदेखि अवरुद्ध राष्ट्रियसभाको बैठक आजबाट सञ्चालन भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले हिजोको राष्ट्रियसभाको बैठक बाँके जिल्लाको घटनालाई लिएर अवरुद्ध गरेको थियो । बैठकमा काङ्ग्रेसले बाँके जिल्लाका आफ्ना सभापति किरण कोइरालामाथि आक्रमण गर्ने दोषीउपर कारवाही नभएसम्म बैठक चल्न नदिने भन्दै बैठक अवरुद्ध गरेको थियो । सोही घटनालाई लिएर हिजोको राष्ट्रियसभाको […]

ज्ञानेन्द्रलाई नेकपाको युवा संगठनले दियो यस्तो चेतावनी, राजधानी बाहिर ठाउँठाउँमा प्रतिबन्ध

काठमाडौँ । आफूलाई भ्रष्टाचारविरोधी अभियन्ता बताउने ज्ञानेन्द्र शाहीलाई रिहा भएलगत्तै सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालले कास्की प्रवेश नगर्न चेतावनी दिएको छ । युवा संघ नेपाल कास्कीले आइतबार विज्ञप्ति जारी गर्दै शाहीलाई कास्कीमा प्रवेश निषेध घोषणा गरेको हो । तत्कालीन वाइसिएल नेपाल कास्की र तत्कालीन युवा संघ नेपाल […]

परिवर्तन विरोधीको प्रतिकार गर्न अध्यक्ष प्रचण्डको आह्वान

काठमाडौँ, ३० भदौ । नेपाल कम्युनिष्ट पार्टी नेकपा का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले लोकतान्त्रिक गणतन्त्रविरुद्ध हुने अराजक र प्रतिक्रियावादी प्रवृत्तिप्रति सजग रहँदै त्यसको प्रतिकार गर्न युवा विद्यार्थीलाई आह्वान गरेका छन । पार्टीका दिवङ्गत नेता पोष्टबहादुर बोगटीको पाँचौँ स्मृति दिवसका अवसरमा आज नेकपाको केन्द्रीय कार्यालय धुम्रबाराहीमा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले भने, “समृद्धि र विकासको प्रक्रियाबाट […]

यस्तो शर्तमा छुटे ज्ञानेन्द्र शाही, प्रहरी भन्छ- सुध्रिने मौका दिनलाई छोडियो

काठमाडौं । आफूलाई भ्रष्टाचारविरोधी अभियन्ता बताउने ज्ञानेन्द्र शाहीलाई प्रहरीले थुनामुक्त गरेको छ । नेपालगञ्ज विमानस्थलमा पर्यटनमन्त्री योगेश भट्टराईमाथि भएको दुव्र्यवहारको विषयमा स्पष्टिकरण दिन शाहीले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा घम्साघम्सी भएपछि उनलाई नियन्त्रणमा लिइएको थियो । ललितपुर प्रहरी परिसरका एसपी दुर्गा सिंहले शाहीलाई हिरासतबाट मुक्त गरिएको बताइन् । उनले भनिन्, ‘आइन्दा अभद्र व्यवहार नगर्ने सर्त […]

योगेश भट्टराईः मन्त्रीका कारण विमान उडानमा भएको विलम्बले उब्जाएका प्रश्न

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईका कारण शनिवार एउटा विमान समयमा नउडेपछि यात्रुहरूले गरेको विरोधबारे अहिले निकै चर्चा भएको छ। खासगरी सामाजिक सञ्जालमा त्यसबारे विभिन्न खाले टीकाटिप्पणी भइरहेका छन्। कतिपयले त्यसलाई ‘स्वाभाविक आक्रोश’का रूपमा लिएका छन् भने कतिपयले मन्त्रीसँग गरिएको ‘अशोभनीय व्यवहार’ भनेका छन्। उड्डयनविज्ञहरूका अनुसार नेपालमा मन्त्री, नेता आदि विशिष्ट व्यक्तिका कारण आन्तरिक […]

गाउँपालिकाका अध्यक्षमाथि गोली प्रहार, पक्रन खोज्दा गोली चलाउने नदीमा हामफाले

अछाम, २९ भदौ । अछाममा एक गाउँपालिकाका अध्यक्षमाथि गाेली प्रहार भएको छ । जिल्लाको रामारोशन गाउँपालिकाका अध्यक्ष झंकर साउदलाई लक्षित गरी आइतबार साँझ ७ बजेतिर गोली प्रहार भएको हाे । गाउँपालिकाको सेन्टर मुजाबगरमा रहेको आफ्नै कोठामा बसिरहेको अवस्थामा साउदमाथि गाेली हानिएको प्रहरीले जनाएको छ। तर, गाेली कसले किन चलाएकाे हाे भन्ने अहिलेसम्म थाहा हुनसकेकाे छैन […]

भूमिसम्बन्धी विधेयकमाथि काङ्ग्रेसको फरक मत

काठमाडौँ, २९ भदौ । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिसमक्ष भूमिसम्बन्धी आठौँ संशोधन विधेयक, २०७५ भएका संशोधनमाथि फरक मत दर्ता गराएको छ । भूमिसम्बन्धी विधेयक र प्रतिनिधिसभा, कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको प्रतिवेदन २०७६ मा भएका संशोधनमाथि सांसदहरु जितेन्द्रनारायण देव, अनिता देवकोटा र प्रकाश पन्थका तर्फबाट फरक मत राखिएको हो । […]