संवैधानिक कर्मबाट संविधानको पालना गरौँ’

कास्की, ३ असोज । गण्डकी प्रदेशका प्रदेश प्रमुख बाबुराम कुँवरले संवैधानिक सोच, आचरण र कर्मका माध्यमबाट संविधान पालना गर्नुपर्नेमा जोड दिए । संविधान दिवसका अवसरमा प्रदेश सरकारले आज आयोजना गरेको संविधान दिवस समारोहलाई सम्बोधन गर्दै उनले कुनै पनि संविधान आफैँमा उत्कृष्ट र निकृष्ट नहुने भन्दै कार्यान्वयन महत्वपूर्ण रहेको भनाइ राखे । संविधानको सुरक्षा गर्न सकेमात्र […]

संविधान कार्यान्वयनयमा पक्ष प्रतिपक्ष हुँदैन: प्रधानमन्त्री

काठमाडौँ, ३ असोज ।प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान कार्यान्वयनका सन्दर्भमा कोही पनि पक्ष वा प्रतिपक्षमा विभाजित हुन नसक्ने बताए । पाँचौँ संविधान तथा राष्ट्रिय दिवसका अवसरमा नेपाली सैनिक मञ्च, टुँडिखेलमा आज आयोजित मूल समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संविधान कार्यान्वयनका क्रममा कुनै अप्ठ्यारो आइलागे क्रमशः पन्छाउँदै परिमार्जन गर्न सकिने पनि दोहो¥याए । उनले भने “हाम्रो […]

संविधानको परिकल्पना पूरा गर्न सबै एक ठाउँमा उभिनुपर्छ: मुख्यमन्त्री भट्ट

धनगढी, ३ असोज । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले नेपालको संविधानले गरेका परिकल्पना पूरा गर्नका लागि सबै एक ठाउँमा उभिन जरुरी रहेको बताए। सुदूरपश्चिम प्रदेश संविधान दिवस मूल समारोह समितिका संयोजकसमेत रहेका मुख्यमन्त्री भट्टले आज यहाँ आयोजित समारोहमा संविधानले परिकल्पना गरेका जनताका अधिकारलाई सुनिश्चित गर्न सकिएमा मात्र यो दिवस मनाउनुको औचित्य पुष्टि हुने बताए । […]

एनआरएनएमा चुनावी गर्मी बढ्यो कुमार पन्त र कूल आचार्य अध्यक्षमा भिड्दै

काठमाडौं । गैर आवासीय नेपाली आन्दोलनको भावी कार्यदिशा तय गर्न र नयाँ नेतृत्व चयन गर्न गैर आवासीय नेपाली काठमाडौंमा भेला हुँदैछन्। गैर आवासीय नेपाली संघ (एनआरएनए)को नवौं विश्व सम्मेलन तथा अधिवेशन असोज २८ देखि ३० सम्म चल्नेछ। अधिवेशन नजिकिदैं जाँदा नेतृत्वका लागि उम्मेद्वारको दौड शुरु भएको छ। एनआरएनएको राष्ट्रिय समन्वय परिषद्मा धमाधम निर्वाचन सम्पन्न भएर […]

देशवासीका नाममा सम्वोधन गर्दै प्रम ओलीले भने, ‘निदाएको बेला होइन, ब्युँझिएको बेला सपना देखौं’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले मुर्छित सपनामाथि पानी छम्केको बताएका छन् । संविधान दिवसका अवसर शुक्रबार राजधानीको टुडिखेलस्थित सैनिक मञ्चमा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफूले मुर्छित सपनालाई जगाएको बताउँदै उनले मुलुकको काँचुली फेर्ने अभियानको नेतृत्व गरेको र त्यसलाई जसरी पनि पूरा गरी छाड्ने बताए । ‘भन्नकै लागि त भन्न सकिन्छ नि–खै […]

विभिन्न देशका राष्ट्राध्यक्षबाट संविधान दिवसको शुभकामना

काठमाडौँ, ३ असोज । संविधान दिवसका अवसरमा विभिन्न देशका राष्ट्राध्यक्षहरुले नेपाल सरकार र नेपाली जनताप्रति हार्दिक शुभकामना व्यक्त गरेका छन । उनिहरुले राष्ट्रपति विद्यादेवी भण्डारीलाई बेग्लाबेग्लै शुभकामना सन्देश पठाउँदै नेपाल सरकार, नेपाली जनताका साथै राष्ट्रपति भण्डारीको सुख, सुस्वास्थ्य र समृद्धिको कामना गरे । संयुक्त अधिराज्यकी महारानी एलिजाबेथ द्वितीया, थाइल्यान्डका नरेश महा वजिरलोङकर्न फ्रा वजिरक्लाओचाओयुहुआ, फ्रान्सका […]

संविधान दिवसका अवसरमा भारत, अमेरिका र स्विट्जरल्यान्डद्वारा शुभकामना

काठमाडौँ, ३ असोज । संविधान दिवसका अवसरमा भारत, अमेरिका र स्विट्जरल्यान्डका राष्ट्रपतिले नेपाल सरकार र नेपाली जनतामा हार्दिक शुभकामना व्यक्त गरे । भारतका राष्ट्रपति रामनाथ कोविन्दले राष्ट्रपति विद्यादेवी भण्डारीलाई आज एक शुभकामना सन्देश पठाउँदै राष्ट्रपति स्वयम् र भारत तथा त्यहाँका जनताका तर्फबाट संविधान दिवसको शुभकामना व्यक्त गरे । सन्देशमा राष्ट्रपति कोविन्दले नेपाल र भारत साझा […]

प्रदेश सरकार आर्थिक समृद्धिका लागि प्रतिबद्ध: मुख्यमन्त्री पौडेल

हेटौँडा, ३ असोज । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले आर्थिक समृद्धिका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताए । संविधान दिवस मुल समारोह समिति प्रदेश नं ३ द्वारा आज हेटौँडामा आयोजित समारोहमा उनले संविधानसभाबाट जारी गरिएको संविधानमा बहुभाषिक, धार्मिक, पूर्ण प्रेस स्वतन्त्रता र लोकतन्त्रको ग्यारेन्टी गरिएकाले अब जनताले आफ्नो अधिकार प्राप्तिका लागि आन्दोलन गर्नु […]

मध्यराति नगरपालिका कार्यालयमा बम विस्फोट

अछाम, ३ असोज । नेत्रविक्रम चन्द विप्लव समूहले गए राति कमलबजार नगरपालिकामा बम विस्फोट गराएको छ । राति पौने १ बजे नगरपालिका कार्यालयमा सो समूहले प्रेसरकुकुर बम विस्फोट गराएको प्रहरी नायब उपरीक्षक जनकबहादुर शाहीले जानकारी दिए । विस्फोटबाट ठूलो क्षति नभएको शाहीले बताए। तार जोडेर करीब १०० मिटर टाढाबाट बम विस्फोट गराइएको पाइएको छ । […]

विधेयक पारित

रुपन्देही, २ असोज । प्रदेशसभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधासम्बन्धी ऐन संशोधन गर्न बनेको विधेयक आज प्रदेश नं ५ को प्रदेशसभाबाट पारित भएको छ । प्रदेशसभाको चालू अधिवेशनको आज बसेको अन्तिम बैठकले संशोधनसहित विधेयक पारित गरेको हो । आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीले प्रस्तुत गर्नुभएको विधेयककोे दफा ३ को उपदफा १ मा रहेको […]