चीन र कोरियाद्वारा संविधान दिवसको शुभकामना

काठमाडौँ, ३ असोज । संविधान दिवसका अवसरमा चीन र गणतन्त्र कोरियाका राष्ट्रपतिले नेपाल सरकार र नेपाली जनतामा हार्दिक शुभकामना व्यक्त गरेका छन । चीनका राष्ट्रपति सी चिनफिङ र गणतन्त्र कोरियाका राष्ट्रपति मुन जेइनले आज राष्ट्रपति विद्यादेवी भण्डारीलाई बेग्लाबेग्लै बधाई तथा शुभकामना सन्देश पठाउँदै अति निकटको पारस्परिक सम्बन्धलाई अझ प्रगाढ बनाउन आफूहरु क्रियाशील रहेको बताएका छन […]

संविधान दिवस नेपाली जनताको राष्ट्रिय उत्सव हो : प्रधानमन्त्री

काठमाडौँ, ३ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले जनताका आप्mनै प्रतिनिधिहरुद्वारा लेखिएको मूल कानून–संविधान जारी गरी भएको ऐतिहासिक दिनको सन्दर्भमा सबैप्रति शुभकामना व्यक्त गरेका छन । पाँचौँ संविधान तथा राष्ट्रिय दिवसका अवसरमा नेपाली सैनिक मञ्च, टुँडिखेलमा आज आयोजित मूल समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस वर्षदेखि संविधान दिवसलाई सरकारी वा राजकीय दिवस जस्तो होइन, आम […]

भाग्यरेखा कोरिएको दिन’ संविधान दिवस : मुख्यमन्त्री शाही

सुर्खेत, ३ असोज । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले संविधान दिवस ‘जनताको भाग्यरेखा कोरिएको दिन’ भएको बताएका छन । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा आज आयोजित चौथो संविधान संविधान दिवस समारोहमा मुख्यमन्त्री शाहीले नेपाली जनताको बलिदान र त्यागले प्राप्त भएको संविधानको कार्यान्वयनबाट मात्र जनताको कोरिएको भाग्यरेखा सुनिश्चित हुने बताए । यस प्रदेशमा जनचाहना अनुरूपको समृद्धि […]

कम्युनिष्टसँग सिद्धान्तमा बहस गरौँ : वरिष्ठ नेता पौडेल

काठमाडौँ, ३ असोज । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिष्टसँग सिद्धान्तमा बहस गर्नुपर्ने बेला आएको बताएका छन। गण्डक–टोखा प्रजातान्त्रिक समाज नेपालको दोस्रो साधारणसभाका अवसरमा यहाँ आज आयोजित कार्यक्रममा उहाँले कम्युनिष्टसँग विचारमा राजनीतिक प्रतिपस्र्धा गर्नुपर्ने बताएका हुन । वरिष्ठ नेता पौडेलले मुलुकका हरेक परिवर्तनमा काङ्ग्रेसको सिद्धान्तले जिते पनि पार्टी नेताको व्यवहार, आचरण र चरित्रका कारण […]

जनताको अवस्था बदल्न चुनौतीः मुख्यमन्त्री पौडेल

हेटौँडा, ३ असोज । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले शासन व्यवस्था बदलिए पनि जनताको आर्थिक अवस्था बदल्न चुनौती रहेको बताएका छन । संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा आज हेटौँडास्थित मकवानपुर बहुमुखी क्याम्पस प्राङ्गणमा आयोजित समारोहमा उनले भने, “आम नेपाली जनताको आर्थिक अवस्थामा सुधार ल्याएर प्रदेशको समृद्धि गर्नु सरकारको मुख्य चुनौती हो ।” […]

संविधानलाई सबैको अपनत्व हुने गरी संशोधन गर्नु जरूरी छ : मुख्यमन्त्री राउत

जनकपुरधाम, ३ असोज । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले संविधानमा सबैले अपनत्व बोध हुने गरी संशोधन गर्नु जरूरी भएको बताएका छन । ‘सानो पाइला’ नामक संस्थाद्वारा आज यहाँ आयोजित नेपालको संविधान २०७२ मा ‘जनताको अवधारणा’ विषयक बहस र मन्थन कार्यक्रममा मुख्यमन्त्री राउतले संविधानका राम्रा पक्षलाई संस्थागत गर्दै उत्पीडित समुदायको अधिकार सुनिश्चित हुने गरी […]

संविधान दिवस : हातहातमा झण्डा, मनमनमा संविधान

काठमाडौँ, ३ असोज । संविधानसभाबाट ‘नेपालको संविधान २०७२’ जारी भएको चार वर्ष पुगेको उपलक्ष्यमा आज मुलुकभर आपसमा खुशियाली साटेर संविधान दिवस तथा राष्ट्रिय दिवस मनाइएको छ । हजारौँको बलिदानपछि सशस्त्र सङ्घर्षलाई विश्राम दिँदै जनताबाट चुनिएका जनप्रतिनिधिद्वारा गठित संविधानसभाबाट २०७२ साल आजकै दिन मुलुकमा पहिलोपटक संविधान जारी भएको थियो । विगत ६५ वर्षअघिको नेपाली जनताको नयाँ […]

राज्य बलियो बनाउने अभियानमा सामेल हुन मुख्यमन्त्री पोखरेलको आग्रह

बुटवल, ३ असोज । मुख्यमन्त्री शङ्कर पोखरेलले वर्तमान संविधानले जनतालाई अधिकार सम्पन्न बनाएको बताए । उनले जनतालाई अधिकार सम्पन्न बनाएको संविधानलाई व्यवहारमा लागू गर्न राज्यलाई नै बलियो बनाउनुपर्ने बताए । संविधान दिवसका अवसरमा आज बुटवलमा आयोजित मूल समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले राज्य बलियो नभएसम्म जनता बलियो हुन नसक्ने र अधिकार पनि पूर्ण हुन नसक्ने […]

वनमन्त्री बस्नेत न्यूयोर्क प्रस्थान

काठमाडौँ, ३ असोज । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत संयुक्त राष्ट्रसङ्घको आयोजनामा हुने जलवायु कार्यशिखर सम्मेलनमा सहभागी हुन संयुक्त राज्य अमेरिका प्रस्थान गरेका छन । सम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनि गएराति त्यसतर्फ प्रस्थान गरेका हुन । सम्मेलन आगामी २३ सेप्टेम्बर सोमबार देखि अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा शुरु हँुदैछ । मन्त्री बस्नेतले […]

एनआरएनएको नवौं विश्व सम्मेलनका लागि अध्यक्ष पदमा कुमार पन्तकाे उम्मेदवारी घाेषणा

काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए)को नवौं विश्व सम्मेलनका लागि कुमार पन्तले अध्यक्ष पदमा उम्मेदवारी घाेषणा गरेका छन् ।  काठमाडौंकाे दरवारमार्गस्थित याक एण्ड यति हाेटेलमा पत्रकार सम्मेलन गरि पन्तले आफ्नाे उम्मेदवारी घाेषणा गरेका हुन । एनआरएनएकाे नवाैं विश्व सम्मेलन तथा अधिवेशन असोज २८ देखि ३० सम्म काठमाडौंमा हुँदैछ । एनआरएनएमा युराेपकाे संयाेजक, अन्तर्राष्ट्रिय परिषदकाे […]