इलाम, ५ असोज । पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले संविधानसभाबाट निर्माण भएको संविधान भन्दामाथि कोही नभएको बताए । शनिबार यहाँ आयोजित ‘इलाम साहित्य महोत्सव’को कार्यक्रममा नेम्बाङले वर्तमान सरकारमाथि औँला उठाउनु आवश्यक नभएको बताउँदै संविधानभन्दा माथि गएर सरकारले कुनै काम नगर्ने बताए । उनले विगतका संविधानसँग दाजेर संविधानसभाबाट निर्माण भएको संविधानलाई अवमूल्यन गर्न खोजेको भन्दै संविधानभन्दा बाहिर गएर […]
राजनीति
द्वन्द्वपीडितका लागि विशेष प्याकेज बनाउँदैछौँ : मन्त्री केसी
रुपन्देही, ४ असोज । प्रदेश नं ५ का आन्तरिक मामिला तथा कानूनमन्त्री कूलप्रसाद केसीले द्वन्द्वपीडितका लागि प्रदेश सरकारले विशेष प्याकेज बनाएर कार्यान्वयन गर्ने बताएका छन् । द्वन्द्वपीडितको समस्या समाधानका लागि राजनीतिक हिसाबले महत्व दिएर सरकार अघि बढेको उनले स्पष्ट पारे । एड्भोकेसी फोरम नेपालले आज बुटवलमा आयोजना गरेको ‘जबर्जस्ती बेपत्ता पीडितको अधिकारसम्बन्धी कानूनी प्रावधान र […]
विकासका विषयलाई जोडदार रुपमा राष्ट्रसङ्घमा उठाइँदै
काठमाडौँ, ४ असोज । गत मङ्गलबारदेखि शुरु भएको संयुक्त राष्ट्रसङ्घको ७४औँ महासभाअन्तर्गत आगामी सोमबारदेखि शुक्रबारसम्म न्युयोर्कमा हुने उच्चस्तरीय बैठकहरुमा नेपालले विकासका विषयलाई जोडदार रुपमा उठाउने भएको छ । विश्वका १८८ देशका राष्ट्राध्यक्ष वा सरकार प्रमुख वा उपराष्ट्रपति वा उपप्रधानमन्त्री अथवा विदेशमन्त्री र प्रतिनिधिको सहभागितामा हुने जलवायु परिवर्तन, दिगो विकास, विश्वव्यापी स्वास्थ्य सरोकार, दिगो विकासका लागि […]
संविधान जलाएको आरोपमा थारू कल्याणकारी सभाका अध्यक्षसहित तीन पक्राउ
राँझा, ४ असोज । संविधान जलाएको आरोपमा थारू कल्याणकारी सभा बाँकेका अध्यक्षसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । संविधानको विरोध गर्दै प्रदर्शनमा उत्रिएका थारू कल्याणकारिणी सभाका पदाधिकारीले कोहलपुरमा संविधान जलाउन खोजेकाले अध्यक्ष विनोद थारूसहित तीन जनालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले जानकारी दिए । संविधानका केही धारा–उपधारा […]
सभामुख महरा कजाकस्तान प्रस्थान
काठमाडौँ, ४ असोज । सभामुख कृष्णबहादुर महरा युरोसियन मुलुकका सभामुखको बैठकमा भाग लिन आज कजाकस्तान प्रस्थान गरेका छन् । छ सदस्यीय नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै उनी त्यसतर्फ प्रस्थान गरेका हुन् । यहीँ सेप्टेम्बर २२ देखि २५ सम्म कजाकस्तानको अस्तानामा हुने युरेसियन देशका संसदका सभामुखहरुको चौथो बैठकमा सभामुख महरा नेतृत्वको प्रतिनिधिमण्डल सहभागी हुनेछ । प्रतिनिधिमण्डलमा […]
