आधारभूत अधिकार संविधानले प्रत्याभूत गरेको छ : मुख्यमन्त्री गुरुङ

चिप्लेढुङ्गा, २ असोज । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले संविधानको रक्षा, प्रयोग र विकास गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई थप संस्थागत गर्नुपर्ने आवश्यकता औँल्याएका छन । संविधान दिवसको अवसरमा आज शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री गुरुङले संविधानले सङ्घीयता, धर्मनिरक्षेता, समावेशीता, समानुपातिक प्रतिनिधित्वलगायत सबै तह, तप्का, वर्ग र क्षेत्रका जनताको अधिकार प्रत्याभूत गरेको बताएका छन […]

संविधानमा सम्झौता गर्न सकिँदैन : उपप्रधानमन्त्री पोखरेल

ललितपुर, २ असोज । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले चार वर्षअघि विसं २०७२ असोज तीन गते निर्माण गरेको संविधानको पटक–पटक सम्झौता गर्न नसकिने बताएका छन । ‘कन्स्टिच्युसन वाच ग्रुपले’ आज आयोजना गरेको ‘नेपालमा लागू भएको वर्तमान संविधानलाई हेर्ने दृष्टिकोण’ विषयको कार्यक्रममा मन्त्री पोखरेलले नेपाली लाखाँै जनताको सहमतिद्वारा निर्माण भएको संविधानमा कुनै पनि कमजोरी नरहेको प्रतिबद्धता […]

संविधान दिवसका लागि तयारी

काठमाडौँ, २ असोज । काठमाडौँ महानगरपालिकाले संविधान दिवसका दिन टुँडिखेलमा आउने नागरिकको लागि बस्ने कुर्सी, पिउने पानी, शौचालय, आकस्मिक उपचार सेवालगायतका सेवा उपलब्ध गराउने भएको छ । कार्यक्रमस्थलको अन्य व्यवस्थापनको काम र मञ्च सजावटको काम पनि कामपाले गरेको छ । प्रत्येक वडा कार्यालयबाट जनप्रतिनिधि कर्मचारी स्थानीयवासीलगायतको सहभागितामा सांस्कृतिक झाँकीसहितको ¥याली कार्यक्रमस्थल सैनिक मञ्चसम्ममा ल्याउने तयारी […]

सङ्घीय संसद्को चौथो अधिवेशन अन्त्य

काठमाडौँ, २ असोज । सङ्घीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा) को चालू चौथो अधिवेशन आजदेखि अन्त्य भएको छ । सभामुख कृष्णबहादुर महराले प्रतिनिधिसभको आजको तेस्रो बैठकमा अधिवेशन अन्त्यसम्बन्धी राष्ट्रपति कार्यालबाट प्राप्त पत्र पढेर सुनाएका थिए । पत्रमा चालू अधिवेशन आजै राति १२ बजेदेखि अन्त्य हुने उल्लेख छ । बैठकको अन्त्यमा सभामुख महराले भन्नुभयो, “चालू अधिवेशन राति […]

‘रहर लागेकै भर’मा संविधान संशोधन हुँदैनः मन्त्री बाँस्कोटा

काठमाडौँ, २ असोज । सरकारले आवश्यकता र औचित्यका आधारमा मात्रै संविधान संशोधन हुने पुनः दोहो¥याएको छ । संविधान दिवसको अघिल्लो दिन आज सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा नेपाल सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री गोकुलप्रसाद बाँस्कोटाले औचित्य पुष्टि भएको अवस्थामा संविधान संशोधन हुने बताए । उनले भने, “कार्यान्वयनभन्दा पहिले संशोधनको हतारो किन भएको […]

राष्ट्रियसभाको चालू अधिवेशन अन्त्य

काठमाडौँ, २ असोज । सङ्घीय संसद्, राष्ट्रियसभाको चौथो अधिवेशन आजदेखि अन्त्य भएको छ । गत वैशाख १६ गते प्रारम्भ भएको यस अधिवेशनमा राष्ट्रियसभाका ४७ दिनमा ५१ वटा बैठक बसेका थिए । सभाले यस अधिवेशन अवधिमा १९ वटा विधेयकहरू पारित गरेकोे छ । यसैगरी दुई वटा सार्वजनिक महत्वका प्रस्ताव दर्ता भई छलफल भएको थियो भने यस […]

यस्ता छन् मन्त्रिपरिषदले गरेका पछिल्ला २६ निर्णयहरु

काठमाडौँ, २ असोज । मन्त्रिपरिषदको पछिल्लो समय बसेको बैठकले विभिन्न निर्णयहरु गरेको छ । बिहीबार सूचना तथा सञ्चार प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता गोकुल बास्कोटाले मन्त्रिपरिषदले गरेका २६ निर्णय सार्वजनिक गरेका छन् । मन्त्रालयमा नियमित पत्रकार सम्मेलन आयोजना गरेर मन्त्री बास्कोटाले ती निर्णयहरु सार्वजनिक गरेका हुन् । यस्ता छन् सरकारका पछिल्लो निर्णयहरु: १. दक्षिण एसियाली […]

बालुवाटारमा सधै ठाङठाङ ठुङठुङ सुन्न थालेपछि प्रम ओलीले भने, ‘मेरो कार्यकाल यस्तै सुनेर सकिनेभयो’

काठमाडौं, २ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा बन्दै गरेको प्रधानमन्त्री निवासको भवन बनाउने क्रमको ‘ठाङठाङ ठुङठुङ’ सुन्दै आफ्नो कार्यकाल बित्ने बताएका छन् । बिहीबार बालुवाटारमा निर्माण गर्न लागिएको प्रधानमन्त्री निवासको शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले आफूले त्यसो सुन्नु परे पनि त्यसपछिका प्रधानमन्त्री शान्तपूर्वक बस्न पाउने बताए । प्रधानमन्त्री निवासको निर्माणधीन भवन र राष्ट्र बैंकको बन्दै […]

देशवासीका नाममा संसदमा प्रधानमन्त्रीको सम्वोधन स्थगित, भोलि सम्वोधन गर्ने

काठमाडौं । प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम स्थगित भएको छ । विहीवार  दिउँसो बस्ने प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले संवोधन गर्ने कार्यक्रम रहेको थियो । प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले प्रधानमन्त्रीले आज संसदमा गर्ने भनिएको सम्बोधन स्थगित भएको ननस्टपखबरलाई जानकारी दिए । ‘प्रधानमन्त्रीले आज संसदमा गर्ने सम्बोधन स्थगित भएको छ’ अधिकारीले भने,‘भोलि (शुक्रवार) प्रधानमन्त्रीले […]

भूमि सम्बन्धि ऐन दुबै सदनबाट पास भयो, यस्ता छन् विशेषता

काठमाडौं, २ असोज । भूमि सम्बन्धी ऐन (आठौं संशोधन) प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनबाट पास भएको छ । राष्ट्रियसभाबाट भएको संशोधनसहित प्रतिनिधिसभाले विहिबार उक्त ऐन  बहुमतले स्वीकृत गरेको हो । त्यस अवसरमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्‍माकुमारी अर्यालले भूमि सम्बन्धी (आठौं संशोधन) विधेयक राष्ट्रियसभाबाट भएको संशोधनमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रतिनिधिसभामा पेश गरेकी थिइन् […]