लोकतन्त्र र प्रेसको जीवन्तता अनन्त छ: मन्त्री बाँस्कोटा

विराटनगर, २ असोज । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले लोकतन्त्र र प्रेसको जीवन्तता अनन्त छ भनेका छन । गोरखापत्र पूर्वक्षेत्र विराटनगर प्रकाशन शुभारम्भ र भवन उद्घाटन समारोहमा उनले भने, “लोकतन्त्रमा प्रेसको जीवन अनन्त छ, जनताले स्थापित गरेको लोकतन्त्र गोरखापत्रले बचाउनुपर्दछ ।” मन्त्री बाँस्कोटाले लोकतन्त्र प्रणालीलाई राजनीतिक प्रणालीले स्थापित गरिसकेको उल्लेख गर्दै नयाँ नेपाल निर्माणका […]

प्रतिनिधि सभाको आजको बैठकतीन प्रस्ताव स्वीकृत

काठमाडौँ, २ असोज । प्रतिनिधिसभाको आजको बैठकले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विधेयक, राहदानी विधेयक र भूमिसम्बन्धी आठौँ संशोधन विधेयक २०७५ का सम्बन्धमा राष्ट्रियसभाबाट भएको संशोधनमाथि विचार गरियोस् भन्ने प्रस्तावलाई स्वीकृत गरेको छ । बैठकमा गृहमन्त्री रामबहादुर थापाले प्रस्तुत गरेको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विधेयक, २०७५ का सम्बन्धमा राष्ट्रियसभाबाट भएको संशोधनमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत […]

विशेष समिति म्याद थप

काठमाडौँ, २ असोज । प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १७ बमोजिम गठित अध्ययन तथा सुझाव संसदीय विशेष समितिको म्याद अर्को अधिवेशनसम्मका लागि थप भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सभामुख कृष्णबहादुर महराले राखेको म्याद थपसम्बन्धी प्रस्तावलाई सर्वसम्मतिले अनुमोदन ग¥यो । बैठकमा प्रतिनिभिसभाका सचिव गोपालनाथ योगीले राष्ट्रियसभाबाट प्राप्त सन्देशहरु ‘सेफगार्ड, एन्टी–डम्पिङ तथा काउण्टरभेलिङ विधेयक, २०७५, र […]

संविधान दिवसमा सरसफाइ

संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा आज दमौलीमा बजार सरसफाइ गरिएको छ । संविधान दिवस मूल समारोह समितिको निर्णयबमोजिम तनहुँ उद्योग वाणिज्य सङ्घ दमौली बजार एकाइको आयोजनामा बजार सरसफाइ गरिएको हो । सरसफाइ कार्यक्रमको शुभारम्भ गर्दै संविधान दिवस मूल समारोह समितिका संयोजक एवं जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेले संविधान दिवसलाई राष्ट्रिय पर्वको रुपमा मनाउन […]

स्वर्गीय गणेशमान सिंहको सालिकमा माल्यार्पण

काठमाडौँ, २ असोज । विसं २०४६ को जनआन्दोलनका कमाण्डर स्व गणेशमान सिंहको सालिकमा माल्यार्पण गरिएको छ । स्व सिंहको २२औँ स्मृति दिवसको अवसरमा आज बिहान गणेशमान सिंह फाउण्डेशनको आयोजनामा शोभाभगवतीमा आयोजना गरिएको कार्यक्रममा स्व सिंहको सालिकमा माल्यार्पण गरिएको हो । कार्यक्रममा नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले नेपालको प्रजातान्त्रिक आन्दोलनमा स्व सिंहको महत्वपूर्ण भूमिका रहेको उल्लेख […]

संविधान अनुपम दस्तावेज: वरिष्ठ नेता नेपाल

काठमाडौँ, २ असोज । नेपाल कम्युनिष्ट पार्टी नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले नेपालको संविधान विश्वकै अनुपम दस्तावेज भएकाले यसको कार्यान्वयनमा इमानदार भएर लाग्नुपर्ने बताए । संविधान दिवसका अवसरमा निजी तथा आवासीय विद्यालय एशोसिएसन एन प्याब्सन ले आज आयोजना गरेको ‘संविधानमा बालबालिका’ विषयक अन्तरक्रियामा नेता नेपालले संविधानसभाबाट पारित भएको संविधानमा सबै खालका विचार र भावना समावेश […]

‘तोडौँ मौनता, अन्त्य गराँै दण्डहीनता’

रुपन्देही, २ असोज । प्र्रदेश नं ५ का आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीले मुलुकमा परिवर्तनका लागि द्वन्द्व प्रभावितले ठूलो त्याग गरेको बताएका छन । द्वन्द्वपीडित महिला राष्ट्रिय सञ्जालले बुधबार बुटवलमा आयोजना गरेको ‘तोडाँै मौनता, अन्त्य गरौँ दण्डहीनता’ विषयक कार्यक्रममा मन्त्री केसीले द्वन्द्व प्रभावितको त्याग र समपर्णलाई सरकारले कहिल्यै नभुल्ने बताए । “द्वन्द्व प्रभावितहरुको त्यागकै […]

युवा वैज्ञानिकलाई प्रोत्साहन गर्न प्रदेश सरकार तयार

हेटौँडा, १ असोज । प्रदेश ३ का सामाजिक विकासमन्त्री युवराज दुलालले युवा वैज्ञानिकलाई प्रोत्साहन गर्न प्रदेश सरकार तयार रहेको बताएका छन । उनले आफूसँग भएको विज्ञान प्रविधिसँग सम्बन्धित आविस्कारका योजना प्रस्ताव प्रस्तुत गरेर त्यसको आविस्कारका लागि प्रदेश सरकारमार्फत आर्थिक सहयोग लिन अनुरोध गरे । विज्ञान प्रविधि दिवसका अवसरमा आज सामाजिक विकास मन्त्रालयको आयोजनामा मन्त्रालयको कार्यालय […]

सुदूरपश्चिममा संविधान दिवसको तयारी

धनगढी, १ असोज । संविधान दिवस यही असोज २, ३ र ४ गते यहाँ दीपावली गरी हर्षोल्लासका साथ मनाइने भएको छ । सुदूरपश्चिम प्रदेश, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा दिवस मनाउन गठित प्रचारप्रसार उपसमितिले असोज २ गते मन्त्रालय र सरकारी कार्यालयमा राष्ट्रिय झण्डा र ब्यानर राख्ने, सरसफाइ गर्ने र प्रदेशका अस्पतालले बहिरङ्ग […]

सेनालाई साधनसम्पन्न र प्रविधि मैत्री बनाउनुपर्ने

विराटनगर, १ असोज । नेपाली सेनालाई साधनसम्पन्न र प्रविधिमैत्री बनाउनाले विपद् व्यवस्थापनमा सहज हुने आज यहाँ आयोजित अन्तरक्रियामा सहभागीले सुझाव दिएका छन् । नेपाली सेना–स्थानीय पत्रकार, नागरिक समाज, प्रबुद्ध व्यक्तिहरुसँगको अन्तरक्रियामा सहभागीले सैनिक विद्यालय हिमाल, तराई र पहाडी क्षेत्रमा विस्तार गरी सैनिकसँगको ग्रामीण क्षेत्रका जनतासम्म पहुँच पु¥याउनुपर्ने आवश्यकता औंल्याएका छन् । पूर्वी पृतनापति अनन्त कार्कीले […]