नेपाल र चीनले जारी गरे १४ बुँदे संयुक्त वक्तव्य (वक्तव्यको पूरा पाठसहित)

काठमाडौँ, २६ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणमा चीनका राष्ट्रपति सी चिनफिङको दुई दिवसीय राजकीय भ्रमण चौधबुँदे संयुक्त वक्तव्य जारी गर्दै सम्पन्न भएको छ । भेटपछि दुबै देशको संयुक्त वक्तव्य जारी गरिएको छ ।

भ्रमणका क्रममा राष्ट्रपति सीले आफ्ना नेपाली समकक्षी भण्डारीसँग भेटवर्ता गर्नुका साथै प्रधानमन्त्री केपी शर्मा ओलीसँग वार्ता गरेको परराष्ट्र मन्त्रालयले आज जारी गरेको संयुक्त वक्तव्यमा उल्लेख छ ।

त्यसैगरी चिनियाँ विशिष्ट पाहुनाको सम्मानमा राष्ट्रपति भण्डारीले राजकीय भोज आयोजना गरेका थिए । न्यानो एवं हार्दिकतापूर्ण वातावरणमा दुई देशका नेतृत्वबीच द्विपक्षीय सम्बन्धका साथै क्षेत्रीय र अन्तराष्ट्रिय साझा चासोका विषयमा गहनरुपमा विचार आदानप्रदान भएको थियो ।

यस्तो छ संयुक्त वक्तव्यको पूर्ण पाठ

Loading...