सेनाका पाइला अब आर्थिक अनुशासन र लोकतान्त्रिकरणतर्फ…
काठमाडौँ, ४ असोज । मुलुकको प्रमुख सुरक्षा अङ्गका रुपमा रहेको नेपाली सेनाले पाइला आर्थिक अनुशासन, लोकतान्त्रिकरण, पारदर्शीता र व्यावसायिकतालाई विशेष प्राथमिकता दिएको छ । जनताको विश्वास र भरोसाको सङ्गठनभित्र मौलाउँदै गरेको विकृति र विसङ्गतिलाई अन्त्य गर्ने सोचका साथ वर्तमान सैनिक नेतृत्व साङ्गठनिक सुधारमार्फत राष्ट्रिय सुरक्षाको जग बलियो बनाउने आधार निर्माणमा लागेको छ । सेनाले गुनासो […]
स्थानीय तहको आन्तरिक आम्दानी ४२ करोड
दमौली, ४ असोज । जिल्लास्थित दश स्थानीय तहले आन्तरिक स्रोतबाट ४२ करोडभन्दा बढी आम्दानी गरेका छन् । चार नगरपालिका र ६ गाउँपालिकाले आर्थिक वर्ष ०७५÷७६ मा कूल ४२ करोड ५५ लाख ८३ हजार २६९ आन्तरिक स्रोतबाट आम्दानी गरेका हुन् । स्थानीय तहहरुले सम्पत्ति, भूमि, घर बहाल कर, ढुङ्गा गिट्टीको बिक्री÷ठेक्का, नक्सापास दस्तुर, सिफारिसलगायतबाट आन्तरिक आम्दानी […]
युद्धमा फक्रेका तर शान्तिमा बिर्सिएका कलाकारको कथा
क सले भन्छ क्रान्ति यहाँ सफल हुँदैन ? क्रान्तिकारी आशावाद केन्द्रीय भाव रहेको यो गीत नसुन्ने क्रान्तिकारीहरु सायदै होलान् । जनयुद्धकालमा लाखौं जनमनले क्रान्तिकारी आवेग र उत्साहका साथ गुनगुनाएको यो गीत त्यो बेला खुब लोकप्रिय थियो । प्रदेश नं. ५ का सभामुख एवं गीतकार पूर्ण घर्ती ‘आयाम’ को रचना रहेको यो गीत गायक एवं संगीतकार मोहित […]
मुख्यमन्त्री राउत र महन्थ ठाकुरले मधेश अलग देश हुनसक्ने भन्दै दिए यस्तो चेतावनी
जनकपुरधाम, ३ असोज । नयाँ संविधान जारी भएको दिनलाई ठूलो तामझामका साथ मनाइरहँदा यसको विरोधमा पनि चर्का आवाज उठेका छन् । राजधानीमै कालो जुलुस निकालिएको छ भने नयाँ संविधानको विरोधमा आवाज उठाउँदै आएको दुई नम्बर प्रदेशमा देश नै अलग हुनसक्ने नारा लागेको छ । संविधान दिवसकै दिन दुई नम्बर प्रदेशका मुख्यमन्त्री र दुई नम्बर प्रदेशमा […]
कालो टिसर्ट र कालै ब्यानरमा असोज तीन, कालो दिन भन्दै निस्कियो जुलुस
काठमाडौं, ३ असोज । नयाँ संविधान जारी भएको आजको दिन अर्थात असोज ३ लाई सरकारले भव्य रुपमा मनाइरहँदा काठमाडौंमा यो दिनलाई कालो दिन भन्दै कालो टिसर्टधारीहरुले जुलुस निकालेका छन् । बाक्लो सुरक्षा व्यवस्था गरिएको देशको राजधानीको मध्य मुटु वसन्तपुरदेखि इन्द्रचोक, असन क्षेत्रमा ठूलो जुलुस निकालेर ‘असोज तीन, कालो दिन’ भन्ने नारा लगाइएको हो । यसले […]











